Thursday, January 10, 2019

जनता बाटै चुनियर

जनता बाटै चुनियर पठाएको मान्छे म ।
देश बिकास गर भनी खटायको मान्छे म ।।

आज बैठक सभा हरुमा जादा जाँदै ठीक्क छ ।
नजाउ भन्छु फेरि सोच्छु कुर्सी जान्छ कि दिक्क छ ।
ए हजुर जनता को मन मनमा अटाएको मान्छे म ।।

गर्छु देश को बिकाश भनी सर्छु अघि सर्न त ।
जनता ले नै रोकिराछ्न तर सर्छु अघि सर्न त ।
के गर्नु
जनता बाटै देश बिकाश बाट हटाएको मान्छे म ।।

नबोलाउ सभा सम्मेलनमा अब देखि मलाइ भनी
कसरी पो भनौ जनता लाई यति कठोर बनी
त्यसैले
जनताकै लागि देश बिकास घटायको मान्छे म ।।

No comments:

Post a Comment