Sunday, July 21, 2019

माइन्यूटिङ वा निर्णय पुस्तिका लेखन


माइन्यूटिङ वा निर्णय पुस्तिका लेख्ने तरिका

निर्णय पुस्तिका लेख्दा ध्यान दिनुपर्ने कुराहरु
१. बैठक, मिति र स्थान, समितिको नाम, अध्यक्षता, उपस्थित सदस्य पदाधिकारीको हस्ताक्षर अनुपस्थित सदस्य पदाधिकारीको नाम, प्रस्ताव तथा निर्णय उल्लेख गर्ने । (छलफलका विषयलाई प्रस्ताव भनिन्छ)
२. प्रस्ताव, छलफल र निर्णयलाई क्रमबद्ध रुपमा उल्लेख गर्ने
३. निर्णय पस्तिकामा औपचारिक भाषाको प्रयोग गर्ने
४. निर्णयलाई प्रचलित संविधान र कानूनसम्मत बनाउने
५. निर्णय लेख्दा बीचबीचमा खाली ठाउँ छोड्नु हुँदैन । खाली ठाउँ छोडेमा कसैले त्यसमा नयाँ निर्णय लेखेर संस्थाको बदनाम पनि गर्न सक्छ ।
६. निर्णय लेख्दा अनावश्यक केरमेट गर्नुहुँदैन । यदि केरमेट गर्नैपरे एकपटक मात्र तेर्सो धर्कोले काटेर त्यसको दायाँ बायाँ अध्यक्षले हस्ताक्षर गर्नुपर्छ । निर्णय पुस्तिकामा टिपेक्स लगाएर मेट्ने वा गल्ती सच्याउने काम कदापि गर्नुहुँदैन ।
सामान्यतः माइन्यूट २ किसिमबाट लेख्न सकिन्छ
क) परम्परागत शैली
ख) आधुनिक शैली
क) परम्परागत शैली
निर्णयपुस्तिका लेखनको परम्परागत शैली
यो ज्यादै प्रचलित निर्णय लेखन हो । यसमा बैठकको मिति, स्थान, अध्यक्षता तथा छलफलका विषयहरु एवम् भएका निर्णयहरु बुँदागत रुपमा स्पष्टसँग उल्लेख गरिन्छ ।
यसको नमुना निम्न छन्
१) निर्णयलेखनको नमुना १
बैठक सङ्ख्या ः पाँच
आज मिति वि.सं. २०७६ श्राावण ६ गते सोमबार दिउसो ३ बजे यस ……………………………………………..को कार्यसमितिको बैठक समितिका अध्यक्ष श्री………………………………..को अध्यक्षतामा बसियो । लमही  मा  बसिएको उक्त बैठकमा निम्नानुसारको उपस्थितिमा तलका विषयहरुमाथि छलफल गरी निर्णयसमेत गरियो ।
उपस्थिति
नाम हस्ताक्षर
१) अध्यक्ष : श्री ………………………… ………….
२) उपाध्यक्ष :श्री …………………….. …………..
३) सचिव :श्री ………………………. …………..
४) सह–सचिव :श्री …………………. ………….
५) कोषध्यक्ष :श्री ………………….. ………………
६) सदस्य :श्री ………………….. ………………
७) सदस्य :श्री ………………….. ………………
८) सदस्य :श्री ………………….. ………………
९) सदस्य :श्री ………………….. ………………
१०) सदस्य :श्री ………………….. ………………
११) सदस्य :श्री ………………….. ………………
१२) आमन्त्रित :श्री ………………….. ………………
१३) आमन्त्रित :श्री ………………….. ………………
छलफलका विषयहरु
क) उद्घोषणको सदुपयोग सम्बन्धमा
ख)……………
ग) विविध
निर्णयहरु
क) प्रस्ताव नं.क का सम्बन्धमा छलफल गर्दा आगामी साउन १७ गतेको बार्षिक उत्सब को अवसरमा विविध साहित्यिक कार्यक्रम गरी मनाउने निर्णय गरियो । जसको लागि निम्नानुसारको जिम्मेवारी समेत बाँडफाँट गरियो
कार्यक्रम सञ्चालन ः …………
स्वागत ः ……………
…………………
ख)
……………………………….
