Saturday, May 09, 2020

मेमोरीको बारेमा (About Memory)

मेमोरी (Memory)

कम्प्युटरको भाषामा, मेमोरी भन्नाले कम्प्युटरको एउटा अंग हो, जसले कम्प्युटरको डेटा र प्रोग्रामहरूलाई अस्थायी वा स्थायी रूपमा भण्डारण गर्ने कार्य गर्छ । मेमोरी कम्प्युटरको महत्वपूर्ण अंग हो, जसलाई हामी हेर्न, छुन र महशुस गर्न सक्छौं । मेमोरी कम्प्युटरको केसिङ बक्स भित्र हुन्छ । यसलाई स्टोरेज डिभाईस् पनि भनिन्छ । सबै कम्प्युटरमा डेटा र प्रोग्राम भण्डारण गर्नका लागि मेमोरीको प्रयोग गरिएको हुन्छ । ई.स. १९४० तिर पिहलो पुस्ताको कम्प्युटरको विकास भएको थियो । पहिलो पुस्ताको कम्प्युटर ENIAC मा मेन मेमोरी कम्पोनेन्टको रूपमा भ्याकुम ट्युवको प्रयोग गरिन्थ्यो । कम्पुटरको मेमोरी दुई प्रकारको हुन्छ । ती हुन्, प्राईमेरी र सेकेन्डरी ।

 १. प्राईमेरी मेमोरी:
जुन मेमोरीले कम्प्युटरको डेटा र प्रोग्रामलाई अस्थयी रूपमा स्टोर गर्छ, त्यस्तो मेमारीलाई प्राईमेरी मेमोरी भनिन्छ । कम्प्युटरका डाटाहरू यसैमालाेड हुन्छ । जस्तै : RAM र ROM प्राईमेरी मेमोरीको उदाहरण हुन् ।

      २. सेकेन्डरी मेमोरी:
जुन मेमोरीले कम्प्युटरको डेटा र प्रोग्रामहरूलाई स्थायी रूपमा स्टोर गर्छ, त्यस्तो मेमोरीलाई सेकेन्डरी मेमोरी भनिन्छ । जस्तै : हार्डडिक्स्, फ्लपी डिक्स्, पेन ड्राईभ आदी सेकेन्डरी मेमोरीका उदाहरणहरू हुन् ।

कम्प्युटर संग सम्बन्धित प्रश्नोत्तर COMPUTER SCIENCE QUESTION ANSWER IN NEPALI

● प्रथम डिजिटल कम्प्यूटर ➥ युनीवेक
● नारटन के हो ➥ एन्टी-वायरस टूल
● कम्प्यूटर Dump हुनुको कारण ➥ Virus
● कम्प्यूटरको IC चिप्स के ले बनेको हुन्छ ➥ सिलिकन
● WWW को पूर्ण रूप ➥ World Wide Web
● WWW को अाविष्कार कहिले ➥ सन् 1989–90
● नेपालमा भित्रिएको पहिलो कम्प्युटर ➥ IBM 1401
● WWW के हो ➥ इन्टरनेट सर्भिस
● जोन नेपियरले लघुगणकको अाविष्कार कहिले ➥ सन् 1614
● सी.डी. रोम को शाब्दिक अर्थ ➥ Compact Disk Read Only Memory
● फ्लप्पीको साईज ➥ 3.25" तथा 5.25"
● हार्ड डिस्क कस्तो मेमोरी ➥ Secondary Memory
● CPU र Main memory को गतिलाई समान राख्नको लागि के को प्रयोग गरिएको हुन्छ ➥ Cache Memory
● कम्प्यूटरको प्रोसेसिङ् गतिलाई के मा नापिन्छ ➥ मेगा हर्ट्ज
● कम्प्यूटरको मेशीनरी उपकरण ➥ हार्डवेयर
● 'LAN' को उपयोग ➥ स्थायी क्षेत्रको नेटवर्कको लागि
● 'DOS' को अर्थ ➥ डिस्क सञ्चालन प्रणाली
● कम्प्यूटरले गणितीय क्रियाकलाप कहाँ गर्दछ ➥ रजिस्टर्स
● डाटालाई सुरक्षित राख्ने तरिका ➥ BACKUP PLAN
● 'भाईरस' मा के हुन्छ ➥ डिस्ट्रक्टिव टेबल
● Virus के हो ➥ एक प्रोग्राम
● MS WORD को एक्सटेन्शन के हो ➥ DOC
● वर्कसिट (WORK SHEET) मी अधिकतम कोलोम (Columns) र रोस (Rows) को संख्या ➥ 1024 र 1025
● लाईन प्रिन्टरको गतिको एकाई ➥ लाईन प्रति मिनेट
● भारतको सबभन्दा शक्तिशाली सुपर कम्प्यूटर ➥ परम पदम्
● कम्प्यूटरको अशुद्धि ➥ बग (BUG)
● कम्प्यूटर DATA को अर्थ ➥ Information
१. कम्प्यूटरलाई नेपालीमा के भनिन्छ ??
— सुसंख्या
२. कम्प्यूटरको पिता कसलाई मानिन्छ ??
— चार्ल्स बेबेज
३. विश्वको प्रथम इले​क्ट्रोनिक डिजिटल कम्प्यूटर कुन हो ??
— एनीयक
४. नेपालमा पहिलो कम्प्युटर कुन र कहिले भित्रिएको हो ??
— IBM 1401 र वि.सं.२०२८
५. इन्टीग्रेटेड सर्किट (IC) को पिता को हुन् ??
— ज्याक एस. किलबी
६. कम्प्यूटरमा प्रयोग हुने ‘IC चिप्स’ केले बनेको हुन्छ ??
— सिलिकन
७. सी. पी. यू. को पूरा रुप के हो ??
— सेन्ट्रल प्रोसेसिङ् यूनिट
८. कम्प्यूटर कम्पनी IBM को पूरा रुप के हो ??
— इन्टरनेशनल बिजनेस मेशीन
९. नेपालमा सर्वप्रथम केको लागि कम्प्युटर ल्याइएको थियो ??
— जनगणना
१०. लभ बग के हो ?
— कम्प्यूटर भाइरस
११. कम्प्यूटर व्यवसायको शिखर पुरुष बिल गेट्सको नाम कुन कम्पनी सँग सम्बन्धित छ ??
— माइक्रोसफ्ट
१२. NASSCOM को फुल फर्म के हो ??
— नेशनल एसोसिएशन अफ सफ्टवेयर एण्ड सर्विसेज कम्पनीज
१३. विश्वको प्रथम भर्चुअल समाचार वाचिका को हुन् ??
— एनानोवा
१४. कमजोर मानिसहरुको लागि विशेष रूपमा बनाएको कम्प्यूटर कुन हो ??
— अल राइट
१५. विश्वको सबभन्दा कम उमेरको वेब डिजाइनर को हुन् ??
— अजयपुरी
१६. विश्वको प्रथम महिला कम्प्यूटर प्रोग्रामरको श्रेय कसलाई जान्छ ??
— एडा अगस्टा (अमेरीका)
१७. भारतमा भेटिएको पहिलो कम्प्यूटर भाइरस कुन हो ??
— सी ब्रेन
१८. वाई टू के (Y2K) को समस्याले प्रभावित विश्वको एक मात्र देश कुन हो ??
— जाम्बिया
१९. ‘Y2K’ को विस्तृत रूप के हो ??
— ईयर टू थाउजेन्ड
२०. विश्व कम्प्यूटर साक्षरता दिवस कहिले मनाइन्छ ??
— 2 डिसेम्बर
२१. भारतमा निर्मित पहिलो कम्प्यूटरको नाम के हो ??
— सिद्धार्थ
२२. परम पदम के हो ??
— सुपर कम्प्यूटर

