Thursday, January 10, 2019

पैसा रैछ ठूलो यहाँ

 
पैसा रैछ ठूलो यहाँ पैसाले नै रुवाउँछ ।
बन्धनमा पारी फेरि पैसाले नै बीस खुवाउँछ ।।

साधारण देखि माथी कहाँ सम्म भनौ मैले
देश कै ढुकुटी किन नहोस पैसा ले नै चुहाउँछ ।।

पैसा ठुलो होईन इज्जत ठुलो नभन साथी हो
पैसा नभाको भन्दा पैसा भयको नै सुहाउँछ ।।

यो पैसा नहुदो होत गरिब धनी हुदैनथे
तर के गर्नु रित यस्तै छ धनिले पैसा कुहाउँछ ।

No comments:

Post a Comment