हांशीराछु उनको सामू भित्रि मन जलेपनी
अंशु देखा छैन उनलाई एकान्तमा ढलेपनी
उनलाई ख़ुशी भाको देखना मरिहत्ते गरेपनी
उज्ज्यालो दिन साकिन मैले मोमबत्ती झै बलेपनी
उनको खाली सिउदोमा पराइले सिंदूर भार्दा
उनको सामू हाशी रहे एकान्तमा ढलेपनी
सुख संग जीवन बितोस पराईको आगनमा
सधै साथ दिनेछु मनमा आधी चलेपनी
उनलाई ख़ुशी देखे ख़ुशी भई दिन्छ यो मन
दुख नआइपरोस उनलाई म चितामा जलेपनी
जय प्रकाश पौडेल
सोनपुर -८ -सुनडबरी 'देउखुरी ,दांग
प्रकाशकः JAI PRAKASH POUDEL समयः 6:50:00 AM 1 : टि
Tuesday, May 11, 2010
नेट सर्फिङग गर्दा सतर्क रहनुहोस्
आज भोली ईन्टरनेट सर्फिङग गर्न सबैलाई मन पर्छ । यो अहिलेको समयमा अपरिहार्य जस्तै बनि सकेको कुरा नकार्न सकिदैन । एक दिन नेटमा बसिएन भने पुरा संसार सँग सम्बन्ध छुटेको झै भान हुन थाल्दछ । यसरी हेर्दा ईन्टरनेट धेरैको लागि आवश्यक्ता नै बनी सकेको छ । तर धेरै जसो मान्छेहरुको यो भनाइ छ कि उनिहरुलाई नेट सेर्फिङगको दौरान कुनै न कुनै अवाँन्छित समस्याहरुको सामना गर्नु परेको छ । यसको साथ साथै च्याटिङको बेला चिटिङ गर्ने खालको फाल्तु मेसेज पनि आउन थाल्छ , आफ्नो मेल बक्समा पनि यस्तै फाल्तु मेलले भरिएको पाईन्छ । कुनै कुनै मेलले मन लोभ्याउने गैरजरुरी अफरका साथ भाईरस पनि साथै attacht गरेर पठाएका हुन्छन । यस्तोमा मनमा यो कुरा आउनु स्वाभाबिक नै हो कि नेटमा सुरक्षित सर्फिङग गर्नको लागि के के कुरामा सावधानी अपनाउन जरुरी छ त ?
त्यसो त नेटमा सर्फिङग गर्नु त्यती गाह्रो छैन जति कि लाग्छ । सानो सानो कुराहरुमा थोरै पनि सतर्क रहेमा यो काम सहज हुन पुग्दछ ।
ईमेल बाट खतरा
यदि नेट सर्फिङगको दौरान तपाईंलाई कसैले यस्तै बेकारको चिज मेल गरेको भेट्टाउनु भयो भने उक्त मेल खोल्नु र जवाब दिनुको सट्टा त्यस्ता मेल वा application हरुलाई तपाईं block गर्न सक्नु हुन्छ । यो कुरामा निकै ध्यान दिन जरुरी छ कि अनजान ईमेलको साथ attachment को रुपमा नै सबै भन्दा धेरै भाईरस आउने खतरा रहन्छ । त्यसैले संदिग्ध मेलको attachment लाई बिना जाँच कहिले पनि डाउनलोड गर्ने नगरनुहोस् । कुनै कुनै ईमेल तपाईंलाई यति रकम चिठ्ठा पर्यो, यो यो पुरुस्कार पर्यो भन्ने लोभ देखाएर फसाउने खालको पनि आउछन र यसमा तपाईंको नाम ठेगानाका साथ साथै अरु ब्यक्तिगत जानकारी मागिएका हुन्छन । यस्ता ईमेलहरुमा लोभिएर कहिले पनि रिप्लाई दिने नगर्नुहोस् , यसमा मात्र तपाईंहरुलाई ठग्ने बाहेक अरु केही हुँदैन । याद राख्नुहोस् नकिनेको चिठ्ठा कहिले पर्दैन .... ईमेल आक्रमण बाट सुरक्षित हुने सजिलो उपाय आफुले नचिनेको अनजान ईमेलहरुलाई नखोलिकनै डिलिट गर्नु नै हो ।
के के सावधानी अपनाउने ?
