Thursday, March 28, 2019

खुशी देखि दुःखले नि, साथ दिन आछ अचेल

खुशी देखि दुःखले नि, साथ दिन आछ अचेल
दु:ख लेखी खुशीले नि, घात दिन आछ अचेल

दु:ख पर्दा दु:खले नै, साथ दिन्छ जुनिभरि
तिर्खा देखि आशुले नि, मात दिन आछ अचेल

रित्तिसक्यो जीवन मेरो, खुशी भर्ने आश संगै
मुटु देखि सासले नि, घात दिन लाछ अचेल

आस अझै लागिदिन्छ, दिन कतै फेरिन्छ कि
सुर्य देखि दिनले नि, रात दिन लाछ अचेल

दार्ही पाल्न मन छ मलाइ फाल भन्छिन उन्ले

दार्ही पाल्न मन छ मलाइ फाल भन्छिन उन्ले
जुँगा फाल्न मन छ मलाइ पाल भन्छिन उन्ले

काटे जुँगा पाले दार्ही उन्लाइ खुशी पार्न
कपाल काट्न मन छ मलाइ पाल भन्छिन मलाइ

कट्नेसी, फ्राइ, ग्रेभि गरि मासु बनाउनलाइ
खसी पाल्न मन छ मलाई ढा ल भन्छिन उन्ले

कोतार्यो रे मेरो हात ले उन्को कोमल शरिरमा
नङ पाल्न मन छ मलाइ फाल भन्छिन उनि

ए सर उनी मलाइ सारै मनपर्यो

ए सर उनी मलाइ सारै मनपर्यो
हसिलो मिठो मुस्कान सारै मनपर्यो

जब जोड्छन उनको नाम साथीहरु सब्ले
भनेका ती शब्द पनि सारै मनपर्यो

उ त्यो सरले उनलाई पिट्दा रिस सारै उठ्छ
हजुरले माया गर्दा हजुर सारै मनपर्यो

इन्पुट गरिसके उनलाइ प्रोसेस गर्दै छ यो मन्ले
आउटपुट जे आवस कसम सारै मनपर्यो

उ मेरो उनि मेरी भन्न कति सजिलो

उ मेरो उनि मेरी भन्न कति सजिलो
गर्ल फ्रेन्ड र ब्वाइफ्रेन्ड बन्न कति सजिलो

हास्नै हुन्न खुला दिल ले मनपराउछ सुरुभयो
गर्ल फ्रेन्ड र ब्वाइफ्रेन्ड भनि गन्न कति सजिलो

भित्ता भरी प्लसले जोडिएको नाम देख्दा
आइ लब यु तीन शब्द भन्न कति सजिलो

पढाईमा बाल मतलब उ उनी भय पुग्छ
सरले नै पढाउनुहुन्न भन्न कति सजिलो

कलम कापी छोप्ने हातले कुलतलाइ छोपी
सङ्गत गुनाको फल भनि भन्न कति सजिलो



Thursday, March 21, 2019

गीत गजल बने आमाको, बुवाको खै ?

गीत गजल बने आमाको, बुवाको खै ?
गुणगान गाउँछन आमाको, बुवाको खै ?

हुर्काउने बढाउने काम बुवा आमाको
सधै चर्चा गर्छन आमाको, बुवाको खै ?

दु:ख गरि मरि मेटि, घरबार चलाएनी
माया लाग्छ आमाको, बुवाको खै ?

जन्मदिने आमा पाइदैन कतै भनी
पुजा गर्छन आमाको, बुवाको खै ?

आमा बुवा इश्वर हुन, तर पनि किन
चारै तिर कुरा आमाको, बुवाको खै ?

जनताका आंशु सुकेर जान्छन, बर्षात सरी झरेपनी

नेताका आंशु अनमोल हुन्छन, दूइ थोपा झरेपनी
जनताका आंशु सुकेर जान्छन, बर्षात सरी झरेपनी

दुखी को दु:ख देख्दैनन कसैले चाहे उ मरेपनी
तर फूलले बोटको गुण, भुल्न सक्दैन झरेपनी
नेताका आंशु अनमोल हुन्छन, दूइ थोपा झारेपनी

आदर्श का कुरा छाटी झुठ को खेती गरेपनि
थाहा पाइसके जनताले, लुकेर भुँडी भरेपनी
जनताका आंशु सुकेर जान्छन बर्षात सरी झरेपनी

खाको पाप नलागोस भनी चार धाम गएपनि
पाप को नदि मा डुब्ने छौ, बैतर्नी नदि तरेपनि
नेताका आंशु अनमोल हुन्छन, दूइ थोपा झारेपनी

