Tuesday, March 12, 2019

सास मात्र बाँकी छ

अब सास मात्र बाँकी छ मेरो देश नेपाल को
अब आस मात्र बाँकी छ मेरो देश नेपाल को ।।

कुपुत्र को हात मा घर चलाउन दिए पछि
अब दास मात्र बाँकी छ मेरो देश नेपाल को ।

आफ्नै देश परदेश भएको सुन्नमा आइसक्यो
अब पास मात्र बाँकी छ मेरो देश नेपाल को ।

खोक्रो बनाई छाडे कठै कागडा र टिस्टा संगै
अब बास मात्र बाँकी छ मेरो देश नेपाल को ।

दुई ज्वाइँ संग बसि जुवा खेल्दा हारेपछी
अब तास मात्र बाँकी छ मेरो देश नेपाल को ।

No comments:

Post a Comment