नेट सर्फिङग वा च्याटको दौरान अनजान मित्रहरुलाई आफ्नो नाम, ठेगाना, फोन नम्बर अनि बैंक अकाउन्ट नम्बर सम्बन्धी सही सुचना कहिले पनि share नगर्नुहोस् । नेटमा बनाएको साथीहरु सँग सके सम्म भेट नगर्नुहोस् र यदि भेट्नै पर्ने सिचुएसन आई पर्यो भने कहिले पनि एक्लै नभेट्नुहोस् । यसमा तपाईंलाई खतरा हुन सक्छ ।
धेरै जस्तो साईट आजकाल पुरस्कार, सर्बेक्षण वा रजिस्ट्रेशनको बहाना बनाएर तपाईंको निजी सुचना, ईमेल address र पासवोर्ड माग्ने गर्छन् , यसमा सतर्क हुनु जरुरी छ । यस्ता धेरै जसो साईटहरु आँफै पनि कुनै न कुनै product हरु बेच्ने कोशीस गर्छन् र ईमेल डाटा सँकलन गरेर बिज्ञापनदाता कम्पनीहरुलाई बेच्ने गर्दछन । अन्लाईन सपिङगको कारोबार सँग सम्बन्धित साईटहरु पनि यस्तो गर्ने गर्दछन त्यसैले यिनिहरु सँग सावधान रहनुमा नै भलाई छ ।
डाउनलोड गर्दा सतर्क रहनुहोस्
ईन्टरनेट सँग सम्बन्धित कुनै पनि यस्तो application जब तपाईं डाउनलोड गर्दै हुनु हुन्छ जसमा Document, picture, अडियो वा भिडियो आदि share गर्न एक्सेस हुने गर्दछ यस्ता application हरु डाउनलोड गर्नु भन्दा पहिला आफ्नो जेनुन Antivirus द्वारा Scan गर्नु जरुरी छ । साथै जुन पायो त्यो सफ्टवयरहरु आफ्नो कम्प्युटरमा डाउनलोड र install गर्ने पनि नगर्नुहोस् । त्यस्तो application हरु जसमा कुनै सिक्योरिटी सर्टिफिकेट छैन त्यसले तपाईंको कम्प्युटरलाई हानी गर्ने बाहेक अरु काम गर्दैन ।
अरु केही महत्वपूर्ण कुराहरु
@ आफ्नो ईन्टरनेट ब्राउजरमा popup block option active गरेर नचाहिने बिज्ञापनहरु र सुचनाहरुमा नियन्त्रण पाउनुहोस्
@ कुनै राम्रो AntiVirus को प्रयोग गर्नुहोस् र त्यसलाई नियमित Update गर्दै गर्नुहोस् ।
@ आफ्नो कम्प्युटरको महत्वपूर्ण डाटाहरुको ब्याकअप राख्ने बानी गर्नुहोस् ( डाटाहरुलाई छुट्टै डिस्क वा सि.डि मा save गर्दै गर्नुहोस् ) ।
@ जब ईन्टरनेट सम्बन्धी काम सकियो तब ईन्टरनेट connection लाई disconnect गर्न नभुल्नुहोस् ।
@ कुनै साइबर क्याफेमा नेट चलाई सकेर फर्किदै हुनु हुन्छ भने ब्राउजर history clear र टैंपरेरी
ईन्टरनेट फाइलहरुलाई डिलिट गर्न नभुल्नुहोस् ।
www.kyamazza.blogspot.com बाट साभार गरेको छू ।

Wednesday, April 28, 2010
मुक्तक
केही टिका उनले लगाउने छीन
केही टिका मैले लगाउने छू
केही माला उनले लगाउने छीन
केही माला मैले लगाउने छू
केही मानिस उनलाई सम्झी रुनेछन
केही मानिस मलाई सम्झी रुनेछन
