Saturday, May 11, 2019

अरे वा सबै जना आइसकेछन

अरे वा सबै जना आइसकेछन
टीका अनि माला पनि लाइसकेछन

बिद्यालयलाइ भेटघाट स्थल बनायर आज
पढ्न छोडी परिक्षामा आलु खाइसकेछन

भबिस्य हो आफ्नो बनाउनु छ नसोचेर
शिक्षा छोडी माया को बाटो धाइसकेछन

पढायो पढायो पाठ बत्तिस दुना आठ भाछ
मायामा भने डिग्रीको सर्टिफिकेट पाइसकेछन

No comments:

Post a Comment