Thursday, March 21, 2019

गीत गजल बने आमाको, बुवाको खै ?

गीत गजल बने आमाको, बुवाको खै ?
गुणगान गाउँछन आमाको, बुवाको खै ?

हुर्काउने बढाउने काम बुवा आमाको
सधै चर्चा गर्छन आमाको, बुवाको खै ?

दु:ख गरि मरि मेटि, घरबार चलाएनी
माया लाग्छ आमाको, बुवाको खै ?

जन्मदिने आमा पाइदैन कतै भनी
पुजा गर्छन आमाको, बुवाको खै ?

आमा बुवा इश्वर हुन, तर पनि किन
चारै तिर कुरा आमाको, बुवाको खै ?

No comments:

Post a Comment