केही फूल उनमा छारियको हुनेछ
केही फूल ममा पनी छारियको हुनेछ
तर यत्ति मात्र फरक हुनेछ
उनी ससुराली गैरहेकी हुनेछिन
म मसान घाट जल्नलाई गैरहेको हुनेछु
केही टिका मैले लगाउने छू
केही माला उनले लगाउने छीन
केही माला मैले लगाउने छू
केही मानिस उनलाई सम्झी रुनेछन
केही मानिस मलाई सम्झी रुनेछन
केही फूल उनमा छारियको हुनेछ
केही फूल ममा पनी छारियको हुनेछ
तर यत्ति मात्र फरक हुनेछ
उनी ससुराली गैरहेकी हुनेछिन
म मसान घाट जल्नलाई गैरहेको हुनेछु
आमा
आमा तिमी महान छेउ यो संसारैभरी
नौ महिना कोखमा राखी जन्मायौ दु:ख गरी
आमा तिमीले टुकुर टुकुर हिडन सिकायौ
चीची पापा भन्न र तिमीले बाढन सिकायौ
आमा तिमीले मनका कुरा खोल्न सिकायौ
आमा तिमीले सर्बप्रथम बोल्न सिकायौ
छोरा छोरी बिच तिमीले राखेनौ भेदभाव
आमा तिम्रो कहिले पनी नाछुटोस है काख
आफ्नो पेट खाली राखी आफ्नो पेट भर्यौ
हामीलाई हुर्कौउन तिमीले कति दु:ख गर्यौ
आमाको न्यानो काखमा बाचेका छन सारा
आमा तिम्रो कसोगरी तिरौला दूधको भारा
नौ महिना कोखमा राखी जन्मायौ दु:ख गरी
आमा तिमीले टुकुर टुकुर हिडन सिकायौ
चीची पापा भन्न र तिमीले बाढन सिकायौ
आमा तिमीले मनका कुरा खोल्न सिकायौ
आमा तिमीले सर्बप्रथम बोल्न सिकायौ
छोरा छोरी बिच तिमीले राखेनौ भेदभाव
आमा तिम्रो कहिले पनी नाछुटोस है काख
आफ्नो पेट खाली राखी आफ्नो पेट भर्यौ
हामीलाई हुर्कौउन तिमीले कति दु:ख गर्यौ
आमाको न्यानो काखमा बाचेका छन सारा
आमा तिम्रो कसोगरी तिरौला दूधको भारा
गजल बिधा
हुनत नेपाली भाषामा गजल भनेको कुनै नौलो बिधा त रहेको छैन तर राम्ररी हेर्ने हो भने अंग पुर्याएर र यसका संरचनाका निश्चित नियम र परिधि भीत्र बसेर लेख्नेको संख्या भने निकै कम छ।
गजल पढन र सुन्न जत्ती मनोरन्जक, रोमान्चक र कर्णप्रिय हुन्छ बास्तबमा लेख्न त्यत्तीकै जटिल, मुश्किल र दूरुह । केहि समय यता यसको बारेमा निक्कै बहस शुरु भएको र म आफू पनि गजल प्रेमी (जानकार हैन भन्ने कुरा पहिलै खुलस्त गरौं) भएको नाताले यो हप्ताको फुर्सदको समयलाई यहि बिधाको सामान्य संरचनाको अध्ययनमा लगाएँ। केहि समय यता दुई-दुई लाईनका तुक मिलाएर लेखिएका भावनाहरुलाई ‘गजल’ भनेर लेखीन र छापिन थालिएका छन । यसमा मात्रै हैन, धेरै अनलाईन र सहित्यिक पत्रिकाहरुमा समेत गजलको नाममा कविताहरु धेरै पटक प्रकाशीत भएका छन ।
