Wednesday, January 30, 2019

मेरो देश

हेर्नुस हामी नेपाली जनता बिज्ञान र प्रविधि भन्दा माथी छौ ।
बिद्धानलाई खाडीमा लखेटी, अन्धविश्वासका साथी छौ ।

युवा, जवान योग्य व्यक्ति पठाएर विदेशमा,
मानिसलाई लगाई हतकडी, बाँदरलाई सुम्पेको मेरो देश ।
                                                               कसैले कहिले कठै नभनी बहादुर भनिने मेरो देश
परदेशको इसारामा आज प्रदेश भनेको मेरो देश ।

थाहा छैन कहाँ बाट कस्ले कसरी चलाएको छ
हाम्रा बाजेले काशीमा पिण्ड लगाउथे, त्यस्का बाजेले सिमानामा आएर पिलर लगाएको छ ।
                                                       
मेरो भाषामा सामान बिक्रि गर्ने व्यक्तिलाई विक्रेता भनिन्छ ।
नैतिकतानै बेच्ने व्यक्तिलाई नेता भनिन्छ ।

सबै नेता होइन यहाँ कोही कोही त जाती छन् ।
तर नेता भनेको नेतानै हो हजुर नेतामै गनिन्छ ।

धुवाँ धुलो, हिलो, खाल्टो, भ्रष्टचार ढिला सुस्तीले, देशलाई नर्क बनाएको छ ।
यस्तो हुदाँ पनि हाम्रो देशमा, नाली गनाएको छैन, मात्र नेता गनाएको छ ।

नागरीकता किनेर गाडीमा हिनेर, धर्ति नटेक्नेलाई नसोध्नुस, देशको माया कहाँ हुन्छ ।                        देशको माया त थाङ्नामा जन्मेर, आँगन खेल्नेमा मात्र हुन्छ ।

No comments:

Post a Comment