Wednesday, January 30, 2019

चुटिकलाहरू

छोरा  : बाबा एउटा कुरा सोधौ ।
बाबा : सोध न छोरा के हो ।
छोरा : बाबा हाम्रो अंग्रेजी पढाउने सरलाई केही नि आउँदैन ।
बाबा : किन त्यस्तो भनेको बाबु सरलाई त्यस्तो भन्नु हुदैन ।
छोरा : किन नभन्नु भन्छु हिजो To टु, Do डु, भन्नुभाथ्यो आज Go गु नभनेर Go गो रे ।
…………………………………………………………………………………………………………….
शिक्षक : राम भन त सियो पानीमा डुब्छ तर जहाज डुब्दैन किन ?
बिद्यार्थी : सिलाउन छोडेर पानीमा डुबाएपछि सियो डुब्ने त भयो नी सर ।
शिक्षक : हँ, अनि जहाज किन डुब्दैन त ?
बिद्यार्थी : ल सर पनि त्यो जहाज बनाएकै पानीमा उतार्न हो, अनि कसरी डुबोस् ।

शिक्षक यो चुट्किला तपाईंले पढ्दा सम्म बेहोस नै छन ।

मेरो देश

हेर्नुस हामी नेपाली जनता बिज्ञान र प्रविधि भन्दा माथी छौ ।
बिद्धानलाई खाडीमा लखेटी, अन्धविश्वासका साथी छौ ।

युवा, जवान योग्य व्यक्ति पठाएर विदेशमा,
मानिसलाई लगाई हतकडी, बाँदरलाई सुम्पेको मेरो देश ।
                                                               कसैले कहिले कठै नभनी बहादुर भनिने मेरो देश
परदेशको इसारामा आज प्रदेश भनेको मेरो देश ।

थाहा छैन कहाँ बाट कस्ले कसरी चलाएको छ
हाम्रा बाजेले काशीमा पिण्ड लगाउथे, त्यस्का बाजेले सिमानामा आएर पिलर लगाएको छ ।
                                                       
मेरो भाषामा सामान बिक्रि गर्ने व्यक्तिलाई विक्रेता भनिन्छ ।
नैतिकतानै बेच्ने व्यक्तिलाई नेता भनिन्छ ।

सबै नेता होइन यहाँ कोही कोही त जाती छन् ।
तर नेता भनेको नेतानै हो हजुर नेतामै गनिन्छ ।

धुवाँ धुलो, हिलो, खाल्टो, भ्रष्टचार ढिला सुस्तीले, देशलाई नर्क बनाएको छ ।
यस्तो हुदाँ पनि हाम्रो देशमा, नाली गनाएको छैन, मात्र नेता गनाएको छ ।

नागरीकता किनेर गाडीमा हिनेर, धर्ति नटेक्नेलाई नसोध्नुस, देशको माया कहाँ हुन्छ ।                        देशको माया त थाङ्नामा जन्मेर, आँगन खेल्नेमा मात्र हुन्छ ।

महिलालाई कमजोर नठानौ

महिलालाई कमजोर नठानौ कसैले उनिहरुले आफुले पाएको भन्दा धेरै दिने गर्दछन् ।
१. चामल दिनुस् पकाएर भात दिन्छन् ।
२. माया दिनुस त्यो भन्दा धेरै खुसी दिन्छन् ।
३. घर दिनुस तिनिहरुले घरबार बसाउछन् ।
४. केही बयाण गर्नुस मन्द मुस्कान दिन्छन् ।
५. सहयोग गर्नुस मायाले साथ दिन्छन् ।
६. रिसाउनुस त एक पटक, काली दुर्गा भगवती र सम्पुर्ण देविको रुप लिन्छन् ।

नेता बन्न आठ फेल

                                  नेता बन्न आठ फेल

अरु देशले अन्तरीक्षमा यान पठाउँछ ।
मेरो देशले खाडीमा जवान पठाउँछ ।।

नेता बन्न, आठ फेल भालाई, टिकट पठाएर ।
सुरक्षा दिन डिग्री गर्या, जवान पठाउँछ ।।

सिप भाकाको कदरै छैन, हाम्रो देश नेपालमा ।
बरु अमेरीकाले बुझेर होला, डि.भि.पठाउँछ ।।

कति गरौ देशका कुरा, रुन्छ मन धरधरी
जब सुन्छु छिमेकीले खाम, साझ बिहान पठाउँछ ।।

तड्पाई तड्पाई राख्नु भन्दा, मेरी आमा नेपाललाई
बरु देउ छिमेकीलाई, उस्ले प्राण त बचाउँछ ।
                                 
