Wednesday, January 30, 2019

भात भनेको भातै हो

जय प्रकाश पौडेल
मिठाइ लड्डु जे भनेनी, आखिर भात भनेको भातै हो ।
अङ्गुर फलफूल जे खाएनि, आखिर भात भनेको भातै हो ।

बिहान होस या बेल्का होस, दाल सँग होस या झोल सँग होस्
केही नभए पनि निस्तै होस, आखिर भात भनेको भातै हो ।

नेपाल होस या अमेरीका होस्, अस्ट्रेलीया होस या जापान होस
दिनमा दुई थाल नखाइ नहुने, आखिर भात भनेको भातै हो ।

पिज्जा होस कि बर्गर होस, चाउमिन होस या म म होस
त्यस्ता जाबाले मन के भरिन्थ्यो, आखिर भात भनेको भातै हो ।
                      
रोग लागे ओखती छदैछ, भुडी लागे त आफ्नै हो
दुध भात होस या मासु भात,आखिर भात भनेको भातै हो ।

जिउदो हुदाँ मात्र होइन, मरे नि पिण्ड भनेर पाइने
थालमा होस या टिफिनमा, आखिर भात भनेको भातै हो ।
                                                                                 
चौध बर्ष भयो मैले भात खादा नबोलेको
जिवन बचाउनेलाई सम्मान गरेको हु, आखिर भात भनेको भातै हो

No comments:

Post a Comment