Wednesday, January 30, 2019

नेता बन्न आठ फेल

                                  नेता बन्न आठ फेल

अरु देशले अन्तरीक्षमा यान पठाउँछ ।
मेरो देशले खाडीमा जवान पठाउँछ ।।

नेता बन्न, आठ फेल भालाई, टिकट पठाएर ।
सुरक्षा दिन डिग्री गर्या, जवान पठाउँछ ।।

सिप भाकाको कदरै छैन, हाम्रो देश नेपालमा ।
बरु अमेरीकाले बुझेर होला, डि.भि.पठाउँछ ।।

कति गरौ देशका कुरा, रुन्छ मन धरधरी
जब सुन्छु छिमेकीले खाम, साझ बिहान पठाउँछ ।।

तड्पाई तड्पाई राख्नु भन्दा, मेरी आमा नेपाललाई
बरु देउ छिमेकीलाई, उस्ले प्राण त बचाउँछ ।
                                 
विदेश गाकै छोरालाई हेरौ, कति निष्ठुरी ।
आमा बिर्सन्छ, श्रीमतीलाई सामान पठाउँछ ।

छोरा पायो बुहारीलाई छोरी ज्वाइलाई भनेपनि ।
न्यानो काख दिने आमा, महान पठाउँछ ।।

No comments:

Post a Comment