गजलको उद्गम र परिभाषा बारेमा भिन्न भिन्न मत भएपनि गजल अरबबाट शुरु भएको अनी बिस्तारै काव्यको यो विधा फारसी, उर्दू हुँदै हिन्दी, नेपाली र अन्य भषामा पुगेको कुरामा धेरै शोधकर्ताहरुको एक मत छ ।
यो सानो पोष्टमा गजलसंग सम्बन्धित केहि आधारभूत शब्दावलिको चर्चा गर्ने कोशीस गरिने छ।
साधारणतया गजलका यि शब्दाबलीलाई अर्थ्याउन गालिब वा जफर गोरखपुरी वा त्यस्तै कोहि प्रख्यात गजलकारका गजललाई प्रस्तुत गरिन्छन।
शेर: गजल शेरहरुको समुह हो र गजलमा प्रयुक्त दुई हरफकको यौटा श्लोक लाई शेर भनिन्छ। गजलको बनोटको हिसाबले एउटा गजलमा कममा पाँच र बढिमा एघार ओटा सम्म शेर रहेको पाईएको छ। जहाँ कविताका १०-१२ हरफसम्म यौटै विषयको बारेमा व्याख्या हुनसक्छ, तर गजलमा भने हरेक शेरले भीन्दा भीन्दै कुरा बयान गर्छ। यसैले हरेक शेर आफैमा पूर्ण हुनु पर्छ, यौटा शेरमा पुरा गर्न नसकिएको विषयबस्तुलाई अर्को शेरमा हाल्नु वा तान्नु हुँदैन।
मिसरा: शेरको प्रत्यक लाईनलाई मिसरा भनिन्छ। त्यसमा पनि पहिलो लाईन, जुन पूर्ण स्वतन्त्र हुन्छ लाई मिसरा उला(मिसरा ए उला) भनिन्छ भने दोस्रो लाईन, जसमा तुक मिलाउने मात्रै नभई गजलकारले आफ्नो अधुरो कुरालाई दमदार तरिकाले पुरा गर्छन लाई मिसरा सानि (मिसरा ए सानी) भनिन्छ ।
काफिया: यो गजलको एकदमै महत्वपूर्ण अंग हो। यदाकदा यसलाई गलको मुटु वा ज्यान पनि भनेर परिभाषित गरिन्छ। काफियाको शाब्दिक अर्थ पछि पछि आउनु भन्ने हुन्छ । गजलमा साधारणतया अर्थ फरक आउने शब्द अपबाद हुने बाहेक उहि अर्थ आउने काफियाको प्रयोग गरिदैन। हुनत केहि नाम चलेका गजलकारहरुले पनि काफिया दोहर्याएर गजल लेखेका छन, तर हरेक शेरमा भिन्न भिन्न काफियाको प्रयोगले नै कुनै पनि गजलकारको भषीक ज्ञान, प्रखरता, र प्रतिभाको पूर्ण प्रदर्शन गर्छ । अनी दोहोरिएको काफियाले गजलकारको मात्रै हैन, जुन भाषामा गजल लेखिएको छ त्यो भाषाको शब्दकोषको समेत गरिवि पनि झल्कयाउँछ । त्यसैले काफियालाई तुक मिलाउने मेसोको मात्र उपयोगीतामा हेर्नु गल्ति हुनेछ ।
रदीफ: काफिया संगै आउने शब्द वा शब्द समुहलाई रदिफ भनिन्छ । जुन शेर पिच्छे बदल्न मिल्दैन र गजलको अन्त सम्म अपरिवर्तित रहन्छ। जस्तै माथिको गजलमा: “कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ, कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ” मा ‘भएछ’ रदिफ हो, जुन अन्तसम्म एउटै छ ।