ग) आजको बैठकमा छलफल गरी निर्णय गर्नुपर्ने कुनै प्रस्तावहरु बाँकी नरहँदा बैठकमा उपस्थित सबैलाई अध्यक्षबाट धन्यवाद दिई अर्को बैठक यही मिति …………………. गते ………. स्थानमा बस्ने गरी अध्यक्षको निर्देशनअनुसार आजको बैठक विसर्जन गरियो ।
निर्णयमा हस्ताक्षर
…………….
२) निर्णयलेखनको नमुना २
बैठक सङ्ख्या ः पाँच
यस ……………………………………………..को कार्यसमितिको बैठक समितिका अध्यक्ष श्री………………………………..को अध्यक्षतामा निम्न मिति, समय र स्थानमा बसियो ।
स्थान ः लमही गेस्ट हाउस  , लमहि
मिति ः वि.सं. २०७६ श्रावण ६ गते 
समय ः दिउसो ३ :०० बजे
उपस्थिति
नाम पद हस्ताक्षर
१) श्री ………………………… अध्यक्ष  ………….
२) श्री …………………….. उपाध्यक्ष  …………..
३) श्री ………………………. सचिव  …………..
४) श्री …………………. सह–सचिव   ………….
५) श्री …………………. कोषाध्यक्ष  ………………
६) श्री ………………….. सदस्य  ………………
७) श्री ………………….. सदस्य  ………………
८) श्री ………………….. सदस्य  ………………
९) श्री ………………….. सदस्य   ………………
१०) श्री ………………….. सदस्य   ………………
११) श्री ………………….. सदस्य   ………………
१२) श्री ………………….. आमन्त्रित ………………
१३) श्री ………………….. आमन्त्रित ………………
छलफलका विषयहरु
क) उद्घोषण कलाको सदुपयोग सम्बन्धमा
ख)……………
ग) विविध
निर्णयहरु
क) प्रस्ताव नं.क का सम्बन्धमा छलफल गर्दा आगामी साउन १७ गतेको बार्षिक उत्सब को अवसरमा विविध साहित्यिक कार्यक्रम गरी बार्षिक उत्सब मनाउने निर्णय गरियो । जसको लागि निम्नानुसारको जिम्मेवारी समेत बाँडफाँट गरियो
कार्यक्रम सञ्चालन ः …………
स्वागत ः ……………
…………………
ख)
……………………………….
ग) आजको बैठकमा छलफल गरी निर्णय गर्नुपर्ने कुनै प्रस्तावहरु बाँकी नरहँदा बैठकमा उपस्थित सबैलाई अध्यक्षबाट धन्यवाद दिई अर्को बैठक यही मिति …………………. गते ………. स्थानमा बस्ने गरी अध्यक्षको निर्देशनअनुसार आजको बैठक विसर्जन गरियो ।
निर्णयमा हस्ताक्षर
…………….
ख) निर्णयलेखनको नमुना 3 आधुनिक शैली
बैठक सङ्ख्या ः पाँच
मिति २०७६ श्राावण ६ गते सोमबार दिउसो ३ बजे
बैठक ः विद्यार्थी समाज , काठमाण्डौ का नपा २८ नं एकाइ समितिको कार्यसमिति
अध्यक्षता ः जय प्रकाश पौडेल
स्थान लमही
उपस्थिति ः –
नाम पद हस्ताक्षर
१. जय प्रकाश पौडेल  अध्यक्ष ……..
२. श्रीजना पाेख्रेल उपाध्यक्ष 
३. समिप पाैडेल सचिव ……..
४ पृथक शर्मा कोषाध्यक्ष …..
५. ……… . …….
अनुपस्थिति
१. ……. (जानकारी)
२. ………….
३. ……….. …….. ……… 
प्रस्ताव नं १ः अघिल्लो बैठकपछि भएका उपलब्धिको समीक्षा
छलफल ः मिति २०७६ साउन बार्षिक उत्सबमा भएको साहित्यिक कार्यक्रम प्रभावकारी भएको
निर्णय ः बार्षिक उत्सबको दिनमा सांस्कृतिक कार्यक्रम गर्ने जसमा निम्नानुसारको जिम्मेवारी सुम्पियो
कार्यक्रम सञ्चालन ः…………..
…………………..
प्रस्ताव नं. २ आउने शनिबारको सदुपयोग गर्ने
छलफल ः ……………..
निर्णय ः ……………………………..
…………………………..
आगामी बैठकको मिति ः २०७६ भदौ १७ गते
माइन्युट प्रमाणित गर्ने ः नाम सही पद
माइन्यूट लेख्ने ः नाम सही पद