कम्प्युटर सहायक पदमा सोधिने प्रश्न उत्तर QUESTION ANSWER OF COMPUTER SCIENCE IN NEPALI

कम्प्यूटर भाइरस बनाउने पहिलो व्यक्ति हुन ?
🔜🔄 गेन कुर्लेन

विश्वमा पहिलो प्रोग्राम बनाउने programmer  को हुन ?
🔜🔄 लेडि अगुष्टा एडालभलेस

कम्प्युटरका पाँचवटा पुस्ताहरु कति छन , कुन कुन हुन  र कहिले विभाजन गरिएको हो ?

🔄🔜सन 1960 बाट कम्प्युटरलाई पाँचवटा पुस्तामा विभाजन गरिएको हो

🔄🔜 पहिलो पुस्ताको कम्प्युटर
सन 1946 देखि 1958 मा विकास भएका   Mark-I,  ENIAC, EDVAC,  EDSAC, UNIVA, BURROUGHS यिनीहरुलाई पहिलो पुस्ताको कम्प्युटर को रुपमा लिइन्छ ।

🔜🔄 दोस्रो पुस्ताका कम्प्यूटर
1958 देखि 1964 मा बनेका   IBM 1401 , IBAM 1620, Control data corporation 3600, IBM 7090, IBM 7094,  PDPI, Series ILO,  Mark III, IBM 7094, आदि दोस्रो पुस्ताका कम्प्यूटरहरु हुन्

🔜🔄 तेस्रो पुस्ताका कम्प्युटर
सन 1964 देखि 1971 भित्र बनेका Cyber 175, CDC 7600, ICL 1900, IBM 730 आदि तेस्रो पुस्ताका कम्प्यूटरहरु हुन

🔜🔄 चौथो पुस्ताको कम्प्युटर सन् 1971 देखि हालसम्म निर्मित IBM,  Apple, Macintosh
आदि चौथो पुस्ताका कम्प्युटर हुन्

यसमा माइक्रो प्रोसेसरको प्रयोग गरिएको मेमोरीको रुपमा RAM प्रयोग गरिएको

🔜🔄 पाचौं पुस्ताको कम्प्युटर यस पुस्ताका कम्प्युटरमा bio-chips प्रयोग गरि बनाउने प्रयास जारी छ biochips लाई नै पाचौं पुस्ताको कम्प्युटर का रूपमा लिइन्छ

संसारमा सबैभन्दा बढी प्रयोग गरिने इन्टरनेट साइट कुन हो  ?
🔜🔄 डब्लुडब्लुडब्लु डट गुगल डट कम 
****[ लिंक आएर डिस्टर्ब गर्ने भएकोले नेपाली मा लेखेको ]

computer र communication कुन भाषाबाट आएका शब्दहरू हुन ?
🔜🔄 ल्याटिन

नेपालमा तीव्र गतिको वायरलेस इन्टरनेट सेवा वाई म्याक्स को सुरुवात कहिलेदेखि भएको हो  ?
🔜🔄 विसं 2069 कार्तिक 27 गते

कम्प्युटरको सहायताले विश्वका विभिन्न भागमा रहेका मानिसहरुबीच एउटै टेबुलमा बसेर छलफल गरे झैं कुराकानी गर्ने प्रविधिलाई के भनिन्छ ?
🔜🔄 video confrence

कम्प्युटरको सहायताले अर्को कम्प्युटरमा online रहेको मानिससँग लेखेर वा बोलेर खबर आदानप्रदान गर्न सकिने प्रविधिलाई के भनिन्छ ?
🔜🔄 video च्याटिङ

