Tuesday, March 12, 2019

पौरखि देश परदेश भो कित्ताकाट गराएर

जनताको मन जित्न जनतालाइनै हराएर
यहाँ किन फुर्ति लाउछन मुसा संग डराएर ।।

प्रबचन मा आदर्शका कुरा छाँटी छाँटि
काना खुशी गर्छन यहाँ भुँडी भराएर ।।

शहरीकरण गर्छु भनी गाउँलेलाई उचालेर
पौरखि देश परदेश भो कित्ताकाट गराएर ।।

डेरा सारे प्रदेशको ऋणको भारी बोकि बोकि
लगे कठै सुख को कल्पना आशुलाइ हराएर ।।

No comments:

Post a Comment