Thursday, March 28, 2019

ए सर उनी मलाइ सारै मनपर्यो

ए सर उनी मलाइ सारै मनपर्यो
हसिलो मिठो मुस्कान सारै मनपर्यो

जब जोड्छन उनको नाम साथीहरु सब्ले
भनेका ती शब्द पनि सारै मनपर्यो

उ त्यो सरले उनलाई पिट्दा रिस सारै उठ्छ
हजुरले माया गर्दा हजुर सारै मनपर्यो

इन्पुट गरिसके उनलाइ प्रोसेस गर्दै छ यो मन्ले
आउटपुट जे आवस कसम सारै मनपर्यो

No comments:

Post a Comment