विश्वभरिका विभिन्न कम्प्युटरलाई जोड्ने सञ्जाललाई के भनिन्छ  ?
🔜🔄internet

सबैभन्दा पुरानो इन्टरनेट सेवा कुन हो ?
🔜🔄 इमेल

🔜🔄इमेलकोसुरूवात- सन १९७६ संयुक्त राज्य अमेरीका बाट

🔜🔄 इमेलकोआविष्कार- Ray Tomlison Ad 1971

कम्प्युटरको आविष्कार कसले गरेका हुन र  कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ ?
🔜🔄 कम्पुटरकोआविष्कार- हर्मन पर्किन्स ; अमेरिका १८८८
🔜🔄 कम्पुटरकापिता-चाल्स ब्याबेज & आमा-लेडिअगस्ता लभलेस

टेलिफोनको आविष्कारक को हुन्  ?
🔜🔄अलेक्जेन्डर gram bell

रेडियो नेपालको स्थापना 2007 साल चैत्र 20 गते भएको हो भने नेपाल टेलिभिजनको स्थापना कहिले भएको हो  ?
🔜🔄 नेपालटेलिभिजनकोस्थापना- वि.सं. २०४१/माघ/ १७ 
🔜🔄 नेपालटेलिभिजनलेनियमितप्रसारणसुरू- २०४२/४/२९  गते

गोरखा पत्रको सुरुवात कहिलेदेखि भएको हो  ?
🔜🔄विसं 1958 बैशाख 24

एक मेगावाइट मा कति किलो kilobyte हुन्छ ?
🔜🔄 1024 kb

चिठीपत्र रेडियो टेलिभिजन पत्रपत्रिका बाट प्रवाह हुने सूचना प्रणाली लाई के भनिन्छ ?
🔜🔄 एकहोरो सूचना प्रणाली

टेलिफोन मोबाइल फोन भिडियो च्याटिङ video confrence आदिबाट हुने सूचना प्रणाली लाई के भनिन्छ ?
🔜🔄  दोहोरो सूचना प्रणाली

नेपालमा हुलाक सेवा कहिलेदेखि सञ्चालन भएको हो ?
🔜🔄  विसं 1935
🔜🔄 चिट्ठीमाटिकटटॉस्नेचलन - BS 1944/3/14 नेपालमा

विश्वमा इन्टरनेटको ब्यापक प्रयोग कहिले देखि भएको हो सन्  ?
🔜🔄 सन 1992

टेलिभिजनको आविस्कारक को हुन ?
🔜🔄 टेलिभिजनकोआविष्कार-जे एल बेयर्ड इंगल्याण्ड १९२६

   नेपालमा पहिलोपटक कुन कामको लागि कम्प्युटर ल्याइएको थियो  ?
🔜🔄 जनगणना विसं 2028

इन्टरनेटको दुरुपयोग केहो ?
🔜🔄  अस्लिल साइड को उपयोग

web address मा gov. ले के जनाउँछ  ?
🔜🔄 government

दुईदेशबीच computer जोड्ने उदाहरण के हो ?
🔜🔄 WAN [ WAN- Wide Area Network ]
  email सर्वप्रथम सुरुवात अमेरिकामा कहिले भएको थियो  ?
🔜🔄 सन 1976
नेपालमा सूचना प्रविधि पार्क  कहॉ स्थापना भएको छ ?
🔜🔄 काभ्रेपलाञ्चोक जिल्ला

HTML [ HTML- Hyper Text Markup Language] कस्तो प्रकारको भाषा हो  ?
🔜🔄 scripting

HTTP को पुरा रुप के हो  ?
🔜🔄 HTTP- Hyper Text Transfer Protocal

IBm को पुरा रुप के हो  ?
🔜🔄 IBM- International Business Machine 

हार्डडिक्स लाई के पनि भनिन्छ  ?
🔜🔄 secondary storage

keyboard कस्तो प्रकारको device हो  ?
🔜🔄 input device

printer कस्तो प्रकारको device हो ?
🔜🔄  output device

DOS को पुरा रुप के हो ?
🔜🔄 DOS-  disk operating system

CDMA को पुरा रुप के हो ?
🔜🔄 CDMA- CODE DIVISION MULTIPLE ACCESS
🔜🔄 CDMAप्रविधिकोटेलीफोनको सुरूवात वि.स. २०६२ माघ २३

VSAT  को पुरा रुप के हो  ?
🔜🔄 VSAT- Very Small Aperture Terminal

PCB को पुरा रुप के हो  ?
🔜🔄 PCB- Printed Circuit Board

कम्प्युटरलाई काम गर्न सजिलो बनाउने software कुन हो  ?
🔜🔄 system software

इन्टरनेटबाट गरिने व्यापारलाई के भनिन्छ ?
🔜🔄 E- commerce

वाइनरी प्रणालीमा प्रयोग हुने अंकहरु कुन²  हुन ?
🔜🔄 ० र १

कुनैपनि संख्या गर्ने र कार्य गर्ने कम्प्युटर लाई के भनिन्छ  ?
🔜🔄 Digital

प्रयोग भएको थियो सूचना केन्द्र स्थापना भएको हो ?
🔜🔄  पर्वत

नेपालमा इन्टरनेट प्रविधि सन् 1994 मा  सर्वप्रथम कुन कम्पनीले प्रयोगमा ल्याएको थियो  ?
🔜🔄 मर्कन्टायल company

तारहिन इन्टरनेट सेवालाई के भनिन्छ ?
🔜🔄 Wi- Fi [ wireless fidelity]

कम्प्यूटर क्षमता सम्बन्धी प्रयोग गरिने एकाइ

1 Byte 🔜 8 Bits

1Kb 🔜1024 Bytes

1Mb🔜 1024 Kb  [ Kb- Kilobyte

1Gb 🔜 1024 Mb [ Mb- Megabyte]

1Tb 🔜 1024 Gb    [ TB*=  Terabyte ]

3G-   सेवा सुरु 1998 जापान बाट भएको हो भने  4G-सेवा- जर्मनी Ad 2008  बाट
संकलक- सन्तोस बाबु पराजुलि 

कम्प्युटरको इतिहास HISTORY OF COMPUTER

कम्प्यूटरको इतिहास- 

पहिलो कम्प्यूटर कहिले र कसले बनायो?

