Saturday, May 09, 2020

ईन्टरनेट के हो र कसरी चलाउने ?


       इन्टरनेट भन्ने शब्द हाम्रो लागि नयाँ होइन, यसको बारेमा हामीले मनग्ये सुनेका छौँ र हामीमध्ये कतिले त मनग्ये चलाएका पनि छौँ। आज हामी इन्टरनेट भनेको के हो र यसलाई कसरी चलाउने भन्ने बारेमा केही जानकारी लिन्छौँ।

इन्टरनेट के हो?
इन्टरनेटको बारेमा बुझ्नु अघि हामीले नेटवर्क भनेको के हो भन्ने कुरा थाहा पाउनुपर्छ। दुई वा दुईभन्दा बढी कम्प्युटरलाई आपसमा तार वा ताररहित माध्यमद्वारा जोडियो वा एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा रहेको डाटा वा प्रोग्रामलाई चलाउन सकियो भने त्यहाँ नेटवर्क भएको मान्नुपर्छ। नेटवर्क भनेको कम्प्युटरहरूबीचको सन्जाल हो र यो आकारको आधारमा तीन प्रकारको हुन्छ।

१) Local Area Network
यो सबैभन्दा सानो आकारको नेटवर्क हो। यस्तो नेटवर्क एउटा घर वा क्याम्पसमा केही किलोमिटरसम्म फैलिएको हुन सक्छ। हामीले साइवर क्याफे, स्कुल, क्याम्पस आदि ठाउँमा देखेको नेटवर्क यही नै हो।

२) Metropolitan Area Network
यो नेटवर्क LAN कै ठूलो रूप हो। २-४ वटा घर मात्र नभई यस्ता नेटवर्क पूरा सहरभरि फैलिएको पनि हुनसक्छ।

३)Wide Area Network
यस्तो नेटवर्कले ठूलो भौगोलिक क्षेत्र ओगटेको हुन्छ। यो प्रायः देश वा महादेशभरि फैलिएको हुन्छ र LAN तथा MAN को तुलनामा आकारको हिसाबले यो निकै ठूलो हुन्छ। दुई वा दुईभन्दा बढी नेटवर्कहरू जोडिएर इन्टरनेटवर्क (Internetwork) बन्दछ।

इन्टरनेट (Internet), इन्टरनेटवर्कको बहुचर्चित उदाहरण हो।
ई. सं. १९६० को मध्यतिर अमेरिकाको सुरक्षा निकायले बनाएको ARPANET को विकसित रूप नै आजको इन्टरनेट हो। इन्टरनेटले आजको समयमा पाएको अभूतपूर्व प्रसिद्धिका बारेमा निर्माणकर्ताहरूले शायद सोचेका पनि थिएनन् होला।
कम्प्युरबाट इन्टरनेट कसरी चलाउने त?
हाम्रो कम्प्युटरलाई इन्टरनेटसँग जोड्न वा सामान्य शब्दमा इन्टरनेट चलाउन तीनवटा कुराको आवश्यकता हुन्छ।
मोडेम (Modem) भएको कम्प्युटर।
टेलिफोन लाइन।
इन्टरनेट खाता
इन्टरनेट चलाउन तल दिइएका बुँदाहरूको अनुसरण गर्नुपर्दछ।

१) कम्प्युटरमा फोन लाइन जोड्ने
हाम्रो कम्प्युटरमा मोडेम छ भने हामीले सिपियु (CPU) को पछिल्लो भागमा फोनको तार जोड्न मिल्ने ठाउँ देख्छौँ। त्यो ठाउँमा फोनको तार लगेर जोड्नुपर्छ। यदि त्यस्तो ठाउँ छैन भने हाम्रो कम्प्युरटरमा मोडेम भन्ने पुर्जा नहुन सक्छ र हामीले त्यसलाई बजारबाट किनेर हाम्रो कम्प्युटरमा जडान गर्नुपर्छ। यसको मूल्य हजार रूपैयाँसम्म पर्न सक्छ।

२) इन्टरनेट खाता खोल्ने
कुनै पनि इन्टरनेट सेवा दिन सक्ने कम्पनीमा निश्चित पैसा तिरेर इन्टरनेट खाता खोल्न सकिन्छ। पाल्पाको सन्दर्भमा हामीले नेपाल टेलीकम, वर्ल्डलिंक कम्युनिकेशन्स, बायु कम आदिबाट इन्टरनेट सुविधा पाउन सक्छौँ। यस्ता कम्पनीहरुलाई इन्टरनेट सेवा प्रदायक (ISP) भनिन्छ। खाता खुलेपछि कम्पनीले हामीलाई युजर नेम, पासवर्ड र फोन नम्बर दिन्छ। पासवर्ड हामीले निकै जतनसाथ गोप्य राख्नुपर्छ।