नेताका आंशु अनमोल हुन्छन, दूइ थोपा झरेपनी
जनताका आंशु सुकेर जान्छन, बर्षात सरी झरेपनी

Wednesday, March 20, 2019

दुःखले साथ दिन आछ

खुशी देखि दुःखले नि, साथ दिन आछ अचेल
दु:ख लेखी खुशीले नि, घात दिन आछ अचेल

दु:ख पर्दा दु:खले नै, साथ दिन्छ जुनिभरि
तिर्खा देखि आशुले नि, मात दिन आछ अचेल

रित्तिसक्यो जीवन मेरो, खुशी भर्ने आश संगै
मुटु देखि सासले नि, घात दिन लाछ अचेल

आस अझै लागिदिन्छ, दिन कतै फेरिन्छ कि
सुर्य देखि दिनले नि, रात दिन लाछ अचेल

Sunday, March 17, 2019

परिचय

सर्बप्रथम सबैलाई नमस्कार ।
मेरो जन्मघर बर्दियाको बदालपुर १ बदालपुर (राजापुर नगरपालिका) मा भयको हो र हाल मेरो घर दाङ देउखुरीको लमही नगरपालिका १ सुन्डबरीमा पर्दछ। अध्ययनको शिलशिलामा २०५९ बैशाख २८ गते दाङ को देउखुरीमा ठाउमा झरेको हु ।
मैले ३ बर्ष रेडियो देउखुरी १०५.८ मेगाहर्ज, २ बर्ष रेडियो हाइवे १०३.५ मेगाहर्ज, २ बर्ष रेडियो नयाँ युग १०७.३ मेगाहर्जमा प्रबन्ध निर्देशक र प्राबिधिक सम्योजक  पदमा रही काम गरिसकेको छु । विभिन्न रेडियो मा काम गर्ने बाताबरणको र विभिन्न तालिम गोष्ठीले गर्दा म मा बोल्ने र कुराकानी गर्ने सीप मा धेरै बिकास भयको छ । हाल म बिगत २ बर्ष यता लमही ३ फल्कापुर मा अबस्थित श्री माध्यमिक विद्यालय फल्कापुरमा नि मा वि तहको कम्प्युटर शिक्षक को रूपमा अध्यापन गरिरहेको छु ।
मलाई फूर्सदको समयमा साहित्य सिर्जना गर्न मन लाग्छ । साहित्य क्षेत्र अन्तरगत विषेश गरि गजल रुपि भाबना र कबिता सिर्जनामा मेरो कलम चलेको छ ।
मेरा रमाइला दिनहरु यसरी नै बितिरहेको छ ।

Thursday, March 14, 2019

जिन्दगी खरानी भयपछी

उज्यालोको आसमा यो, जिन्दगी खरानी भएपछि
खुशी खोज्दा खोज्दै यो, जिन्दगी खरानी भयपछि

नयनमा आँसु लुक्दैन सारा सपना लुकेपनी
दु:खमा कोहि हुन्न यो, जिन्दगी खरानी भयपछी

दु:ख दिने आज खुशी दु:ख पाउने भोलि
पोल्ने छ कालो धनले यो, जिन्दगी खरानी भयपछी

तिम्रो जीवन मुल्यवान छ बाच तिमी खुशी संगै
धनले साथ छोड्छ यो, जिन्दगी खरानी भयपछी

भिजेको कागज बन तिमी हावा आगो तर्साउन
पछी सोचेर के पछुताउनु यो, जिन्दगी खरानी भयपछि

बिडम्बना त्यो पल तिमिलाइ, भुलिसकेको हुनेछु

तिम्रो बगैंचाबाट अन्तै, फुलिसकेको हुनेछु
बिडम्बना त्यो पल तिमिलाइ, भुलिसकेको हुनेछु ।।

मान्छेको भिडमा तिमिलाइ, आफ्नो प्रिय ठान्दा
घात गर्यौ भने अन्तै, झुलिसकेको हुनेछु ।।
तिम्रो बगैंचाबाट अन्तै, फुलिसकेको हुनेछु ।।

सपना तिम्रो सपनामै, बिलिन भयर जादा
सायद बिपनामा अर्कैसंग, खुलिसकेको हुनेछु ।।
बिडम्बना त्यो पल तिमिलाइ, भुलिसकेको हुनेछु ।।

बहाना मा तिम्ले माया, तिरस्कार गर्यौ भने
जबर्जस्ति कसैलाई मनमा, हुलिसकेको हुनेछु ।।
तिम्रो बगैंचाबाट अन्तै, फुलिसकेको हुनेछु ।।