वास्तवमा ‘कम्प्यूटर’ शब्दले ठूलो इतिहास बोकेको छ। पहिले पहिले क्याल्कुलेटर देख्दा पनि अचम्म लाग्थ्यो, गाह्रो हिसाबहरू पनि एकैछिनमा हल गरेको देख्दा त्यही क्याल्कुलेटरको महत्व पनि ठूलो थियो। तर आजभोली कम्प्यूटर शब्दले नौलोपना अनि जिज्ञासा बोक्न छाडिसकेको छ। सबैको साथमा कम्प्यूटर हुन्छ, हात-हातमा स्मार्टफोनको रूपमा मिनीकम्प्यूटर बसेको हुन्छ। तर आजको यो आधुनिक कम्प्यूटर एकैचोटी विकसित भने पक्कै पनि भएको हैन। धेरै चरणको विकासक्रम पार गरेर मात्रै आज खल्तीमा राख्न मिल्ने भएको हो।

के हो कम्प्यूटर ?

कम्प्यूटर भनेको कुनै पनि अङ्कगणितीय तथा तार्किक समस्यालाई स्वतः हल गर्नको लागि बनाइएको एक इलेक्ट्रोनिक सामान हो। यस्ता कतिपय गणितीय समस्याहरूलाई कम्प्यूटरले एकैसाथ र एकैछिनमा हल गर्न सक्दछ। सामान्यतयाः कम्प्यूटरमा २ वटा अङ्ग मूख्य हुन्छन्, सेन्ट्रल प्रोसेसिङ्ग युनिट (Central Processing Unit) र मेमोरी (Memory)। प्रोसेसिङ्ग युनिटले हामीले दिएको अङ्कगणितीय र तार्किक समस्यालाई प्रोसेस गर्दछ भने, त्यसबाट निस्केको नतिजालाई मेमोरीले साँचेर राख्दछ।

तर आधुनिक कम्प्यूटरमा जटिल समस्याको हल गर्नको लागि जटिल किसिमकै अङ्गहरू समावेश गरिएका हुन्छन्।

पहिलो कम्प्यूटरको विकास कहिले भएको थियो?

कम्प्यूटरका विभिन्न प्रकारहरू छन् र यसले गर्दा नै पहिलो कम्प्यूटरको विकास कहिले भएको हो भन्ने प्रश्नको उत्तर सजिलो छैन। सन् १८२२ मा चार्ल्स ब्याबेजले पहिलो ‘मेकानिकल कम्प्यूटर’को विकास गरेका थिए। तर आजभोली जसलाई हामीले कम्प्यूटर ठान्ने गर्छौँ, त्यो जस्तो भने पक्कै पनि थिएन।

त्यसैले आज हामी तपाईँहरूलाई विभिन्न प्रकारका कम्प्यूटरको साथमा हरेकको विकास मिती र निर्माणकर्ताको बारेमा जानकारी दिन गइरहेका छौँ।

१. पहिलो मेकानिकल कम्प्यूटर (FIRST MECHANICAL COMPUTER)

सन् १८२२ मा, चार्ल्स ब्याबेजले आफ्नो ‘डिफरेन्स इन्जिन’ (Difference Engine) को अवधारणाको विकास गरेका थिए र त्यसको निर्माणमा लागेका थिए, जुनलाई संसारकै पहिलो अटोमेटिक कम्प्यूटिङ्ग मेसिन मानिन्छ। उनको यो डिफरेन्स इन्जिनले साधारण किसिमका अङ्कहरूको हिसाब गर्ने र त्यसबाट निस्केको नतिजालाई कागजमा कागजमा लेख्दथ्यो।

डिफरेन्स इन्जिनको विकासको लागि ब्याबेजलाई ‘एडा लभलेस’ले सहयोग गरेकी थिइन्। उनलाई संसारकै सबैभन्दा पहिलो कम्प्यूटर प्रोग्रामरको रूपमा चिनिन्छ। दुर्भाग्यवश, आर्थिक स्थितीले गर्दा ब्याबेजले पूर्णतया काम गर्ने मेसिन बनाउन असमर्थ भए। त्यसपछि सन् १९९१ मा, लण्डन साइन्स म्युजियमले ब्याबेजको जन्मको दुईशताब्दीको अवसरमा ‘डिफरेन्स इन्जिन’को निर्माणलाई पूर्ण गरका थिए र सन् २००० सम्ममा प्रिन्टिङ्ग सिस्टम पनि पुरा गरेका थिए।

सन् १८३७ मा, चार्ल्स ब्याबेजले पहिलो जेनेरल मेकानिकल कम्प्यूटर, ‘एनालाइटिकल इन्जिन’को निर्माणको लागि प्रस्ताव पेश गरेका थिए। यो इन्जिनको अवधारणामा ‘अरिथमेटिक लजिक युनिट’ (Arithmetic Logic Unit- ALU), फ्लो कन्ट्रोल (Flow Control) र मेमोरी समावेश गरिएको थियो, जुनलाई पहिलो जेनेरल पर्पस कम्प्यूटरको रूपमा मानिन्छ। फेरि पनि चार्ल्सको आर्थिक स्थितीले गर्दा उनी जिउँदो रहुन्जेल यो कम्प्युटरको निर्माण सफल हुन सकेन। त्यसपछि, सन् १९१० मा, चार्ल्स ब्याबेजको कान्छा छोरा ‘हेनरी ब्याबेज’ले उक्त मेसिनको केही भाग मात्रै निर्माण गर्न सफल भएका थिए।

