Tuesday, March 12, 2019

आफ्नै देश परदेश भाछ स्वार्थीले स्वार्थ पुरा गर्दा

एकोहोरो त सास पनि चल्दैन तिमी देश चलाउने कुरा गर्छौ
प्रकाश नछरी दीप त बल्दैन तिमी देश जलाउने कुरा गर्छौ ।।

कुरो अनि कुलो जता लगेनी जान्छ थाहा छ नि सब्लाइ
फुल चुडी फल त फल्दैन तिमी देश फलाउने कुरा गर्छौ ।।

जनताको आखामा छारो हाल्न लडाइँ को बिगुल फुकि
बिना आगो दाउरा त जल्दैन, तिमी देश जलाउने कुरा गर्छौ

देशभक्त अपमानित छ देशद्रोहिले सम्मान पाउँदा
बिना पानी दाल त गल्दैन तिमी देश गलाउने कुरा गर्छौ

आफ्नै देश परदेश भाछ स्वार्थीले स्वार्थ पुरा गर्दा
बिना पैसा म त चल्दैन तिमी देश चलाउने कुरा गर्छौ ।।

No comments:

Post a Comment