३) युजरनेम, पासवर्ड र फोन नम्बर राख्ने ठाउँ कसरी बनाउने?
हामीमध्ये धेरैले विन्डोज एक्सपी चलाउँछौँ। त्यहाँ युजर नेम, पासवर्ड र फोन नं. राख्न निश्चित ठाउँ बनाउनुपर्छ। त्यसको लागि तल भनिएअनुसारको कदम चाल्नुपर्छ। सबैभन्दा पहिले माई नेटवर्क प्लेसेज (My Network Places) मा डबल क्लिक गर्ने। त्यहाँभित्र बायाँपट्टि लिंक हुन्छ। त्यसमा क्लिक गरेपछि फेरि त्यही ठाउँमा (Create New Connection) भन्ने लिंक देखिन्छ। त्यसमा क्लिक गरेमा एउटा बट्टा (Dialogue Box) खुल्छ। त्यसमा कम्प्युटरको निर्देशनअनुसार आवश्यक विवरण भर्दै Next भन्ने बटनथिच्दै जानुपर्छ र अन्त्यमा Finish थिच्नुपर्छ। त्यसो गरेपछि एउटा नयाँ आइकन बन्छ (दुईवटा कम्प्युटरको बीचमा फोन भएको) त्यस आइकनमा क्लिक गरेर युजरनेम पासवर्ड र फोन राख्ने ठाउँ रहन्छ। सबै कुरा निश्चित ठाउँमा राखेर Connect भन्ने बटन थिच्नुपर्छ। युजरनेम र पासवर्ड सही भएमा मनिटरको दायाँपट्टी पुछारमा एउटा आईकन गएर बस्छ र (ISP) is now connected भन्ने सूचना आउँछ। इन्टरनेट जोडिएपछि हामी विभिन्न किसिमका ब्राउजर (Browser) को मद्दतले वेबसाइट (Website) हरू हेर्न सक्छौँ। Internet explorer, Netscape Navigator, Opera, Mozila Firefox जस्ता कुनै पनि ब्राउजर खोलेर त्यसको Address Bar मा आफूले हेर्न चाहेको साइटको नाम लेखेर क्लिक गरेमा त्यो साइट हाम्रो ब्राउजरमा खुल्छ। जस्तै कुनै एक युटुबको ठेगाना www.youtube.com/user/JPPSIMRAN लेखेर इन्टर गरेमा इन्टरनेटमा हाम्रो ब्राउजरमा नेपाल मिडिया हाउसको युटुब च्यानल खुल्छ। त्यस च्यानलको Subscribe बटनमा क्लिक गरि बेल आइकनमा क्लिक गर्ने । यसो गर्दा यसमा दिने सम्पुर्ण जानकारी हामिले थाहा पाउन सक्दछौ । यसरी हाम्रो काम सकिएपछि इन्टरनेट बन्द गर्न दायाँपट्टी पुछारमा भएको आइकनलाई डबल क्लिक गरेमा एउटा बट्टा खुल्छ। त्यस बट्टामा हामीले कतिबेर इन्टरनेट चलायौँ भन्ने सूचना हुन्छ। सोही बट्टाको पुछारमा रहेको Disconnect भन्ने बटन थिचेमा हाम्रो कम्प्युटरमा इन्टरनेट बन्द हुन्छ ।

कम्प्युटरको महत्वपूर्ण डिभाइसहरुको बारेमा जानकारी

Power Supply ::
 यो कम्प्युटरको महत्वपूर्ण डिभाइस कै रुपमा रहन्छ। तर कम्प्युटर किन्दा खासै यसलाई महत्व  दिइदैन । यसको काम भनेको कम्प्युटर भित्र रहेको डिभाइसलाई पावर दिनु हो । अब यो कती पावरको चाहिन्छ भन्ने कुरा चाँही कम्प्युटर भित्र रहेको डिभाइसहरुमा भरपर्छ जस्तैमा CPU(processor), graphics card अनी अन्य भित्र जोडीएका डिभाइसहरू । Pentium IV तथा यसै जस्तो कम्प्युटरहरुको लागि ३०० Watt देखी ४०० Watt सम्मको राम्रो मानिन्छ । अब तपाईं गेमर हुनुहुन्छ र कम्प्युटरमा नयाँ किसिमको ग्राफिक्स कार्ड जस्तै ATI X8xx अथवा  GeForce 6xxx series 3D ग्राफिक्स् कार्डहरु प्रयोग गर्दै हुनुहुन्छ भने पसलेलाई भनेर ४०० Watt वा  सो भन्दा बढीको राख्न लगाउनुभए राम्रो हुन्छ ।
कम्प्युटरको power supply ले गर्दा तपाइको कम्प्युटरमा बिभिन्न समस्या त आउछनै तपाईंको कम्प्युटर बिगारने मुख्य डिभाइसको रुपमा यो पर्न सक्छ त्यसैले power supply को केस मा  कुनै प्रकारको सम्झौता नगर्नुनै उचित हुन्छ ।

CPU ::
अर्को कम्प्युटरको महत्वपूर्ण डिभाइसको रुपमा CPU आउछ । हुन त यतिकै पनि हाम्रो सोचमा CPU कम्प्युटरको सबैभन्द महत्वपूर्ण र गतिमा ठुलो रोल यसकै हुन्छ भन्ने थाहा भएकोले CPU लाई ध्यान दिएरनै छान्ने  गर्छौ । तर CPU पनि बिभिन्न किसिमको आउने भएकोले कम्प्युटर पसलमा गए पछी पसलेको गफमा CPU छान्न गर्होनै परिरहेको हुन्छ । अब अहिले त CPU हरु Intel® को नै कती प्रकारको पाईन्छ जस्तैमा Intel Pentium® Core™2 Extreme Processor
Pentium® Processor Extreme Edition

Intel® Core™2 Duo Processor
Intel® Core™ Duo Processor
Pentium® D Processor
आदी अब यसबाट कम्प्युटरमा कुन चाँही हाल्दा उपयुक्त होल भने निर्णय गर्न गर्हो छ । त्यसकोलागी यो सबै भर्सनको बारेमा जानकारी लिनु निकै आवश्यक हुन्छ । आगामी लेखहरुमा यसको बारेमा पनि चर्चा गर्ने छु तर आहिले यती मात्र कि तपाईं साधारण Word, Excel जस्तो प्रोग्राम चलाऊन कम्प्युटर किन्दै हुनुहुन्छ भने Pentium® D Processor अथवा Intel® Pentium® IV Processor अली राम्रो लिदा भने Intel® Core™ Duo Processor सम्मा ठिकै हुन्छ । अनी CPU गतिको कुरा आउछ, त्यस्मा भने आहिले पाइरहेको गतिको लिदा ठिकै हुन्छ । हुन त CPU  अन्य कुरा जस्तै CPU भित्र रहेको Cache मेमोरी त्यस्तै CPU को FSB आदी कुराहरु पनि हेरिन्छ तर साधारण घर अथवा अफिस जहाँ साधारण काम मात्र गरिन्छ त्यसको लागि धेरै महँगो पर्ने CPU हाल्नु घाटा  हुन्छ त भन्दिन तर तपाईंको पैसामात्र फस्ने हुन्छ । तर जाहाँ गेमर को कुरा आउछ, जहाँ ग्राफीक प्रोग्राम तथा भिडियो एडिटिङ जस्ता प्रोग्राम चलाऊनेको कुरा अाउछ । उनिहरूको लागि भने Intel Pentium IntelIntel® Core™2 Extreme Processor, Pentium® Processor Extreme Edition, Intel® Core™2 Duo Processor जस्ता CPU उचित हुन्छ ।

