Tuesday, March 12, 2019

नफस्नु है कुलतमा

नफस्नु है कुलतमा प्यारा भाइ बैनी
नखानु है गाँजा, चुरोट नखानु है खैनी

आमा बुवा गुरु भन्दा छैन कोहि ठुलो
आदर गर्न सिक है साना ठुला लाइनी
नफस्नु है कुलतमा प्यारा भाइ बैनी

संगत गुणाको फल भन्छन ,सुने कै छौ होला
कुलत को संगत बिन्ती नगर भाइ बैनी
नखानु है गाँजा, चुरोट नखानु है खैनी

हजुरको छोरा छोरी कुलतमा फसे भन्दा
कति रोला बुवाआमाको मन, झुक्ला नजर पनि
नफस्नु है कुलतमा प्यारा भाइ बैनी

अनुकरनिय ब्यक्ति बन्नु समाज अनि रास्ट्रको
नाम उच्च बनोस तिम्रो प्यारा भाइ बैनी
नखानु है गाँजा, चुरोट नखानु है खैनी

बिदाइ को दिनमा छौ छैन मन मा हर्ष
शुभकामना छ सबैले, पढ्नु असल बनी
नखानु है गाँजा, चुरोट नखानु है खैनी

सम्पुर्ण शिक्षक स्टाफ टिम बाट दिदै शुभकामना
बिदा हुन्छु हवस्त नमस्ते प्यारा भाइ बैनी ।
नफस्नु है कुलतमा प्यारा भाइ बैनी
नखानु है गाँजा, चुरोट नखानु है खैनी

No comments:

Post a Comment