Tuesday, April 09, 2019

कठै यी दुई आँखा टाढा एक अर्कादेखी

कठै यी दुई आँखा टाढा एक अर्कादेखी
माया गर्छ्न दुई आँखा गाढा एक अर्कादेखी

दु:ख पर्दा एक रोए रोइदिन्छ अर्को पनि
भाग्य कस्तो दुई अाँखा टाढा एक अर्कादेखी

नराम्रो देख्दा रुन थाल्छन राम्रो हुँदा खुशी
साथित्तो छ दुई आँखा गाढा एक अर्कादेखि

अन्धकार चारैतिर भएनि उज्यालो प्रकाश
अमुल्य छन दुई आँखा टाढा एक अर्कादेखि

Tuesday, April 02, 2019

मोबाइल निषेध घोषणा

फेसबूक चलाउन लाइसेन्स, चाहिन्छ कि नाइ
मोबाइल निषेध घोषणा गर्न, पाइन्छ कि नाइ

घोप्टो मन्टो पारेर, नजिक रहेकै साथी संग
कुरा नगरी च्याट गर्नेलाइ, कुट्न पाइन्छ कि नाइ

सन्चो बिसन्चो होइन घरमा, नेट छ कि छैन भनी
सोध्नेलाई बेस्मारी कुट्न, पाइन्छ कि नाइ

आमा बुवा दाजु भाइ, दिदीबहिनी सब्को
मोबाइल खोसी, कुरा गर्न पाइन्छ कि नाइ

थुक्क मेरो जिन्दगी

बर्षा को पानी झै, थुक्क मेरो जिन्दगी
अल्छी को बानी झै, थुक्क मेरो जिन्दगी

न पढाई मा ध्यान जान्छ, न त उन्को म मा
कोइलाको खानी झै, थुक्क मेरो जिन्दगी

हासो उठ्छ कहिले काहीं आफैलाइ देखि
चिडियाखाना लानी झै, थुक्क मेरो जिन्दगी

मनको दुख लुकाएर, हासो ओठ मा ल्याएपनि
जिवनभो खरानी झै, थुक्क मेरो जिन्दगी

सास फेर्न मुटु ले त, भुल्दैन कहिलेपनी

जिब्रोमा लागेको घाउ, निको हुन्छ एकैछिन मा
जिब्रोले लगाको घाउ, बीष हुन्छ एकैछिन मा

अरुको खुशी देखि खुशी हुने मान्छे पनि
सबै भन्दा दुखी, भइदिन्छ एकैछिन मा

सास फेर्न मुटु ले त, भुल्दैन कहिलेपनी
लाको गुण भुलिदिन्छ, मानिसले एकैछिन मा

नजिक को साथी सम्झी, मनपेट नखोल है
रिस उठेपछि, स्वार्थी बन्छ एकैछिन मा

यस्तै हुन्छ कहिले काहीँ

यस्तै हुन्छ कहिले काहीँ दिन पनि राती हुन्छ
मन्दिरकै देवता पनि कहिलेकाही पापी हुन्छ

ए यस्तो गर्न हुन्न भनी सम्झायो भने पनि
बीस बनी उल्टो तिमिमाथी नै घाती हुन्छ

नराम्रो हो कुलतको बाटो बन असल मान्छे
स्वाभिमान भन्दा स्वार्थी सधै माथी हुन्छ

सेवा र सहयोग गर ठुला अनि सानाको
बेइमानी हुनु भन्दा इमानदारी जाती हुन्छ

साली मनपर्यो

दिदी मन पर्नु भन्दा साली मनपर्यो
छुच्चो भेना भनेको, गाली मनपर्यो

गजल सुन्दै वा वा, गर्नेको यो लाईनमा
एकोहोरो फिटेको त्यो, ताली मनपर्यो

नजिस्काउ है भेना फाल्दिन्छु नालिमा भन्दा
कसम आज देखि त्यो, नाली मनपर्यो

तिर्खायको प्यासी थिए साली आइ भेना भन्दा
भरी गिलास भन्दा त, खाली मनपर्यो