Wednesday, April 28, 2010

आमा

आमा तिमी महान छेउ यो संसारैभरी
नौ महिना कोखमा राखी जन्मायौ दु:ख गरी

आमा तिमीले टुकुर टुकुर हिडन सिकायौ
चीची पापा भन्न र तिमीले बाढन सिकायौ

आमा तिमीले मनका कुरा खोल्न सिकायौ
आमा तिमीले सर्बप्रथम बोल्न सिकायौ

छोरा छोरी बिच तिमीले राखेनौ भेदभाव
आमा तिम्रो कहिले पनी नाछुटोस है काख

आफ्नो पेट खाली राखी आफ्नो पेट भर्यौ
हामीलाई हुर्कौउन तिमीले कति दु:ख गर्यौ

आमाको न्यानो काखमा बाचेका छन सारा
आमा तिम्रो कसोगरी तिरौला दूधको भारा

No comments:

Post a Comment