Wednesday, March 20, 2019

दुःखले साथ दिन आछ

खुशी देखि दुःखले नि, साथ दिन आछ अचेल
दु:ख लेखी खुशीले नि, घात दिन आछ अचेल

दु:ख पर्दा दु:खले नै, साथ दिन्छ जुनिभरि
तिर्खा देखि आशुले नि, मात दिन आछ अचेल

रित्तिसक्यो जीवन मेरो, खुशी भर्ने आश संगै
मुटु देखि सासले नि, घात दिन लाछ अचेल

आस अझै लागिदिन्छ, दिन कतै फेरिन्छ कि
सुर्य देखि दिनले नि, रात दिन लाछ अचेल

No comments:

Post a Comment