Tuesday, April 09, 2019

कठै यी दुई आँखा टाढा एक अर्कादेखी

कठै यी दुई आँखा टाढा एक अर्कादेखी
माया गर्छ्न दुई आँखा गाढा एक अर्कादेखी

दु:ख पर्दा एक रोए रोइदिन्छ अर्को पनि
भाग्य कस्तो दुई अाँखा टाढा एक अर्कादेखी

नराम्रो देख्दा रुन थाल्छन राम्रो हुँदा खुशी
साथित्तो छ दुई आँखा गाढा एक अर्कादेखि

अन्धकार चारैतिर भएनि उज्यालो प्रकाश
अमुल्य छन दुई आँखा टाढा एक अर्कादेखि

No comments:

Post a Comment