Saturday, May 11, 2019

अरे वा सबै जना आइसकेछन

अरे वा सबै जना आइसकेछन
टीका अनि माला पनि लाइसकेछन

बिद्यालयलाइ भेटघाट स्थल बनायर आज
पढ्न छोडी परिक्षामा आलु खाइसकेछन

भबिस्य हो आफ्नो बनाउनु छ नसोचेर
शिक्षा छोडी माया को बाटो धाइसकेछन

पढायो पढायो पाठ बत्तिस दुना आठ भाछ
मायामा भने डिग्रीको सर्टिफिकेट पाइसकेछन

देखिदैछ आज

उदाउँदो सुर्य पनि छेकिदैछ आज
अधार बिनाको भाग्य लेखिदैछ आज

गर्छन ठुलो कुरा बुवा अनि आमाको
यथार्थ त घर घरमा देखिदैछ आज

आफू माथी अरु तल पार्ने खेल खेल्दै
आदर्श को खोक्रो बिचार फेकिदैछ आज

नमुना देश बनाउछु भन्दै भाषण ठोकी
भ्रष्टाचारी को नमुना देश लेखिदैछ आज

पहिला खोज्छन आफ्ना मान्छे जागिर खुवाउनलाइ
अनि बल्ल पालो जनताको देखिदैछ आज

म रुन्छु त पिटे झै गर भन्छन पार्टी पार्टी
भित्र एउटै जनतालाई धोका देखिदैछ आज

जब नष्ट हुन्छ देशमा भ्रष्टाचारको बीउ
तब मात्र बिकास हुने देखिदैछ आज

Tuesday, April 09, 2019

कठै यी दुई आँखा टाढा एक अर्कादेखी

कठै यी दुई आँखा टाढा एक अर्कादेखी
माया गर्छ्न दुई आँखा गाढा एक अर्कादेखी

दु:ख पर्दा एक रोए रोइदिन्छ अर्को पनि
भाग्य कस्तो दुई अाँखा टाढा एक अर्कादेखी

नराम्रो देख्दा रुन थाल्छन राम्रो हुँदा खुशी
साथित्तो छ दुई आँखा गाढा एक अर्कादेखि

अन्धकार चारैतिर भएनि उज्यालो प्रकाश
अमुल्य छन दुई आँखा टाढा एक अर्कादेखि

Tuesday, April 02, 2019

मोबाइल निषेध घोषणा

फेसबूक चलाउन लाइसेन्स, चाहिन्छ कि नाइ
मोबाइल निषेध घोषणा गर्न, पाइन्छ कि नाइ

घोप्टो मन्टो पारेर, नजिक रहेकै साथी संग
कुरा नगरी च्याट गर्नेलाइ, कुट्न पाइन्छ कि नाइ

सन्चो बिसन्चो होइन घरमा, नेट छ कि छैन भनी
सोध्नेलाई बेस्मारी कुट्न, पाइन्छ कि नाइ

आमा बुवा दाजु भाइ, दिदीबहिनी सब्को
मोबाइल खोसी, कुरा गर्न पाइन्छ कि नाइ

थुक्क मेरो जिन्दगी

बर्षा को पानी झै, थुक्क मेरो जिन्दगी
अल्छी को बानी झै, थुक्क मेरो जिन्दगी

न पढाई मा ध्यान जान्छ, न त उन्को म मा
कोइलाको खानी झै, थुक्क मेरो जिन्दगी

हासो उठ्छ कहिले काहीं आफैलाइ देखि
चिडियाखाना लानी झै, थुक्क मेरो जिन्दगी

मनको दुख लुकाएर, हासो ओठ मा ल्याएपनि
जिवनभो खरानी झै, थुक्क मेरो जिन्दगी

सास फेर्न मुटु ले त, भुल्दैन कहिलेपनी

जिब्रोमा लागेको घाउ, निको हुन्छ एकैछिन मा
जिब्रोले लगाको घाउ, बीष हुन्छ एकैछिन मा

अरुको खुशी देखि खुशी हुने मान्छे पनि
सबै भन्दा दुखी, भइदिन्छ एकैछिन मा

सास फेर्न मुटु ले त, भुल्दैन कहिलेपनी
लाको गुण भुलिदिन्छ, मानिसले एकैछिन मा

नजिक को साथी सम्झी, मनपेट नखोल है
रिस उठेपछि, स्वार्थी बन्छ एकैछिन मा