Saturday, May 11, 2019

देखिदैछ आज

उदाउँदो सुर्य पनि छेकिदैछ आज
अधार बिनाको भाग्य लेखिदैछ आज

गर्छन ठुलो कुरा बुवा अनि आमाको
यथार्थ त घर घरमा देखिदैछ आज

आफू माथी अरु तल पार्ने खेल खेल्दै
आदर्श को खोक्रो बिचार फेकिदैछ आज

नमुना देश बनाउछु भन्दै भाषण ठोकी
भ्रष्टाचारी को नमुना देश लेखिदैछ आज

पहिला खोज्छन आफ्ना मान्छे जागिर खुवाउनलाइ
अनि बल्ल पालो जनताको देखिदैछ आज

म रुन्छु त पिटे झै गर भन्छन पार्टी पार्टी
भित्र एउटै जनतालाई धोका देखिदैछ आज

जब नष्ट हुन्छ देशमा भ्रष्टाचारको बीउ
तब मात्र बिकास हुने देखिदैछ आज

No comments:

Post a Comment