Thursday, March 14, 2019

बिडम्बना त्यो पल तिमिलाइ, भुलिसकेको हुनेछु

तिम्रो बगैंचाबाट अन्तै, फुलिसकेको हुनेछु
बिडम्बना त्यो पल तिमिलाइ, भुलिसकेको हुनेछु ।।

मान्छेको भिडमा तिमिलाइ, आफ्नो प्रिय ठान्दा
घात गर्यौ भने अन्तै, झुलिसकेको हुनेछु ।।
तिम्रो बगैंचाबाट अन्तै, फुलिसकेको हुनेछु ।।

सपना तिम्रो सपनामै, बिलिन भयर जादा
सायद बिपनामा अर्कैसंग, खुलिसकेको हुनेछु ।।
बिडम्बना त्यो पल तिमिलाइ, भुलिसकेको हुनेछु ।।

बहाना मा तिम्ले माया, तिरस्कार गर्यौ भने
जबर्जस्ति कसैलाई मनमा, हुलिसकेको हुनेछु ।।
तिम्रो बगैंचाबाट अन्तै, फुलिसकेको हुनेछु ।।

झुक्किएर कहिलेकाही याद मेरो आयो भने
सुटुक्क आइ तिम्रो मनमा, डुलिसकेको हुनेछु ।।
बिडम्बना त्यो पल तिमिलाइ, भुलिसकेको हुनेछु ।।
तिम्रो बगैंचाबाट अन्तै, फुलिसकेको हुनेछु ।।

No comments:

Post a Comment