Motherboard ::
अर्को धेरैनै महत्वपूर्ण कुरा जुन तपाईंले कम्प्युटरको सामान छान्दा ध्यान दिनुपर्ने हुन्छ त्यो भनेको मदरबोर्ड हो । यस मा नै तपाईंको कम्प्युटरको  भविश्य छ । भन्नु को मतलब मदरबोर्ड नै एउटा यस्तो डिभाइस हो जसले भबिश्यमा चाहेको गती थप्न मिल्छ अथवा मिल्दैन भन्ने कुरा भर पर्छ । त्यस्तै तपाईंले किन्नु भएको CPU फिट हुन्छ हुँदैन भन्ने कुरा पनि मदरबोर्ड को CPU सँग जोडीने बाटो को गति(FSB) मा भर पर्ने हुन्छ त्यसैले Pentium IV लाग्ने मदरबोर्ड मा सबै Pentium IV CPU लाग्छ भन्ने सोच्नु गलत हुन्छ । त्यस्तै मदरबोर्ड एउटा यस्तो डिभाइस हो जस्ले तपाईंको कम्प्युटरमा पछी थप्न मन लागेको डिभाइस थप्न सकिन्छ कि सकिन्दैन त्यो कुरा भर पर्ने हुँदा अली ध्यान दियर किन्नु उचित हुन्छ । साधारणतया ध्यानदिनु पर्ने कुरामा expansion slots (चहिएको डिभाइस भित्र बाट जोड्ने ठाउँ) कती वटा छन । तपाईं यदी गेमर हुनुहुन्छ अथवा अली बिशेष किसिमको कामको लागि कम्प्युटर किन्दै हुनुहुन्छ भने AGP 8x अथवा  PCI-Express 16x slot छ छैन त्यसमा ध्यान पुर्‍याउनु पर्ने हुन्छ ।

3D Graphics Card:
 हाल का दिनहरुमा पाइने मदरबोर्डहरुमा ग्राफीक्स कार्ड भित्रै जोडीएको पाईन्छ जस्ले साधारण कम्प्युटर प्रयोगकर्ताकोलागी राम्रोसँग नै काम गर्ने हुन्छ तर गेमर जस्ले ठुलो ठुलो 3D गेम खेल्छन उनिहरुको

लागि भने AGP 8x अथवा PCI-Express graphics को जरुरी हुन्छ तर यस्मा पनि बिभिन्न भर्सन को आउने हुँदा  Sims , Harry Potter जस्ता गेमको लागि त चल्छ तर Doom 3 and Battlefield 2 जस्ता आधुनिक प्राबिधिको गेमको लागि भने GeForce 6600GT अथवा  ATI X800 जसमा 256MB GDDR3 (भिडियो मेमोरी) मेमोरी भएको ग्राफिक्स कार्ड उपयुक्त  हुन्छ ।

RAM:
RAM को काम कम्प्युटरमा रहेको प्रोग्रामलाई छिटो गतिमा CPU लाई उपलब्ध गराउनु हो । जहाँ CPU मा प्रसोधन भई पुन CPU ले RAM बाट नै तपाईंले प्रसोधित उत्तर दिने हुँदा RAM को महत्वपूर्ण भूमिका देखिन्छ तर मैले पहिलेको लेखहरुमा भने झै ठीक्क मात्रमा यसको हुनु जरुरिछ । धेरै भए तपाईंको पैसा फसेर बस्ने हुन्छ भने थोरै भये कम्प्युटरको गती घट्ने हुन्छ । यतिकै पनि RAM सस्तै हुने भएको ले 512 MB देखी 1024 MB को प्रयोग गर्नु उचित हुन्छ । गेमर तथा बिशेष प्रोग्राम चलाऊनेको लागि भने यो भन्दा बढी भए राम्रो मानिन्छ । यसमा अर्को महत्वपूर्णकुरा हेर्नु पर्ने भनेको RAM को गतिहो । जुन अहिले DDR2 (667MHz) को भेटिन्छ तर यो भन्दा छिटो चल्ने पाय उत्तम ।


Hard drive:
हार्डड्राइभ जसलाई हार्डडिस्क पनि भनिन्छ। यो भनेको कम्प्युटरमा डाटा राख्नको लागि बिशेष प्रयोग गरिन्छ भने तपाईंको कम्प्युटरमा नभैनहुने प्रोग्राम Operating System राख्नको लगिप्रयोग हुने हुन्छ ।
साथै जति पनी अन्य  प्रोग्रामहरू यसमा रखिने हुन्छ र यो त्यती महँगो पनि न हुने भएको ले 20 GB भन्दा माथिको आफ्नो बजेट हेरेर बढी साइज को लिदा हुन्छ। हेर्दा चाँही यसमा पनि गती कती छ साथै कुन प्राबिधि(SATA /PATA) को प्रयोग भएको छ आदी को ख्यालपुर्यौउन सके राम्रो हुन्छ ।

 Optical Drives:
 भन्नुपर्दा सि.डि अथवा डि.भि.डि को कुरा गरौं । अहिलेको कम्प्युटरहरुमा शायदनै कुनै कम्प्युटर प्रयोगकर्ता यस्तो हुनुहुन्छ होल जसलाई यो नचाहिएला  र यसमा साधारणत  बिचार  पुर्‍याउनु पर्ने चाँही सि.डि डि.भि.डि लेख्न तथा पढ्न मिल्ने अथवा पढ्न मात्र मिल्ने हो त्यो कुराको ध्यान दिनु जरुरी रहन्छ । हुन त यसमा पनि लिदा बिचार  पुर्‍याउनु पर्ने कुरा निकै छन तर यति बिचार  पुर्यौउदा नै काफी हुन्छ ।
 यि माथि उल्लेख गरिएका सम्पूर्ण कुरा साधारण कम्प्युटरको लागि मात्र हुन साथै कम्प्युटर लिदा कुन डिभाइस कती महिना अथवा कति बर्षको लागि बिग्रेमा फिर्ता अथवा बनाइदिने सर्त(warranty or guarantee) छ सो को राम्रो सँग जानकारी लिएर किन्नु राम्रो हुन्छ ।

कम्प्युटर किन्दा ध्यान दिनुपर्ने कुराहरु

     


