Tuesday, April 02, 2019

सास फेर्न मुटु ले त, भुल्दैन कहिलेपनी

जिब्रोमा लागेको घाउ, निको हुन्छ एकैछिन मा
जिब्रोले लगाको घाउ, बीष हुन्छ एकैछिन मा

अरुको खुशी देखि खुशी हुने मान्छे पनि
सबै भन्दा दुखी, भइदिन्छ एकैछिन मा

सास फेर्न मुटु ले त, भुल्दैन कहिलेपनी
लाको गुण भुलिदिन्छ, मानिसले एकैछिन मा

नजिक को साथी सम्झी, मनपेट नखोल है
रिस उठेपछि, स्वार्थी बन्छ एकैछिन मा

No comments:

Post a Comment