झुक्किएर कहिलेकाही याद मेरो आयो भने
सुटुक्क आइ तिम्रो मनमा, डुलिसकेको हुनेछु ।।
बिडम्बना त्यो पल तिमिलाइ, भुलिसकेको हुनेछु ।।
तिम्रो बगैंचाबाट अन्तै, फुलिसकेको हुनेछु ।।

Tuesday, March 12, 2019

पौरखि देश परदेश भो कित्ताकाट गराएर

जनताको मन जित्न जनतालाइनै हराएर
यहाँ किन फुर्ति लाउछन मुसा संग डराएर ।।

प्रबचन मा आदर्शका कुरा छाँटी छाँटि
काना खुशी गर्छन यहाँ भुँडी भराएर ।।

शहरीकरण गर्छु भनी गाउँलेलाई उचालेर
पौरखि देश परदेश भो कित्ताकाट गराएर ।।

डेरा सारे प्रदेशको ऋणको भारी बोकि बोकि
लगे कठै सुख को कल्पना आशुलाइ हराएर ।।

सास मात्र बाँकी छ

अब सास मात्र बाँकी छ मेरो देश नेपाल को
अब आस मात्र बाँकी छ मेरो देश नेपाल को ।।

कुपुत्र को हात मा घर चलाउन दिए पछि
अब दास मात्र बाँकी छ मेरो देश नेपाल को ।

आफ्नै देश परदेश भएको सुन्नमा आइसक्यो
अब पास मात्र बाँकी छ मेरो देश नेपाल को ।

खोक्रो बनाई छाडे कठै कागडा र टिस्टा संगै
अब बास मात्र बाँकी छ मेरो देश नेपाल को ।

दुई ज्वाइँ संग बसि जुवा खेल्दा हारेपछी
अब तास मात्र बाँकी छ मेरो देश नेपाल को ।

आफ्नै देश परदेश भाछ स्वार्थीले स्वार्थ पुरा गर्दा

एकोहोरो त सास पनि चल्दैन तिमी देश चलाउने कुरा गर्छौ
प्रकाश नछरी दीप त बल्दैन तिमी देश जलाउने कुरा गर्छौ ।।

कुरो अनि कुलो जता लगेनी जान्छ थाहा छ नि सब्लाइ
फुल चुडी फल त फल्दैन तिमी देश फलाउने कुरा गर्छौ ।।

जनताको आखामा छारो हाल्न लडाइँ को बिगुल फुकि
बिना आगो दाउरा त जल्दैन, तिमी देश जलाउने कुरा गर्छौ

देशभक्त अपमानित छ देशद्रोहिले सम्मान पाउँदा
बिना पानी दाल त गल्दैन तिमी देश गलाउने कुरा गर्छौ

आफ्नै देश परदेश भाछ स्वार्थीले स्वार्थ पुरा गर्दा
बिना पैसा म त चल्दैन तिमी देश चलाउने कुरा गर्छौ ।।

नफस्नु है कुलतमा

नफस्नु है कुलतमा प्यारा भाइ बैनी
नखानु है गाँजा, चुरोट नखानु है खैनी

आमा बुवा गुरु भन्दा छैन कोहि ठुलो
आदर गर्न सिक है साना ठुला लाइनी
नफस्नु है कुलतमा प्यारा भाइ बैनी

संगत गुणाको फल भन्छन ,सुने कै छौ होला
कुलत को संगत बिन्ती नगर भाइ बैनी
नखानु है गाँजा, चुरोट नखानु है खैनी

हजुरको छोरा छोरी कुलतमा फसे भन्दा
कति रोला बुवाआमाको मन, झुक्ला नजर पनि
नफस्नु है कुलतमा प्यारा भाइ बैनी

अनुकरनिय ब्यक्ति बन्नु समाज अनि रास्ट्रको
नाम उच्च बनोस तिम्रो प्यारा भाइ बैनी
नखानु है गाँजा, चुरोट नखानु है खैनी

बिदाइ को दिनमा छौ छैन मन मा हर्ष
शुभकामना छ सबैले, पढ्नु असल बनी
नखानु है गाँजा, चुरोट नखानु है खैनी

सम्पुर्ण शिक्षक स्टाफ टिम बाट दिदै शुभकामना
बिदा हुन्छु हवस्त नमस्ते प्यारा भाइ बैनी ।
नफस्नु है कुलतमा प्यारा भाइ बैनी
नखानु है गाँजा, चुरोट नखानु है खैनी