Sunday, March 17, 2019

परिचय

सर्बप्रथम सबैलाई नमस्कार ।
मेरो जन्मघर बर्दियाको बदालपुर १ बदालपुर (राजापुर नगरपालिका) मा भयको हो र हाल मेरो घर दाङ देउखुरीको लमही नगरपालिका १ सुन्डबरीमा पर्दछ। अध्ययनको शिलशिलामा २०५९ बैशाख २८ गते दाङ को देउखुरीमा ठाउमा झरेको हु ।
मैले ३ बर्ष रेडियो देउखुरी १०५.८ मेगाहर्ज, २ बर्ष रेडियो हाइवे १०३.५ मेगाहर्ज, २ बर्ष रेडियो नयाँ युग १०७.३ मेगाहर्जमा प्रबन्ध निर्देशक र प्राबिधिक सम्योजक  पदमा रही काम गरिसकेको छु । विभिन्न रेडियो मा काम गर्ने बाताबरणको र विभिन्न तालिम गोष्ठीले गर्दा म मा बोल्ने र कुराकानी गर्ने सीप मा धेरै बिकास भयको छ । हाल म बिगत २ बर्ष यता लमही ३ फल्कापुर मा अबस्थित श्री माध्यमिक विद्यालय फल्कापुरमा नि मा वि तहको कम्प्युटर शिक्षक को रूपमा अध्यापन गरिरहेको छु ।
मलाई फूर्सदको समयमा साहित्य सिर्जना गर्न मन लाग्छ । साहित्य क्षेत्र अन्तरगत विषेश गरि गजल रुपि भाबना र कबिता सिर्जनामा मेरो कलम चलेको छ ।
मेरा रमाइला दिनहरु यसरी नै बितिरहेको छ ।

No comments:

Post a Comment