Wednesday, April 28, 2010

मुक्तक

केही टिका उनले लगाउने छीन
केही टिका मैले लगाउने छू
केही माला उनले लगाउने छीन
केही माला मैले लगाउने छू

केही मानिस उनलाई सम्झी रुनेछन
केही मानिस मलाई सम्झी रुनेछन
केही फूल उनमा छारियको हुनेछ
केही फूल ममा पनी छारियको हुनेछ

तर यत्ति मात्र फरक हुनेछ

उनी ससुराली गैरहेकी हुनेछिन
म मसान घाट जल्नलाई गैरहेको हुनेछु

No comments:

Post a Comment