Tuesday, April 27, 2010

सुखिका आंशु अनमोल हुन्छ दूइ थोपा झरेपनी

सुखिका आंशु अनमोल हुन्छ दूइ थोपा झरेपनी
दुखिका आंशु सुकेर जान्छन बर्षात सरी झरेपनी

दुखी को दु:ख देख्दैनन कसैले चाहे उ मरेपनी
तर फूलले बोटको गुण भुल्न सक्दैन झरेपनी
सुखिका आंशु अनमोल हुन्छ दूइ थोपा झारेपनी

आदर्श का कुरा छाटी झुठ को खेती गरेपनि
थाहा पाइसके जनताले, लुकेर भुँडी भरेपनी
दुखिका आंशु सुकेर जान्छन बर्षात सरी झरेपनी

खाको पाप नलागोस भनी चार धाम गएपनि
पाप को नदि मा डुब्ने छौ, बैतर्नी नदि तरेपनि

सुखिका आंशु अनमोल हुन्छ दूइ थोपा झरेपनी
दुखिका आंशु सुकेर जान्छन बर्षात सरी झरेपनी

No comments:

Post a Comment