२. पहिलो प्रोग्रामेबल कम्प्यूटर (FIRST PROGRAMMABLE COMPUTER)

जर्मन नागरिक ‘कोनराड ज्युस’ (Konrad Zuse) ले सन् १९३६ र १९३८ को बीचमाआफ्नो अभिभावकको कोठामा ‘जेड वन’ (Z1) को निर्माण गरेका थिए। यसलाई पहिलो ‘इलेक्ट्रोमेकानिकल बाइनरी प्रोग्रामेबल कम्प्यूटर’ (Electromechanical Binary Programmable Computer) को रूपमा मानिन्छ, र यो नै पहिलो आधुनिक कम्प्यूटर थियो जसले राम्रोसँग काम गर्न सक्थ्यो।

३. पहिलो आधुनिक कम्प्यूटरको अवधारणा (FIRST CONCEPT OF MODERN COMPUTER)
सन् १९३६ मा ‘एलन ट्युरिङ्ग’ले ‘ट्युरिङ्ग मेसिन’ (Turing Machine) को प्रस्ताव पेश गरेका थिए र यही प्रस्ताव नै अझसम्म कै कम्प्यूटर प्रविधीको पुर्वाधार बन्न पुग्यो। यो मेसिनले, मानिसले कुनै पनि तार्किक समस्यालाई जसरी क्रमैसँग हल गर्दै जान्छ, त्यसरी नै एउटा कागजमा क्रमैसँग विभिन्न सङ्केतहरू प्रिन्ट गर्ने गर्दथ्यो। एलन ट्युरिङ्गको यो अवधारणा बिना आजको आधुनिक कम्प्यूटरको विकास सम्भव थिएन।

४. पहिलो इलेक्ट्रिक प्रोग्रामेबल कम्प्यूटर (FIRST ELECTRIC PROGRAMMABLE COMPUTER)

सन् १९४३ मा ‘टमी फ्लावर्स’ (Tommy Flowers) ले पहिलो इलेक्ट्रिक प्रोग्रामेबल कम्प्यूटर ‘कोलोसस’ (Colossus) को निर्माण गरेका थिए। दोश्रो विश्व युध्दको क्रममा जर्मनको गुप्तीकरण गरिएको सन्देशहरूलाई सुन्नको लागि यो ‘कोलोसस’ कम्प्यूटरको प्रयोग गरिएको थियो।

५. पहिलो डिजिटल कम्प्यूटर (FIRST DIGITAL COMPUTER)

सन् १९३७ मा प्रोफेसर ‘जोन भिन्सेन्ट एटेनासफ’ (John Vincent Atanasoff) र उनको विध्यार्थी ‘क्लीफ बेरी’ (Cliff Berry) मिलेर ‘ए.बि.सी.’ (ABC- Atanasoff-Berry Computer) को निर्माण सुरु गरेका थिए। यसको निर्माणकार्य सन् १९४२ सम्म पनि चलिरह्यो।

यो ए.बि.सी. मेसिन विध्युतीय कम्प्यूटर थियो र डिजिटल हिसाबहरू गर्नको लागि ‘भ्याक्युम ट्युब’ (Vacuum tubes) को प्रयोग गरिएको थियो। डिजिटल हिसाबमा बाइनरी गणित र बुलियन लोजिक पर्दछ र यसमा सिपियू भने राखिएको थिएन।

यसरी नै, सन् १९४३ मा ‘जे. प्रेस्पर एकेर्ट’ (J. Presper Eckert) र ‘जोन मकली’ (John Mauchly) ले ‘युनिभिर्सिटी अफ पेन्सलभेनिया’मा ‘एनियाक’ (ENIAC) को निर्माण कार्य सुरु गरेका थिए र सन् १९४६ सम्ममा पनि निर्माण सम्पन्न भएको थिएन। यस मेसिनले करीब १८०० वर्ग फिटको क्षेत्रफल ओगटेको थियो र करीब १८,००० वटा भ्याक्युम ट्युबको प्रयोग गरिएको थियो, जसको तौल लगभग ५० टन रहेको थियो।