   
          नयाँ कम्प्युटर किन्दा गल्ती गर्न एकदम नै सजिलो छ । धेरै जसो ले कम्प्युटरको लागि भनेर धेरै भन्दा धेरै रकम खर्च गर्नुहुन्छ । कसैले चहिदै नचहिएको खर्चिलो डिभाइसहरु जोडने कसैले भने किन्नेबेलामा बुद्धी नपुर्याउनाले डिभाइस परिवर्तन तथा कम्प्युटरनै पैसा थपेर सट्नु पर्ने झन्झट बेहोर्नुपर्ने । यतिकै पनि हाम्रो जस्तो राष्ट्र जाहाँ प्राय एसेम्बल कम्प्युटरको प्रयोगनै बढी हुन्छ जुन किन्न जाँदा कम्प्युटर बेच्ने पसलेले सोध्ने प्रश्न भनेको नै यही हुन्छ कि, कस्तो कम्प्युटर लिनु हुन्छ ? अब कम्प्युटर सम्बन्धी धेरै जानकारी नहुनाले जुन चाँही पसले ले राम्रो भन्छ त्यहिनै हाम्रो लागि राम्रो हुने गरेको छ ।

         कम्प्युटरमा केही यस्ता चिज हुन्छन जसले तपाईंलाई ६ महिनमै आफ्नो कम्प्युटर अरुको भन्दा पुरनो भएको अनुभब हुने गर्दछ । अनी Ms-Word मात्र चलाऊनको लागि २ ३ हजर पर्ने ग्राफिक्स कार्ड हालेर पैसाको मात्र बर्बाद । कम्प्युटर अन्धो भएर किन्नु भन्दा यो लेख बाट केही भने पनि कम्प्युटर किन्न सहयोग भाईहाल्छ कि ? शायद यो लेख पढेर तपाईंले केही प्रश्न मात्र पसले सँग सोध्न सक्नुभय ठुलै कुर हो ।

Power Supply ::
यो कम्प्युटरको महत्वपूर्ण डिभाइस कै रुपमा रहन्छ। तर कम्प्युटर किन्दा खासै यसलाई महत्व भने दिइदैन । यसको काम भनेको कम्प्युटर भित्र रहेको डिभाइसलाई पावर दिनु हो । अब यो कती पावरको चाहिन्छ भन्ने कुरा चाँही कम्प्युटर भित्र रहेको डिभाइसहरुमा भरपर्छ जस्तैमाCPU(processor), graphics card अनी अन्य भित्र जोडीएका डिभाइसहरू । Pentium IV तथा यसै जस्तो कम्प्युटरहरुको लागि ३०० Watt देखी ४०० Watt सम्मको राम्रो मानिन्छ । अब तपाईं गेमर हुनुहुन्छ र कम्प्युटरमा नयाँ किसिमको ग्राफिक्स कार्ड जस्तै ATI X8xx अथवा GeForce 6xxx series 3D ग्राफिक्स् कार्डहरु प्रयोग गर्दै हुनुहुन्छ भने पसलेलाई भनेर ४०० Watt वा सो भन्दा बढीको राख्न लगाउनुभए राम्रो हुन्छ ।

कम्प्युटरको power supply ले गर्दा तपाइको कम्प्युटरमा बिभिन्न समस्या त आउछनै तपाईंको कम्प्युटर बिगारने मुख्य डिभाइसको रुपमा यो पर्न सक्छ त्यसैले power supply को केस मा कुनै प्रकारको सम्झौता नगर्नुनै उचित हुन्छ ।

CPU ::
अर्को कम्प्युटरको महत्वपूर्ण डिभाइसको रुपमा CPU आउछ । हुन त यतिकै पनि हाम्रो सोचमा CPU कम्प्युटरको सबैभन्द महत्वपूर्ण र गतिमा ठुलो रोल यसकै हुन्छ भन्ने थाहा भएकोले CPU लाई ध्यान दिएरनै छान्ने गर्छौ । तर CPU पनि बिभिन्न किसिमको आउने भएकोले कम्प्युटर पसलमा गए पछी पसलेको गफमा CPU छान्न गर्होनै परिरहेको हुन्छ । अब अहिले त CPU हरु Intel®को नै कती प्रकारको पाईन्छ जस्तैमा Intel Pentium® Core™2 Extreme Processor
Pentium® Processor Extreme Edition
Intel® Core™2 Duo Processor
Intel® Core™ Duo Processor
Pentium® D Processor
आदी अब यसबाट कम्प्युटरमा कुन चाँही हाल्दा उपयुक्त होल भने निर्णय गर्न गर्हो छ । त्यसकोलागी यो सबै भर्सनको बारेमा जानकारी लिनु निकै आवश्यक हुन्छ । आगामी लेखहरुमा यसको बारेमा पनि चर्चा गर्ने छु तर आहिले यती मात्र कि तपाईं साधारण Word, Excel जस्तो प्रोग्राम चलाऊन कम्प्युटर किन्दै हुनुहुन्छ भने Pentium® D Processor अथवा Intel® Pentium® IV Processor अली राम्रो लिदा भने Intel® Core™ Duo Processor सम्मा ठिकै हुन्छ । अनी CPU गतिको कुरा आउछ, त्यस्मा भने आहिले पाइरहेको गतिको लिदा ठिकै हुन्छ । हुन त CPU अन्य कुरा जस्तै CPU भित्र रहेको Cache मेमोरी त्यस्तै CPU को FSB आदी कुराहरु पनि हेरिन्छ तर साधारण घर अथवा अफिस जहाँ साधारण काम मात्र गरिन्छ त्यसको लागि धेरै महँगो पर्नेCPU हाल्नु घाटा हुन्छ त भन्दिन तर तपाईंको पैसामात्र फस्ने हुन्छ । तर जाहाँ गेमर को कुरा आउछ, जहाँ ग्राफीक प्रोग्राम तथा भिडियो एडिटिङ जस्ता प्रोग्राम चलाऊनेको कुरा अाउछ । उनिहरूको लागि भने Intel Pentium IntelIntel® Core™2 Extreme Processor, Pentium® Processor Extreme Edition, Intel® Core™2 Duo Processor जस्ता CPUउचित हुन्छ ।

