Thursday, January 10, 2019

क्या जमाना आयो

क्या आयो जमाना हजुर हेर्नुस त चारै तिर ।
गुरु होइन गोरु भन्छन हेर्नुस त चारै तिर ।।

कोहि शिक्षा पाउन नसकी रोयकाछन घर बसि
पढ्नेले पढ्न पाको छैन हेर्नुस त चारै तिर ।।

गल्ती को सजाय दिउ भने आजकालका चेलालाइ
पख्लास भरे सुन्नु पर्छ हेर्नुस त चारै तिर ।।

बिध्या आर्जन गर्नेलाइ बिध्यार्थी हो भन्दा पनि
उच्छिरिन्कल काम भैराछ हेर्नुस त चारै तिर ।।

शिक्षक हौ मार्गनिर्देशन दिन लाग्दा बिध्यार्थीलाइ
उल्टो अपमानित हुनु पर्छ हेर्नुस त चारै तिर ।।

तितो सत्य बोल सधै, देश बिकास मा लागौ अब
अरु देश कहाँ पुगिसके हेर्नुस त चारै तिर ।।

No comments:

Post a Comment