Funny Nepali Jokes | Short Jokes In Nepali

एक पण्डित बाजेलाई झाडा पखालाले च्यापेछ.
डाक्टरलाई सोधेछन्..”के के कुरामा ध्यान दिन पर्ला डाक्टर साव ?
डाक्टरः “जोडले शंख नफुक्नु होला..
***************************************************************************
हाकु कालेले केटीलाई फोन गर्छ:
हाकु : हाई डार्लिङ्!
मैचा : हेलो डिएर!
हाकु : के छ मैया, मलाई टिम्रो निकै याड आइरा’छ नि होई
मैचा : लौ, अघि भर्खर मात्रै कुरा गरेको हैन भन्या फोनमा त्यत्रो बेरसम्म!
हाकु : का बैमान, फेरि टिम्लाई नै परेछ!
***************************************************************************
रक्षा : हामी बिचको मायाले गर्दा नखाको है?
जीग्री : मायाले होईन, प्रिय, पैसाको अभावले हो!
***************************************************************************
रक्षा : सुन्दैछु जीग्री हिजो तिमी धेरै रक्सी खाएर ढलमा लड्यौ रे!
जीग्री : अं, यो सब गलत संगतको परिणाम हो! ४ जना साथी १ बोतल रक्सी तर ३ जनै नखानेको संगत गर्नाले मैले धेरै खानुपर्यो ॥
***************************************************************************
राम : मानौं म मरे भने तिमी अर्कोसँग बिहे गरेर बस्छौ होला है?
सिता : छ्या! के कुरा गर्या होला, गर्दिन अरूसँग बिहे। म त मेरै बहिनीसँग बस्छु। अनि बरु म मरे भने तिमी के गर्छौ नि?
राम : म पनि तिम्रै बहिनीसँग बस्छु नी!
***************************************************************************
(हरि र राधा कारमा जादै थिए…)
राधा : अनि हरि, आज हामी कहाँ जाँदैछौँ?
हरि : लंग् ड्राइभमा नि!
राधा : आहा! हो र, किन अगाडि नै न भनेको त?
हरि : मैले पनि भर्खरै थाह पाएँ कि कारको ब्रेक फेल रैछ भनेर!
***************************************************************************
Girlfriend: हेल्लो, कहाँ हुनुहुन्छ।
Boyfriend : मोटीवेट गर्दैछु।
Girlfriend : लौ, कस्लाई motivate?
Boyfriend : कसलाई रे? एक घण्टा देखि तिमीलाई Wait गर्दैछु नि, मोटी!
***************************************************************************
(हरि र रमा फोनमा बोल्दै)
हरि : तिमी सार्है राम्री छौ।
रमा : हो र जानु?
हरि : तिमी एकदम परि जस्तै छौ!
रमा : साँच्चै?
हरि : अँ हो नी!
रमा : (खुशी हुदै) अनि अहिले  के गर्दै हुनुहुन्छ?
हरि : मजाक
***************************************************************************
भक्त : प्रभु तपाईँको त्रिशुल खोइ त?
महादेव : राजेश हमालले लगेको छ।
भक्त : किन र प्रभु?
महादेव : चाउमिन खान चाहियो रे क्या!
***************************************************************************
१२ को रिजलट आए पछि बाबु छोरीलाई सोध्धै
बाबु : अब के गर्ने बिचार छ त छोरी तिम्रो?
छोरी : BBA बुबा
बुबा : के हो त्यो भनेको?
छोरी : Boyfriendको Bikeमा Aish
(अनि बुबा बेहोस!)
***************************************************************************
(पसले ले निक्कै बेर सागमा पानी छर्केको हेरेपछि)
बले सोल्टी : साहु जी, त्यो सागलाई होस् आको भए मलाई १ किलो जोख्दिनुस् त सार्है हतार छ।
***************************************************************************
डाक्टर : लौ बरबाद, अपरेसन गरेको ठाउँको फेरि टाका खोल्नुपर्ने भो!
पाण्डे : किन र डाक्टर साब?
डाक्टर : मेरो एउटा पन्जा भित्रै छुटेछ!
पाण्डे : डाक्टर सब पनि कति लोभी हुनु भा, पर्दैन टाका खोल्न जाबो एउटा पन्जाको लागि! लिनुस पैसा बरू नयाँ पन्जा किन्नुस्॥
***************************************************************************
प्रेम सम्बन्धको लागि १ थिच्नुहोस्, स्वयमवरको लागि २ थिच्नुहोस् र विवाहको लागि ३ थिच्नुहोस् ॥
मुन्द्रे : अनि दोस्रो विवाहको लागि चै के थिच्ने?
एनसेल : पहिलो पत्नीको घाटी थिच्नुहोस् ॥
***************************************************************************
दिपक : रवि, म त सधैं अफिस जानु अघि मेरो श्रीमतीलाई १ किस गरेर मात्र जान्छु। तँ नि?
रबि : म पनि त्यही गर्छु, तँ अफिस गए पछि!
***************************************************************************
शिक्षक : तिम्रो र राजुको उत्तर एउटै थियो नी किन!
विध्यार्थी : किनभने, प्रश्न पनि त एउटै थियो नी, सर!
***************************************************************************
बाउ:- एक पैसा को बुद्दी छैन तेरो ! धनियाको पत्ता लेराइज भनेको पुदिना लेरायर मरेछ । तं जस्तो नालायक बेकुफ घरमा बस्न भन्दा निस्केर गयको जाती हुन्छ
सेरे:- तेसो भय संगै निस्के हुन्न र?
बाउ;- तं संग म किन निस्किनी नि?
सेरे:- आमाले त यो मेथिको साग हो भन्नू भाथ्यो |
***************************************************************************
Sir:तिमी क्लासमा किन ढिलो आएको?
केटी:सर मेरो पछाडि केटा लाग्यो त्यसैले
sir:त तिमि किन लेट?
केटी:सर त्यो केटा नै बिस्तारै आईरहेको थियो अनि
***************************************************************************
कुशल कलर टि.भी. किन्न जान्छ.
कुशल : के तपाईँकोमा कलर टि.भी. छ?
पसले: छ।
कुशल : मलाई रातो टि.भी. दिनु त
***************************************************************************
Wife:तिमि बेहे पहिले त कत्ति उपहार दिन्थ्यौ अब दिँदैनौ?
मुन्द्रे:तिमिले कहिल्यै सुनेकि छेउ माछा जालमा परेपछिपनि माझिले चारो खुवाउछ भनेर??
***************************************************************************
Girl:मलाई future हेर्न सिकाइदिनुस
Baba:आँखा बन्द गरेर आफ्नो गाला अगाडि गर
Girl:नाइँ गर्दिन, तपाईं kiss गर्नुहुन्छ
Baba:ल देखियो नि future
***************************************************************************
बाउ:नालायक, फेरी फेल भईस exam मा? छिमेकीको छोरीलाई हेर त,ऊ सधैं क्लासमा फस्ट हुन्छे।
मुन्द्रे:Dad,अझै कति हेर्नु,उसैलाई हेरेर त यो हालत भो
***************************************************************************
पत्नी: मेरो जन्म दिवशमा चेनउपहार दिनुपर्छनी!! सुन्नुभो?