Motherboard ::
अर्को धेरैनै महत्वपूर्ण कुरा जुन तपाईंले कम्प्युटरको समान छान्दा ध्यान दिनुपर्ने हुन्छ त्यो भनेको मदरबोर्ड हो । यस मा नै तपाईंको कम्प्युटरको भविश्य छ । भन्नु को मतलब मदरबोर्ड नै एउटा यस्तो डिभाइस हो जसले भबिश्यमा चाहेको गती थप्न मिल्छ अथवा मिल्दैन भन्ने कुरा भर पर्छ । त्यस्तै तपाईंले किन्नु भएको CPU फिट हुन्छ हुँदैन भन्ने कुरा पनि मदरबोर्ड को CPU सँग जोडीने बाटो को गति(FSB)मा भर पर्ने हुन्छ त्यसैले Pentium IV लाग्ने मदरबोर्ड मा सबै Pentium IV CPU लाग्छ भन्ने सोच्नु गलत हुन्छ । त्यस्तै मदरबोर्ड एउटा यस्तो डिभाइस हो जस्ले तपाईंको कम्प्युटरमा पछी थप्न मन लागेको डिभाइस थप्न सकिन्छ कि सकिन्दैन त्यो कुरा भर पर्ने हुँदा अली ध्यान दियर किन्नु उचित हुन्छ । साधारणतया ध्यानदिनु पर्ने कुरामा expansion slots (चहिएको डिभाइस भित्र बाट जोड्ने ठाउँ) कती वटा छन । तपाईं यदी गेमर हुनुहुन्छ अथवा अली बिशेष किसिमको कामको लागि कम्प्युटर किन्दै हुनुहुन्छ भने AGP 8x अथवा PCI-Express 16x slot छ छैन त्यसमा ध्यान पुर्‍याउनु पर्ने हुन्छ ।

3D Graphics Card:
हाल का दिनहरुमा पाइने मदरबोर्डहरुमा ग्राफीक्स कार्ड भित्रै जोडीएको पाईन्छ जस्ले साधारण कम्प्युटर प्रयोगकर्ताकोलागी राम्रोसँग नै काम गर्ने हुन्छ तर गेमर जस्ले ठुलो ठुलो 3D गेम खेल्छन उनिहरुको लागि भने AGP 8x अथवा PCI-Express graphics को जरुरी हुन्छ तर यस्मा पनि बिभिन्न भर्सन को आउने हुँदा Sims , Harry Potter जस्ता गेमको लागि त चल्छ तर Doom 3 and Battlefield 2 जस्ता आधुनिक प्राबिधिको गेमको लागि भने GeForce 6600GT अथवा ATI X800 जसमा 256MB GDDR3 (भिडियो मेमोरी) मेमोरी भएको ग्राफिक्स कार्ड उपयुक्त हुन्छ ।


ALL COMPUTER RELATED FULL FORM A to Z


A to Z Full Forms


ACPI - Advanced Configuration & Power Interface

API - Application Programing Interface

APM - Advanced Power Management

BIOS - Basic Input Output System

BPS - Bits Per Second

CD - Compact Disc

CD-R - Compact Disc Recordable

CD-RW - Compact Disc Re-Writable

CISC
 - Complex Instruction Set Computing

COBOL - Common Business Oriented Language

COM - Component Object Module

CPU - Central Processing Unit

Ctrl – Control

DDR - Double Data Rate

RAM - Random Access Memory

Del - Delete

DOS - Disk Operating System

DPI - Dots Per Inch

DSL - Digital Subscriber Line

DVD - Digital Video /Versatile Disc

DVD-R - Digital Video Disc Recordable

EGA - Enhanced Graphics Adapter

EPROM - Erasable Programmable Read Only Memory

Esc – Escape

ESC - Enhanced Serial Port

FAT - File Allocation Table

FDD - Floppy Disk Drive

FTP - File Transfer Protocol

GIF - Graphics Interchange Format

GUI - Graphics User Interface

HDD - Hard Disk Drive

HTML - Hyper Text Markup Language

HTTP - Hyper Text Transfer Protocol

IC - Integrated Circuit

INS - Insert

IP - Internet Protocol

ISDN - Integrated Service Digital Network

ISP - Internet Service Providers

LAN - Local Area Network

MB - Megabytes

MODEM - Modulator Demodulator

MS-DOS - Microsoft Disk Operating System

NFS - Network File System

NTFS - New Technology File System

OS - Operating System

PC - Personal Computer

POST - Power On Self Test

PPM - Pages Per Minute

PROM - Programmable Read Only Memory

RAID - Redundant Array Of Independent Disk

RAM - Random Access Memory

RISC - Reduced Instruction Set Chip / Computing 

ROM - Read Only Memory

SATA - Serial Advanced Technology Attachment

SCSI - Small Computer System Interface

SDRAM - Synchronous Dynamic Random Access 
Memory

SRAM - Static Random Access Memory

STP - Shielded Twisted Pair

URL - Uniform Resource Locator


USB - Universal Serial Bus

UTP - Unshielded Twisted Pair

VPN - Virtual Private Networks

कम्प्युटरका लागि केहि महत्वपुर्ण सफ्टवेयरहरु

कम्प्युटरका लागि केहि महत्वपुर्ण सफ्टवेयरहरु !

साना साना कुराले पनि कम्प्युटरमा निकै दुख पाइरहिएको हुन्छ । केहि विशेष सफ्टवेयरको बारेमा थाहा हुँदो हो त त्यस्ता अफ्ठ्याराहरु निकै कम हुन्छन् । यहाँ कम्प्युटरका महंगा र चलाउँन सिक्नै पर्ने
सफ्टवेयरका बारेमा कुरा गर्न खोजिएको हैन । यहाँ म यस्ता सफ्टवेयरहरुका बारेमा कुरा गर्दैछु जसका बारेमा कमैलाई थाहा छ तर अति नै उपयोगी छन् । र, जसको प्रयोगले तपाईको कम्प्युटर सजिलो र छिटो पनि हुन्छ । रमाइलो कुरा त यो छ कि अति नै उपयोगी भएपनि यी सफ्टवेयरहरुले कम्प्युटरमा बढि स्पेस लिदैनन् । यसलाई तपाईले
माइक्रोसफ्टको पुरानो भर्सनहरु लिएर नयाँ विन्डोज ८ मा पनि मज्जाले प्रयोग गर्न सक्नुहुनेछ ।
तपाईलाई कुन सफ्टवेयर आवश्यक छ, तल हेर्नुहोस् ।

१. अनलकर (Unlocker) :
 तपाईले कुनै कुनै फाइल तथा फोल्डरहरु डिलिट गर्न खोज्दा “file is in use” भनेर डिलिट नभएर दिक्क पारेको होला । यस्तोमा यो सफ्ट्वेयर उपयोगी हुन्छ । यसले
यसरी लक(Lock) भएका फाइल तथा फोल्डरहरुलाई बन्द गरिदिन्छ।