Saturday, June 01, 2019

निजि शिक्षकको पिडा - भाग १

निजि शिक्षकको पिडा - भाग १

निजी अर्थात प्राइभेट । एक परजीवी जीव जस्तै । काम गरेनी जस नपाइने काम नगरेको पनि दिन नहुने । कस्तो विडम्बना बाँच्नु परेको छ । नदेखिए पनि निरीहता प्रष्ट हुने सबुत छन् हाम्रा माझ । जस्तो –सरकारी शिक्षक ले सरकारी सेवा सुबिधा सहित मनमा पीडा भयनी भबिस्यमा मिल्ने थोरधेर सहयोग त पाएका हुन्छ्न तर हामी निजिले नमस्कार खाँदै भोकै हिँड्नुपर्ने । सरकारी जागिरको लागि नाम निकाले पनि राम्रो बोलेपनी बोलेको नमिली मौखिकमा फालिनु पर्ने अझ सुटुक्क भन्नुपर्दा जागिर खान जागीर खुवाउने को आफन्त भएर पनि जन्म लिनुपर्ने । लौ है फलानो ले सरकारी शिक्षक मा नाम निकाल्यो है भनि खुशी भएको बेला आफू भने  मुटु थिचेर बस्नु पर्ने । कतै त्यो नाम मलाइ गुमनाम अर्थात निजि स्रोतमा बसेको कुर्सीमा बस्ने ब्याक्ती त होइन ? भनी दिन रात डराउनु पर्ने । सरकारी कर्मचारी ले गल्ती गरे सरल छ हद्दै भए अर्को ठाँउमा सरुवा गर्ला तर निजि शिक्षकको देखिएको शुस्म गल्ती पहाड बनी उभिन्छ । जि हजुर अब देखि यस्तो गल्ती नदोहोर्‍याउने बाचा गरिन्छ भन्नुपर्ने । सरकारी मात्र होइन प्राइभेट स्कुलका प्राइभेट शिक्षक हरुले गरेको काम को उच्च मुल्यांकन त परै जाओस सम्मान पाउने कुलो नै खनिदैन ।
चेतना र रुपान्तरणका संवाहक हुन् शिक्षक । त्यही शिक्षक चरम निराशाकाबीच शिक्षणरत छ भने कसरी होला यो देशको उन्नति ?
रोजगारको एक सहज विकल्प । सरकारी तथा निजी विद्यालयको निजि शिक्षक हुनु । उपलब्धि वा उत्पात भने केही छैन । अन्यत्र जागिर खोज्यो खोज्यो कतै केही नभए अन्तमा छँदैछ जागिर शिक्षक । कहिँ जागिर नपायर बसेको ब्याक्ती को अन्तिम बिकल्प बनेको छ शिक्षक पेसा । पहिले पहिले शिक्षक लाई दिइने सम्मन आजभोली छैन । हुनत सबै पेसाहरुको आफ्नो आफ्नो पीडा त हुन्छ नै । "जागिर" "तनखा" यो शब्द निर्माण गर्ने ब्याक्तीलाई मैले सहृदय सम्मन गर्न चाहन्छु ।  "जा" गएर "गिर" "जागिर" र अरुलाइ पाल पोस ठुलो मान्छे बना मरिमेटी काम गर तर "त" "नखा" अर्थात तनखा त्यत्ति हो । एकाध स्कूललाई छाडेर भन्ने हो भने निजी स्रोतमा काम गर्नु भनेको ‘नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाउको अनुहार’ नै भएको छ । कोहि  जागिर को शिलशिलामा निजि स्रोतमै भएपनी टङ्गिनलाइ आफ्नो घर परिवारबाट टाढा आएर बसेका हुन्छन । कोहि घर चलाउन मुस्किल हुँदा अध्यापन गरिरहेका हुन्छन ।बर्षेनु सरकारी कर्मचारी को तलब बढेको सुनिन्छ तर निजिको...... । एउटा महत्वपूर्ण पाटो चाहिँ के छ भने जे जति सुकै बाधा अड्चन नै किन नआवस निजी स्रोतमा काम गर्ने शिक्षक जहिले पनि केही सिकिरहेजस्तो अवस्थामा हुन्छन् । यसले मान्छेलाई जीवन्त बनाइराख्छ । निजि शिक्षकको कथा ब्यथा सीमाबद्ध लेखमा समेटिनु सम्भव देख्दिनँ म । तर निजी स्रोतमा कार्यरत शिक्षकको अन्तर्मनको प्रकाशन गर्न प्रयत्न गरिएको खुसीमा नै केही शब्द खर्च गरेको मात्र हुँ । मैले निजि निजि भनिरहदा सरकारी कर्मचारीलाई नरमाइलो लागिरहेको होला । त्यस प्रती म क्षमा माग्दछु के गर्नुहुन्छ हजुर आफू परियो निजि निजि को केही हद्सम्म भए गरेका घटना सुनाउदै छु । सरकारी को कथाब्यथा तपाइँ कै कोहि सरकारी शिक्षक ले लेख्दै हुनुहुन्छ होला पर्खाइमा बस्नुहोला । तर निजि स्रोत का शिक्षकहरु को कथा ब्यथा अर्को भाग फेरि लिएर आउने बाचा सहित माथी लेखिएका कुराहरु वा सब्द बाट कहि कतै कसैलाइ नमाइलो लागेमा एउटा लेख मात्र सम्झी मनमा लिदिनुहोला भन्दै अर्को भाग मा फेरि भेट हुने बाचा गर्दै म निजि स्रोतको शिक्षक जय प्रकाश पौडेल यो भाग १ बाट ओझेल मा पर्छु । तपाईं जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ सधै खुशी सुखी, स्वस्थ र ब्यस्त रहनुहोला ।। धन्यवाद ।।
© www.jppoudel.blogspot.com