पती: किन नसुन्नुनी, कती सुने कती। बरु भनन केको चेन दिउ मोटरसाइकल को कि साइकलको ?
***************************************************************************
बुढो लामखुट्टे:बाबु हाम्रो पालामा रगत चुस्न अहिले जस्तो सजिलो थिएनl
नाती: किन हजुरबा?
बुढो लामखुट्टे: उ बेला केटीहरु पुरै कपडा लगाउथे
***************************************************************************
मिस-बाबु छेरे,तिम्रो घरमा सबभन्दा सानो को हुनुहुन्छ?
छेरे -मेरो ड्याड्डी shere।
मिस -(अचम्म पर्दै) कसरी ?
छेरे -सँधै मम्मीसँग सुत्नुहुन्छ।
***************************************************************************
डाक्टर:के समस्या छ भन्नुस् ?
शेरे:छाती धेरै दुख्छ
डाक्टर:चुरोट पिउनुहुन्छ?
शेरे:हुन्छ मगाउनुस् न त तर सूर्य है, अरु चैँ त्यति मनपर्देन.
***************************************************************************
रोगी:’आई लव यु’ तिमीले मेरो मुटु चोरयौ।
नर्स: (लजाउदैं) धत्त!! हामिले तिम्रो मुटुलाई हात पनि लगाएनौ ,हाम्ले त मात्र किड्नी झ्याप हानेको।
***************************************************************************
केटा – यदी मैले तीमीलाई कीस गरे भने तीमी के गर्छौ ?
केटी –म सम्झन्छु एउटा बेवकुफ थीयो जो पुरा देश घुम्न सक्थियो तर एअरपोर्ट बाट नै फर्कीयो |
***************************************************************************
एउटा #कन्जुस को खुट्टामा काँटि विझेछ, त्यसपछी कन्जुसले मन मनै भनेछ,” खालि खुट्टा हिडेको नि ठिकै भएछ, झण्डै चप्पल प्वाल परेको |
***************************************************************************
केटा:कहाँ जादै छौ ?
केटि:आत्मा हत्या गर्न
केटा:अनि किन येति धरै makeup गरेको त ?
केटि:थुक्क तेती पनि थाहा छैन भोलि समाचारमा फोटो आउछ तेसैले
***************************************************************************
श्रीमान श्रीमतीको झगडा भएछ,
श्रीमान:फोनबाट, आज बेलुका खाना के छ
श्रीमती: बिष
श्रीमान:त्यसो भए तिमि खाएर सुत्नु म बाहिरै खाएर आउछु|
***************************************************************************
आज पत्रीकामा चूरोट सेवनगर्दा Hune असरहरु पढे, कस्तो नरमाइलो लाग्यो मन कटक्क दुखेर आयो, अनी मन मनै प्रण गरे, आज देखी कहिलै पत्रीका पढ्दिन |
***************************************************************************
छोरोःडेडी, पल्लो घरको अंकलको नाम डार्लिङ हो?
बाबुःहैन बाबु रमेश हो ।
छोराःअनि हजुर अफिस जानासाथ मम्मीले त त्यो अंकललाई डार्लिङ भन्नुहुन्छत.
***************************************************************************
ईन्स्पेक्टर सेरेसँग: तलाई फासी दिनुभन्दा अगाडि तेरो कुनै ईच्छा छ?
सेरे: हजुरसर, मलाई टाउको तल खुट्टा माथि गरेर फासी दिनुहोला |
***************************************************************************
नर्स: शेरे दाई, ए शेरे दाइ उठ्नुस त!
शेरे: किन के भो, किन मलाइ उठाउनु भएको ?
नर्स: मैले तपाईलाइ निन्द्राको गोलि दिनै पो बिर्सेछु भन्या
***************************************************************************
बुढी:तिम्लाइ म कस्तोलाग्छ?
शेरे:साह्रै राम्री.
बुढी:कत्तिको राम्री?अलिक खुलेर भनन.
शेरे:यतीकि तिमी जस्तो अझैअरु २/३ ल्याऊकि भनेर सोच्दैपो छु
***************************************************************************
भारतबाट नेपाल आइरहेको यात्रुबाहक बस र साइकल ठोक्किँदा बसमा भएका सबै जनाको मृत्यु भएको छ। साइकल चालक राजेशहमाल चाहिँ फरार छन्।
***************************************************************************
पुलिस : तैले किन यति धेरै पिएको ?
जड्याहा : बाध्यता थियो साव।
पुलिस : के बाध्यता थियो?
जड्याहा : बोतलको बिर्कै हराएपछी म के गर्ने त साब|
***************************************************************************
केटी: हप्तामा तिमी कतिचोटि दाह्रि काट्छौं?
केटा: हप्तामा होइन म त एकदिनमा नै बिसपटक काट्छु।
केटी: तिमी पागल होकि केहो?
केटा: हइन म हजाम हुँ
***************************************************************************
मोदी:-समुन्द्रको बिचमा आँप फल्यो कसरी टिप्ने?
ओली:-चरा जसरी उडेर.
मोदी:-तिम्रो बाउ उड्छ चरा जसरी?
ओली:-तिम्रो बाउले उमार्छ समुन्द्रमा
***************************************************************************
ग्राहक रिसाउँदै करायो मेरो सुपमा त ज्युँदो झिँगा छ नि
चिन्ता नलिनुस् हजुर सुप एकदम तातो छ त्यो झिँगा एकैछिन्मा मर्छ वेटरले उत्तर दियो .
***************************************************************************
छोराको सर्टफिकेट हेर्दै बाउ ले भनेछ: तेत् यती थोरै मार्कस् कुटाई नपुगेको
छिरो: हो ड्याड, जाम कुट्न। मैले त्यो सर को घर देखेको छु!
***************************************************************************
एक साथी-तैले अग्लो केटीसँग विवाह किन गरेको?
अर्को साथी- ता कि म पत्नीसँग शीर उठाएर कुरा गर्न सकौँ।
***************************************************************************
खरायो धेरै कुद्छ 5/6 साल बाच्छ कछुबा कुद्दैन 100/200 साल बाच्छ त्यसैले साथीहो बीहान उठेर कुद्ने काम नगरुम 8 बजेसम्म सुतुम
***************************************************************************
चाहे भने केटीले तपाइलाइ लख पती बनाउन सक्छन… तर तेस्का लाइ तपाइ करोड पती हुन जरुरी छ.
***************************************************************************
एक दिन बाबू र छोरा रेष्टुरेन्टमा खाजा खान गए छ: बाबू: वेटर एउटा आइसक्रीम र एउटा बियर लेउ त छोरा: आइसक्रीम किन डयडी, तपाईं पनि बियर नै खानुस।
***************************************************************************
कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।