२. डबल किलर (Double killer) :
डाउनलोड र कपी गरेर राख्दा राख्दै एउटा डकुमेन्ट वा गीत र फोटोहरु धेरैवटा फोल्डरमा हुन सक्छन् । यो सफ्ट्वेयरले एउटै कम्प्युटरमा रहेका एकभन्दा बढी उही डकुमेन्टहरु हटाउँछ ।

३. माउस जिग्लर (Mouse Jiggler) :
तपाईको कम्प्युटर केहि बेर नचलाउँदा स्लिप मुडमा जान्छ । यसैले स्लिप मुडमा जान नदिन केहि बेरमा माउस वा किबोर्ड चलाइरहनु पर्ने हुन्छ । यस्तोमा यो माउस जिग्लर भन्ने सफ्टवेयरले काम गर्छ। यसले कम्प्युटर नचले पनि कम्प्युटरलाई स्लिप मुडमा जान दिदैन ।

४. मेलस्टोर (MailStore) :
 यदि तपाई इन्टरनेट नभएको ठाउँमा पनि आफ्नो इमेलहरु हेर्न चाहनु हुन्छ भने यसको प्रयोग गर्न सक्नुहुनेछ । यसले इन्टरनेटको पहुँचमा सबै इमेलहरु कम्प्युटरमा डाउनलोड गर्छ जसलाई तपाईले पछि इन्टरनेट नभएको ठाउँमा पनि हेर्न सक्नुहुन्छ । यसको मद्दतले
इमेलहरु पेन ड्राइभमा पनि राख्न सकिन्छ ।

५. टेराकपी (Tercopy) : तपाईले
कहिलेकाँही ठुला साइजका फिल्महरु कपी गर्दा गर्दै बिचैमा केहि खराबी आएर फेरि सुरु देखि नै फाइल कपी गर्नुपर्ने भएको छ कि छैन?
यस्तोमा यो टेराकपी उपयोगी हुन्छ । यसले कपी गर्न स्पिड बढाउँछ र केहि समस्या भए त्योबारेमा बताउँछ ।

६. सोल्युटो (Soluto) :
कम्प्युटर ओपन गर्दा अनेक प्रोग्राम खुलेर ढिलो ओपन हुने समस्या यो सफ्टवेयरले काम गर्छ । यसले अनावश्यक प्रोग्रामहरुलाई सुरुमै ओपन हुनबाट रोक्छ र कम्प्युटर छिटो खुल्छ ।

७. इरेजर (Eraser) :
कम्प्युटरबाट डिलिट गरिएका फाइल तथ डकुमेन्टहरु केहि सफ्टवेयरको सहयोगमा फिर्ता ल्याउँन सकिन्छ । तपाईको गोपनियता भंग गर्न खोज्नेले यसो नगर्नाल भन्न सकिदैन । यस्तोमा यो सफ्टवेयरले
सदाका लागि फाइलहरु डिलिट गर्न सहयोग गर्छ ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !! जान्नुहुन्छ भने साथीहरुलाई ट्याग पनि गर्नुहोला ।
जय प्रकाश पौडेल 

मेमोरीको बारेमा (About Memory)

मेमोरी (Memory)

कम्प्युटरको भाषामा, मेमोरी भन्नाले कम्प्युटरको एउटा अंग हो, जसले कम्प्युटरको डेटा र प्रोग्रामहरूलाई अस्थायी वा स्थायी रूपमा भण्डारण गर्ने कार्य गर्छ । मेमोरी कम्प्युटरको महत्वपूर्ण अंग हो, जसलाई हामी हेर्न, छुन र महशुस गर्न सक्छौं । मेमोरी कम्प्युटरको केसिङ बक्स भित्र हुन्छ । यसलाई स्टोरेज डिभाईस् पनि भनिन्छ । सबै कम्प्युटरमा डेटा र प्रोग्राम भण्डारण गर्नका लागि मेमोरीको प्रयोग गरिएको हुन्छ । ई.स. १९४० तिर पिहलो पुस्ताको कम्प्युटरको विकास भएको थियो । पहिलो पुस्ताको कम्प्युटर ENIAC मा मेन मेमोरी कम्पोनेन्टको रूपमा भ्याकुम ट्युवको प्रयोग गरिन्थ्यो । कम्पुटरको मेमोरी दुई प्रकारको हुन्छ । ती हुन्, प्राईमेरी र सेकेन्डरी ।

 १. प्राईमेरी मेमोरी:
जुन मेमोरीले कम्प्युटरको डेटा र प्रोग्रामलाई अस्थयी रूपमा स्टोर गर्छ, त्यस्तो मेमारीलाई प्राईमेरी मेमोरी भनिन्छ । कम्प्युटरका डाटाहरू यसैमालाेड हुन्छ । जस्तै : RAM र ROM प्राईमेरी मेमोरीको उदाहरण हुन् ।

      २. सेकेन्डरी मेमोरी:
जुन मेमोरीले कम्प्युटरको डेटा र प्रोग्रामहरूलाई स्थायी रूपमा स्टोर गर्छ, त्यस्तो मेमोरीलाई सेकेन्डरी मेमोरी भनिन्छ । जस्तै : हार्डडिक्स्, फ्लपी डिक्स्, पेन ड्राईभ आदी सेकेन्डरी मेमोरीका उदाहरणहरू हुन् ।

