Tuesday, April 02, 2019

मोबाइल निषेध घोषणा

फेसबूक चलाउन लाइसेन्स, चाहिन्छ कि नाइ
मोबाइल निषेध घोषणा गर्न, पाइन्छ कि नाइ

घोप्टो मन्टो पारेर, नजिक रहेकै साथी संग
कुरा नगरी च्याट गर्नेलाइ, कुट्न पाइन्छ कि नाइ

सन्चो बिसन्चो होइन घरमा, नेट छ कि छैन भनी
सोध्नेलाई बेस्मारी कुट्न, पाइन्छ कि नाइ

आमा बुवा दाजु भाइ, दिदीबहिनी सब्को
मोबाइल खोसी, कुरा गर्न पाइन्छ कि नाइ

No comments:

Post a Comment