Saturday, May 09, 2020

मेमोरीको बारेमा (About Memory)

मेमोरी (Memory)

कम्प्युटरको भाषामा, मेमोरी भन्नाले कम्प्युटरको एउटा अंग हो, जसले कम्प्युटरको डेटा र प्रोग्रामहरूलाई अस्थायी वा स्थायी रूपमा भण्डारण गर्ने कार्य गर्छ । मेमोरी कम्प्युटरको महत्वपूर्ण अंग हो, जसलाई हामी हेर्न, छुन र महशुस गर्न सक्छौं । मेमोरी कम्प्युटरको केसिङ बक्स भित्र हुन्छ । यसलाई स्टोरेज डिभाईस् पनि भनिन्छ । सबै कम्प्युटरमा डेटा र प्रोग्राम भण्डारण गर्नका लागि मेमोरीको प्रयोग गरिएको हुन्छ । ई.स. १९४० तिर पिहलो पुस्ताको कम्प्युटरको विकास भएको थियो । पहिलो पुस्ताको कम्प्युटर ENIAC मा मेन मेमोरी कम्पोनेन्टको रूपमा भ्याकुम ट्युवको प्रयोग गरिन्थ्यो । कम्पुटरको मेमोरी दुई प्रकारको हुन्छ । ती हुन्, प्राईमेरी र सेकेन्डरी ।

 १. प्राईमेरी मेमोरी:
जुन मेमोरीले कम्प्युटरको डेटा र प्रोग्रामलाई अस्थयी रूपमा स्टोर गर्छ, त्यस्तो मेमारीलाई प्राईमेरी मेमोरी भनिन्छ । कम्प्युटरका डाटाहरू यसैमालाेड हुन्छ । जस्तै : RAM र ROM प्राईमेरी मेमोरीको उदाहरण हुन् ।

      २. सेकेन्डरी मेमोरी:
जुन मेमोरीले कम्प्युटरको डेटा र प्रोग्रामहरूलाई स्थायी रूपमा स्टोर गर्छ, त्यस्तो मेमोरीलाई सेकेन्डरी मेमोरी भनिन्छ । जस्तै : हार्डडिक्स्, फ्लपी डिक्स्, पेन ड्राईभ आदी सेकेन्डरी मेमोरीका उदाहरणहरू हुन् ।

No comments:

Post a Comment