कम्प्युटर संग सम्बन्धित प्रश्नोत्तर COMPUTER SCIENCE QUESTION ANSWER IN NEPALI

● प्रथम डिजिटल कम्प्यूटर ➥ युनीवेक
● नारटन के हो ➥ एन्टी-वायरस टूल
● कम्प्यूटर Dump हुनुको कारण ➥ Virus
● कम्प्यूटरको IC चिप्स के ले बनेको हुन्छ ➥ सिलिकन
● WWW को पूर्ण रूप ➥ World Wide Web
● WWW को अाविष्कार कहिले ➥ सन् 1989–90
● नेपालमा भित्रिएको पहिलो कम्प्युटर ➥ IBM 1401
● WWW के हो ➥ इन्टरनेट सर्भिस
● जोन नेपियरले लघुगणकको अाविष्कार कहिले ➥ सन् 1614
● सी.डी. रोम को शाब्दिक अर्थ ➥ Compact Disk Read Only Memory
● फ्लप्पीको साईज ➥ 3.25" तथा 5.25"
● हार्ड डिस्क कस्तो मेमोरी ➥ Secondary Memory
● CPU र Main memory को गतिलाई समान राख्नको लागि के को प्रयोग गरिएको हुन्छ ➥ Cache Memory
● कम्प्यूटरको प्रोसेसिङ् गतिलाई के मा नापिन्छ ➥ मेगा हर्ट्ज
● कम्प्यूटरको मेशीनरी उपकरण ➥ हार्डवेयर
● 'LAN' को उपयोग ➥ स्थायी क्षेत्रको नेटवर्कको लागि
● 'DOS' को अर्थ ➥ डिस्क सञ्चालन प्रणाली
● कम्प्यूटरले गणितीय क्रियाकलाप कहाँ गर्दछ ➥ रजिस्टर्स
● डाटालाई सुरक्षित राख्ने तरिका ➥ BACKUP PLAN
● 'भाईरस' मा के हुन्छ ➥ डिस्ट्रक्टिव टेबल
● Virus के हो ➥ एक प्रोग्राम
● MS WORD को एक्सटेन्शन के हो ➥ DOC
● वर्कसिट (WORK SHEET) मी अधिकतम कोलोम (Columns) र रोस (Rows) को संख्या ➥ 1024 र 1025
● लाईन प्रिन्टरको गतिको एकाई ➥ लाईन प्रति मिनेट
● भारतको सबभन्दा शक्तिशाली सुपर कम्प्यूटर ➥ परम पदम्
● कम्प्यूटरको अशुद्धि ➥ बग (BUG)
● कम्प्यूटर DATA को अर्थ ➥ Information
१. कम्प्यूटरलाई नेपालीमा के भनिन्छ ??
— सुसंख्या
२. कम्प्यूटरको पिता कसलाई मानिन्छ ??
— चार्ल्स बेबेज
३. विश्वको प्रथम इले​क्ट्रोनिक डिजिटल कम्प्यूटर कुन हो ??
— एनीयक
४. नेपालमा पहिलो कम्प्युटर कुन र कहिले भित्रिएको हो ??
— IBM 1401 र वि.सं.२०२८
५. इन्टीग्रेटेड सर्किट (IC) को पिता को हुन् ??
— ज्याक एस. किलबी
६. कम्प्यूटरमा प्रयोग हुने ‘IC चिप्स’ केले बनेको हुन्छ ??
— सिलिकन
७. सी. पी. यू. को पूरा रुप के हो ??
— सेन्ट्रल प्रोसेसिङ् यूनिट
८. कम्प्यूटर कम्पनी IBM को पूरा रुप के हो ??
— इन्टरनेशनल बिजनेस मेशीन
९. नेपालमा सर्वप्रथम केको लागि कम्प्युटर ल्याइएको थियो ??
— जनगणना
१०. लभ बग के हो ?
— कम्प्यूटर भाइरस
११. कम्प्यूटर व्यवसायको शिखर पुरुष बिल गेट्सको नाम कुन कम्पनी सँग सम्बन्धित छ ??
— माइक्रोसफ्ट
१२. NASSCOM को फुल फर्म के हो ??
— नेशनल एसोसिएशन अफ सफ्टवेयर एण्ड सर्विसेज कम्पनीज
१३. विश्वको प्रथम भर्चुअल समाचार वाचिका को हुन् ??
— एनानोवा
१४. कमजोर मानिसहरुको लागि विशेष रूपमा बनाएको कम्प्यूटर कुन हो ??
— अल राइट
१५. विश्वको सबभन्दा कम उमेरको वेब डिजाइनर को हुन् ??
— अजयपुरी
१६. विश्वको प्रथम महिला कम्प्यूटर प्रोग्रामरको श्रेय कसलाई जान्छ ??
— एडा अगस्टा (अमेरीका)
१७. भारतमा भेटिएको पहिलो कम्प्यूटर भाइरस कुन हो ??
— सी ब्रेन
१८. वाई टू के (Y2K) को समस्याले प्रभावित विश्वको एक मात्र देश कुन हो ??
— जाम्बिया
१९. ‘Y2K’ को विस्तृत रूप के हो ??
— ईयर टू थाउजेन्ड
२०. विश्व कम्प्यूटर साक्षरता दिवस कहिले मनाइन्छ ??
— 2 डिसेम्बर
२१. भारतमा निर्मित पहिलो कम्प्यूटरको नाम के हो ??
— सिद्धार्थ
२२. परम पदम के हो ??
— सुपर कम्प्यूटर

कम्प्युटर सहायक पदमा सोधिने प्रश्न उत्तर QUESTION ANSWER OF COMPUTER SCIENCE IN NEPALI

कम्प्यूटर भाइरस बनाउने पहिलो व्यक्ति हुन ?
🔜🔄 गेन कुर्लेन

विश्वमा पहिलो प्रोग्राम बनाउने programmer  को हुन ?
🔜🔄 लेडि अगुष्टा एडालभलेस

कम्प्युटरका पाँचवटा पुस्ताहरु कति छन , कुन कुन हुन  र कहिले विभाजन गरिएको हो ?

🔄🔜सन 1960 बाट कम्प्युटरलाई पाँचवटा पुस्तामा विभाजन गरिएको हो

🔄🔜 पहिलो पुस्ताको कम्प्युटर
सन 1946 देखि 1958 मा विकास भएका   Mark-I,  ENIAC, EDVAC,  EDSAC, UNIVA, BURROUGHS यिनीहरुलाई पहिलो पुस्ताको कम्प्युटर को रुपमा लिइन्छ ।

🔜🔄 दोस्रो पुस्ताका कम्प्यूटर
1958 देखि 1964 मा बनेका   IBM 1401 , IBAM 1620, Control data corporation 3600, IBM 7090, IBM 7094,  PDPI, Series ILO,  Mark III, IBM 7094, आदि दोस्रो पुस्ताका कम्प्यूटरहरु हुन्

🔜🔄 तेस्रो पुस्ताका कम्प्युटर
सन 1964 देखि 1971 भित्र बनेका Cyber 175, CDC 7600, ICL 1900, IBM 730 आदि तेस्रो पुस्ताका कम्प्यूटरहरु हुन

🔜🔄 चौथो पुस्ताको कम्प्युटर सन् 1971 देखि हालसम्म निर्मित IBM,  Apple, Macintosh
आदि चौथो पुस्ताका कम्प्युटर हुन्

