Thursday, March 21, 2019

जनताका आंशु सुकेर जान्छन, बर्षात सरी झरेपनी

नेताका आंशु अनमोल हुन्छन, दूइ थोपा झरेपनी
जनताका आंशु सुकेर जान्छन, बर्षात सरी झरेपनी

दुखी को दु:ख देख्दैनन कसैले चाहे उ मरेपनी
तर फूलले बोटको गुण, भुल्न सक्दैन झरेपनी
नेताका आंशु अनमोल हुन्छन, दूइ थोपा झारेपनी

आदर्श का कुरा छाटी झुठ को खेती गरेपनि
थाहा पाइसके जनताले, लुकेर भुँडी भरेपनी
जनताका आंशु सुकेर जान्छन बर्षात सरी झरेपनी

खाको पाप नलागोस भनी चार धाम गएपनि
पाप को नदि मा डुब्ने छौ, बैतर्नी नदि तरेपनि
नेताका आंशु अनमोल हुन्छन, दूइ थोपा झारेपनी

नेताका आंशु अनमोल हुन्छन, दूइ थोपा झरेपनी
जनताका आंशु सुकेर जान्छन, बर्षात सरी झरेपनी

No comments:

Post a Comment