Nepali Status for Facebook फेसबुकमा राख्ने Status

यदि तिमी जतिबेला पनि रिसाउंछौ वा गुनासो गर्छौ भने, मानिसहरुसग तिम्रो लागि समय हुनेछैन।
भविष्य उनीहरुको लागि हो,
जसले आज त्यसको लागि तयारि गर्छन् ।
यदि मलाई कसैले जहाजबाट समुद्रमा धकेलिदियो र
जमिन हजार माइल टाढा भएको बतायो भने पनि म पौडीरहनेछु ।
तोरीको दाना सानो हुन्छ,
तर त्यसले आफ्ना जरा फैलाउने क्षमता राख्छ ।
त्यसैले कहिल्यै पनि अवसरलाई सानो ठानेर नछोड
जुन कुराले तिमीलाई समस्यामा पार्छ,
त्यही कुराले तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ।
कोही माथी निर्भर नहुनु,
केही पनि आशा नराख्नु र केही पनि नमाग्नु नै स्वतन्त्रता हो ।
पैसाको अभाव भन्नु केवल बाहना मात्र हो,
तिमीसंग स्पष्ट लक्ष्यको अभाव भएको हो ।"
जब संसारले तिमीलाई छोड्दै हुन्छ तब एउटा साथीले तिमीलाई छोड्न सक्दैन भने,
ऊ नै असल साथी हो ।"
दुर्जनको कुरा सधै आडम्वरले भरिएको हुन्छ ।"
जो व्यक्ति बाठो हुन्छ,
ऊ शान्त रहन्छ ।
जो व्यक्ति बाठो छैन,
त्यो व्यक्ति आफूलाई बाठो देखाउने प्रयास गरिरहन्छ ।"
कठिनाइ सत्यमा हिंड्ने बाटो हो ।
सत्य अनौठो हुन्छ,
कल्पनामा लेखिएको साहित्य भन्दा पनि अनौठो
म सबैभन्दा रमाउने क्षण भनेको काम गर्दाको क्षण हो ।
काम नगरी बस्दा मलाई समय खेर फालिरहेको छु जस्तो लाग्छ ।"
आत्मविश्वास र काममा कडा मेहनतले नै सफलता दिलाउँछ!"
जब एउटा ढोका बन्द हुन्छ,
तब अर्को ढोका खुल्छ ।
तर धेरैजसो हामीले त्यही बन्द भएको ढोकातिर हेरेर पश्चाताप मानिरहन्छौँ र खुला भएको ढोकालाई देख्दैनौं।"
तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदेऊ ।
आफ्नो परिचय तिमी आफैले बनाऊ ।"
परिश्रम त्यो साँचो हो
जसले भाग्यको ढोका खोल्दछ ।"
केही गर्न नखोज्ने मान्छेलाई भाग्यले पनि साथ दिंदैन ।"
म जटिल छु,
महत्वाकांक्षी छु र मलाई मैले के चाहन्छु भन्ने थाहा छ।
यदि यो कुराले मलाई चरित्रहीन भनिन्छ भने पनि मलाई कुनै प्रवाह छैन।"
बाच यसरि कि, तिमी भोली नै मर्नु छ । सिक यसरि की, तिमी सधै बाचिरहनेछौ ।
हामीले आशिर्वादको लागि मात्र
भगवानको प्रार्थना गर्नुपर्छ ।
हाम्रो लागि के राम्रो हुन्छ
भन्ने त भगवान स्वयंलाई नै थाहा छ।"
मेरो पछाडी नहिड, मैले नेतृत्व नगर्न सक्छु । मेरो अगाडी नहिड,
मैले तिमीलाई नपछ्याउन सक्छु ।
म सगै मेरो छेऊमा हिड,
म राम्रो साथी बन्न सक्छु ।
जस्तोसुकै सम्बन्धमा पनि माफीले सबैभन्दा बढी महत्व खेल्छ ।"
जब-जब डर तिम्रो नजिक आउन थाल्छ,
साहसको हतियारले त्यसलाई आक्रमण गरेर परास्त गरिदेऊ।"
मानिसहरू तब मात्र तिम्रो हात समाउँछन
जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।
भाग्यको बारेमा केही पनि नसोच्नु र
विश्वास पनि नगर्नु किनकी भाग्य भन्नुनै कडा परिश्रम,
मिहेनत र मौकाको पहिचान हो ।
मेहनत को कदर हुन्थो भने,
सायद गधा भन्दा इज्जतदार अरु को हुन्थो र ।
नयाँ लक्ष्य लिन होस् वा नयाँ सपना देख्न,
मानिस कहिल्यै बूढो हुँदैन ।
आलोचक त्यो हो,
जसले प्रत्येक चीजको मूल्य थाहा पाएर पनि महत्व बुझेको हुदैन ।
जस्ले आफू लाइ घमन्ड र अहम्ता ले भर्छ नि त्यो मान्छे कहिलै सहिबाटो हिड्न सक्दैन
तिम्रो उमेर बढ्नुको यो मतलब होइन कि,
तिमीले आफ्नो उमेर गएको सोंचेर आफ्ना सपनाहरु छोडीदेऊ
घमण्डले मान्छेलाई केही समय ठुलो त
बनाउला तर महान भने पक्कै बनाउदैन।