(कृपया यस लेखलाइ लाइक, सेयर गर्न नभुल्नुहोला तर copyright नगरिदिनुहोला ।)

Saturday, May 11, 2019

अरे वा सबै जना आइसकेछन

अरे वा सबै जना आइसकेछन
टीका अनि माला पनि लाइसकेछन

बिद्यालयलाइ भेटघाट स्थल बनायर आज
पढ्न छोडी परिक्षामा आलु खाइसकेछन

भबिस्य हो आफ्नो बनाउनु छ नसोचेर
शिक्षा छोडी माया को बाटो धाइसकेछन

पढायो पढायो पाठ बत्तिस दुना आठ भाछ
मायामा भने डिग्रीको सर्टिफिकेट पाइसकेछन

देखिदैछ आज

उदाउँदो सुर्य पनि छेकिदैछ आज
अधार बिनाको भाग्य लेखिदैछ आज

गर्छन ठुलो कुरा बुवा अनि आमाको
यथार्थ त घर घरमा देखिदैछ आज

आफू माथी अरु तल पार्ने खेल खेल्दै
आदर्श को खोक्रो बिचार फेकिदैछ आज

नमुना देश बनाउछु भन्दै भाषण ठोकी
भ्रष्टाचारी को नमुना देश लेखिदैछ आज

पहिला खोज्छन आफ्ना मान्छे जागिर खुवाउनलाइ
अनि बल्ल पालो जनताको देखिदैछ आज

म रुन्छु त पिटे झै गर भन्छन पार्टी पार्टी
भित्र एउटै जनतालाई धोका देखिदैछ आज

जब नष्ट हुन्छ देशमा भ्रष्टाचारको बीउ
तब मात्र बिकास हुने देखिदैछ आज

Tuesday, April 09, 2019

कठै यी दुई आँखा टाढा एक अर्कादेखी

कठै यी दुई आँखा टाढा एक अर्कादेखी
माया गर्छ्न दुई आँखा गाढा एक अर्कादेखी

दु:ख पर्दा एक रोए रोइदिन्छ अर्को पनि
भाग्य कस्तो दुई अाँखा टाढा एक अर्कादेखी

नराम्रो देख्दा रुन थाल्छन राम्रो हुँदा खुशी
साथित्तो छ दुई आँखा गाढा एक अर्कादेखि

अन्धकार चारैतिर भएनि उज्यालो प्रकाश
अमुल्य छन दुई आँखा टाढा एक अर्कादेखि

Tuesday, April 02, 2019

मोबाइल निषेध घोषणा

फेसबूक चलाउन लाइसेन्स, चाहिन्छ कि नाइ
मोबाइल निषेध घोषणा गर्न, पाइन्छ कि नाइ

घोप्टो मन्टो पारेर, नजिक रहेकै साथी संग
कुरा नगरी च्याट गर्नेलाइ, कुट्न पाइन्छ कि नाइ

सन्चो बिसन्चो होइन घरमा, नेट छ कि छैन भनी
सोध्नेलाई बेस्मारी कुट्न, पाइन्छ कि नाइ

आमा बुवा दाजु भाइ, दिदीबहिनी सब्को
मोबाइल खोसी, कुरा गर्न पाइन्छ कि नाइ