मत्ला: मत्लाको शाब्दिक अर्थ “आरम्भ” वा शुरुवात भन्ने हुन्छ, अत:कुनै पनि गजलको पहिलो शेरलाई मतला भनिन्छ । । यहा याद गर्नु पर्ने कुरा के छ भने मतलाका दुबै मिसरामा काफियाको प्रयोग भएको हुन्छ। तर गजलका अन्य शेरमा भने मिसरा सानिमा मात्रै काफिया हुन्छ ।
मक्ता: मक्ताको अर्थ समाप्त हुनु हो, अर्थात जुन शेरबाट गजल अन्तहुन्छ गजलको त्यहि अन्तिम शेरलाई मक्ता भनिन्छ।
तखल्लुस: प्राय गजलकारहरु गजलको मक्तामा आफ्नो नाम, उपनाम वा टाईटलको प्रयोग गर्छन। अर्थात अन्तिम शेरमा आफनो नाम पनि गजल भित्र हाल्छन, यसैलाई लखल्लुस भनिन्छ । यसले त्यो गजल कस्को हो भन्ने कुरा सुन्ने बित्तिकै थाहा हुन्छ भने आर्को कुरा तखल्लुसको प्रयोग कहिले काहि द्विअर्थि समेत हुँदा यसले सिधै गजलकारको नाम मात्रै नभई अरुनै कुनै संकेत वा ईशारा पनि गर्न सक्छ । अनी कतिपयले भने तखल्लुस सहितको अन्तिम शेरलाई मात्रै मकताको दर्जा दिने गरेको पनि पाईन्छ ।
यो गजलको बारेमा एकदमै साधारण जानकारि मात्रै हो यसका मानक र संयोजनका अन्य पक्ष जस्तै: बहर, रुक्न, वज्न आदि बारेमा पनि यथेष्ट ज्ञान भएमा सोहि अनुरुप लेखीए मात्रै गजलमा उत्कृष्टता आउन सक्छ, नत्र बेजोड भाव, समानान्तर तुक र गेय भएपनि काव्य, गजल नबनी कबिता मात्र हुने वा कहिले काहि न कबिता न गजल भै बिचमै लटकिन पनि सक्छ ।
समयले साथ दिएमा त्यस बारेमा आगामी पोष्टमा लेख्ने प्रयास गर्ने छु । आजलाई भने जाँदा जाँदै गजल सम्बन्धमा केहि रमाईला तथ्य र किम्बदन्तिहरु:
• यौटा किम्बदन्ति अनुशार अरबमा एकजना ‘गजल’ नाम गरेका शायर थिए जसले प्रेमको गित बनाउनमै आफ्नो जिवन बिताए। शुरु शुरुमा गजल केवल प्रेमको बारेमा मात्रै लिखिन्थ्यो त्यसैले पछिका दिनमा यस प्रकारको प्रेमको गित नै उसैको नामले चिनिन थाल्यो ।
• दसौं शताब्दिमा ईरानमा जन्मेका ‘रौदकी’ नामका शायर (जो जन्मजात अन्धो रहेको बिश्वास गरिन्छ) लाई नै गजलको जन्मदाता पनि मानिन्छ ।
नेपाली गजल संग्रहबाट गजलको बारेमा लेखिएको कुरा यसमा साभार गरेको छू /

Tuesday, April 27, 2010
सुखिका आंशु अनमोल हुन्छ दूइ थोपा झरेपनी
सुखिका आंशु अनमोल हुन्छ दूइ थोपा झरेपनी
दुखिका आंशु सुकेर जान्छन बर्षात सरी झरेपनी
दुखी को दु:ख देख्दैनन कसैले चाहे उ मरेपनी
तर फूलले बोटको गुण भुल्न सक्दैन झरेपनी
सुखिका आंशु अनमोल हुन्छ दूइ थोपा झारेपनी
आदर्श का कुरा छाटी झुठ को खेती गरेपनि
थाहा पाइसके जनताले, लुकेर भुँडी भरेपनी

खाको पाप नलागोस भनी चार धाम गएपनि
पाप को नदि मा डुब्ने छौ, बैतर्नी नदि तरेपनि

Subscribe to:
Posts (Atom)