विदेश गाकै छोरालाई हेरौ, कति निष्ठुरी ।
आमा बिर्सन्छ, श्रीमतीलाई सामान पठाउँछ ।

छोरा पायो बुहारीलाई छोरी ज्वाइलाई भनेपनि ।
न्यानो काख दिने आमा, महान पठाउँछ ।।

भात भनेको भातै हो

जय प्रकाश पौडेल
मिठाइ लड्डु जे भनेनी, आखिर भात भनेको भातै हो ।
अङ्गुर फलफूल जे खाएनि, आखिर भात भनेको भातै हो ।

बिहान होस या बेल्का होस, दाल सँग होस या झोल सँग होस्
केही नभए पनि निस्तै होस, आखिर भात भनेको भातै हो ।

नेपाल होस या अमेरीका होस्, अस्ट्रेलीया होस या जापान होस
दिनमा दुई थाल नखाइ नहुने, आखिर भात भनेको भातै हो ।

पिज्जा होस कि बर्गर होस, चाउमिन होस या म म होस
त्यस्ता जाबाले मन के भरिन्थ्यो, आखिर भात भनेको भातै हो ।
                      
रोग लागे ओखती छदैछ, भुडी लागे त आफ्नै हो
दुध भात होस या मासु भात,आखिर भात भनेको भातै हो ।

जिउदो हुदाँ मात्र होइन, मरे नि पिण्ड भनेर पाइने
थालमा होस या टिफिनमा, आखिर भात भनेको भातै हो ।
                                                                                 
चौध बर्ष भयो मैले भात खादा नबोलेको
जिवन बचाउनेलाई सम्मान गरेको हु, आखिर भात भनेको भातै हो

Thursday, January 10, 2019

पैसा रैछ ठूलो यहाँ

 
पैसा रैछ ठूलो यहाँ पैसाले नै रुवाउँछ ।
बन्धनमा पारी फेरि पैसाले नै बीस खुवाउँछ ।।

साधारण देखि माथी कहाँ सम्म भनौ मैले
देश कै ढुकुटी किन नहोस पैसा ले नै चुहाउँछ ।।

पैसा ठुलो होईन इज्जत ठुलो नभन साथी हो
पैसा नभाको भन्दा पैसा भयको नै सुहाउँछ ।।

यो पैसा नहुदो होत गरिब धनी हुदैनथे
तर के गर्नु रित यस्तै छ धनिले पैसा कुहाउँछ ।

जनता बाटै चुनियर

जनता बाटै चुनियर पठाएको मान्छे म ।
देश बिकास गर भनी खटायको मान्छे म ।।

आज बैठक सभा हरुमा जादा जाँदै ठीक्क छ ।
नजाउ भन्छु फेरि सोच्छु कुर्सी जान्छ कि दिक्क छ ।
ए हजुर जनता को मन मनमा अटाएको मान्छे म ।।

गर्छु देश को बिकाश भनी सर्छु अघि सर्न त ।
जनता ले नै रोकिराछ्न तर सर्छु अघि सर्न त ।
के गर्नु
जनता बाटै देश बिकाश बाट हटाएको मान्छे म ।।

नबोलाउ सभा सम्मेलनमा अब देखि मलाइ भनी
कसरी पो भनौ जनता लाई यति कठोर बनी
त्यसैले
जनताकै लागि देश बिकास घटायको मान्छे म ।।

क्या जमाना आयो

क्या आयो जमाना हजुर हेर्नुस त चारै तिर ।
गुरु होइन गोरु भन्छन हेर्नुस त चारै तिर ।।

कोहि शिक्षा पाउन नसकी रोयकाछन घर बसि
पढ्नेले पढ्न पाको छैन हेर्नुस त चारै तिर ।।

गल्ती को सजाय दिउ भने आजकालका चेलालाइ
पख्लास भरे सुन्नु पर्छ हेर्नुस त चारै तिर ।।

बिध्या आर्जन गर्नेलाइ बिध्यार्थी हो भन्दा पनि
उच्छिरिन्कल काम भैराछ हेर्नुस त चारै तिर ।।

शिक्षक हौ मार्गनिर्देशन दिन लाग्दा बिध्यार्थीलाइ
उल्टो अपमानित हुनु पर्छ हेर्नुस त चारै तिर ।।

तितो सत्य बोल सधै, देश बिकास मा लागौ अब
अरु देश कहाँ पुगिसके हेर्नुस त चारै तिर ।।