Tuesday, April 02, 2019

यस्तै हुन्छ कहिले काहीँ

यस्तै हुन्छ कहिले काहीँ दिन पनि राती हुन्छ
मन्दिरकै देवता पनि कहिलेकाही पापी हुन्छ

ए यस्तो गर्न हुन्न भनी सम्झायो भने पनि
बीस बनी उल्टो तिमिमाथी नै घाती हुन्छ

नराम्रो हो कुलतको बाटो बन असल मान्छे
स्वाभिमान भन्दा स्वार्थी सधै माथी हुन्छ

सेवा र सहयोग गर ठुला अनि सानाको
बेइमानी हुनु भन्दा इमानदारी जाती हुन्छ

No comments:

Post a Comment