Thursday, March 28, 2019

उ मेरो उनि मेरी भन्न कति सजिलो

उ मेरो उनि मेरी भन्न कति सजिलो
गर्ल फ्रेन्ड र ब्वाइफ्रेन्ड बन्न कति सजिलो

हास्नै हुन्न खुला दिल ले मनपराउछ सुरुभयो
गर्ल फ्रेन्ड र ब्वाइफ्रेन्ड भनि गन्न कति सजिलो

भित्ता भरी प्लसले जोडिएको नाम देख्दा
आइ लब यु तीन शब्द भन्न कति सजिलो

पढाईमा बाल मतलब उ उनी भय पुग्छ
सरले नै पढाउनुहुन्न भन्न कति सजिलो

कलम कापी छोप्ने हातले कुलतलाइ छोपी
सङ्गत गुनाको फल भनि भन्न कति सजिलो



No comments:

Post a Comment