यसमा माइक्रो प्रोसेसरको प्रयोग गरिएको मेमोरीको रुपमा RAM प्रयोग गरिएको

🔜🔄 पाचौं पुस्ताको कम्प्युटर यस पुस्ताका कम्प्युटरमा bio-chips प्रयोग गरि बनाउने प्रयास जारी छ biochips लाई नै पाचौं पुस्ताको कम्प्युटर का रूपमा लिइन्छ

संसारमा सबैभन्दा बढी प्रयोग गरिने इन्टरनेट साइट कुन हो  ?
🔜🔄 डब्लुडब्लुडब्लु डट गुगल डट कम 
****[ लिंक आएर डिस्टर्ब गर्ने भएकोले नेपाली मा लेखेको ]

computer र communication कुन भाषाबाट आएका शब्दहरू हुन ?
🔜🔄 ल्याटिन

नेपालमा तीव्र गतिको वायरलेस इन्टरनेट सेवा वाई म्याक्स को सुरुवात कहिलेदेखि भएको हो  ?
🔜🔄 विसं 2069 कार्तिक 27 गते

कम्प्युटरको सहायताले विश्वका विभिन्न भागमा रहेका मानिसहरुबीच एउटै टेबुलमा बसेर छलफल गरे झैं कुराकानी गर्ने प्रविधिलाई के भनिन्छ ?
🔜🔄 video confrence

कम्प्युटरको सहायताले अर्को कम्प्युटरमा online रहेको मानिससँग लेखेर वा बोलेर खबर आदानप्रदान गर्न सकिने प्रविधिलाई के भनिन्छ ?
🔜🔄 video च्याटिङ

विश्वभरिका विभिन्न कम्प्युटरलाई जोड्ने सञ्जाललाई के भनिन्छ  ?
🔜🔄internet

सबैभन्दा पुरानो इन्टरनेट सेवा कुन हो ?
🔜🔄 इमेल

🔜🔄इमेलकोसुरूवात- सन १९७६ संयुक्त राज्य अमेरीका बाट

🔜🔄 इमेलकोआविष्कार- Ray Tomlison Ad 1971

कम्प्युटरको आविष्कार कसले गरेका हुन र  कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ ?
🔜🔄 कम्पुटरकोआविष्कार- हर्मन पर्किन्स ; अमेरिका १८८८
🔜🔄 कम्पुटरकापिता-चाल्स ब्याबेज & आमा-लेडिअगस्ता लभलेस

टेलिफोनको आविष्कारक को हुन्  ?
🔜🔄अलेक्जेन्डर gram bell

रेडियो नेपालको स्थापना 2007 साल चैत्र 20 गते भएको हो भने नेपाल टेलिभिजनको स्थापना कहिले भएको हो  ?
🔜🔄 नेपालटेलिभिजनकोस्थापना- वि.सं. २०४१/माघ/ १७ 
🔜🔄 नेपालटेलिभिजनलेनियमितप्रसारणसुरू- २०४२/४/२९  गते

गोरखा पत्रको सुरुवात कहिलेदेखि भएको हो  ?
🔜🔄विसं 1958 बैशाख 24

एक मेगावाइट मा कति किलो kilobyte हुन्छ ?
🔜🔄 1024 kb

चिठीपत्र रेडियो टेलिभिजन पत्रपत्रिका बाट प्रवाह हुने सूचना प्रणाली लाई के भनिन्छ ?
🔜🔄 एकहोरो सूचना प्रणाली

टेलिफोन मोबाइल फोन भिडियो च्याटिङ video confrence आदिबाट हुने सूचना प्रणाली लाई के भनिन्छ ?
🔜🔄  दोहोरो सूचना प्रणाली

नेपालमा हुलाक सेवा कहिलेदेखि सञ्चालन भएको हो ?
🔜🔄  विसं 1935
🔜🔄 चिट्ठीमाटिकटटॉस्नेचलन - BS 1944/3/14 नेपालमा

विश्वमा इन्टरनेटको ब्यापक प्रयोग कहिले देखि भएको हो सन्  ?
🔜🔄 सन 1992

टेलिभिजनको आविस्कारक को हुन ?
🔜🔄 टेलिभिजनकोआविष्कार-जे एल बेयर्ड इंगल्याण्ड १९२६

   नेपालमा पहिलोपटक कुन कामको लागि कम्प्युटर ल्याइएको थियो  ?
🔜🔄 जनगणना विसं 2028

इन्टरनेटको दुरुपयोग केहो ?
🔜🔄  अस्लिल साइड को उपयोग

web address मा gov. ले के जनाउँछ  ?
🔜🔄 government

दुईदेशबीच computer जोड्ने उदाहरण के हो ?
🔜🔄 WAN [ WAN- Wide Area Network ]
  email सर्वप्रथम सुरुवात अमेरिकामा कहिले भएको थियो  ?
🔜🔄 सन 1976
नेपालमा सूचना प्रविधि पार्क  कहॉ स्थापना भएको छ ?
🔜🔄 काभ्रेपलाञ्चोक जिल्ला

HTML [ HTML- Hyper Text Markup Language] कस्तो प्रकारको भाषा हो  ?
🔜🔄 scripting

HTTP को पुरा रुप के हो  ?
🔜🔄 HTTP- Hyper Text Transfer Protocal

IBm को पुरा रुप के हो  ?
🔜🔄 IBM- International Business Machine 

हार्डडिक्स लाई के पनि भनिन्छ  ?
🔜🔄 secondary storage

keyboard कस्तो प्रकारको device हो  ?
🔜🔄 input device

printer कस्तो प्रकारको device हो ?
🔜🔄  output device

DOS को पुरा रुप के हो ?
🔜🔄 DOS-  disk operating system

CDMA को पुरा रुप के हो ?
🔜🔄 CDMA- CODE DIVISION MULTIPLE ACCESS
🔜🔄 CDMAप्रविधिकोटेलीफोनको सुरूवात वि.स. २०६२ माघ २३

VSAT  को पुरा रुप के हो  ?
🔜🔄 VSAT- Very Small Aperture Terminal

PCB को पुरा रुप के हो  ?
🔜🔄 PCB- Printed Circuit Board

कम्प्युटरलाई काम गर्न सजिलो बनाउने software कुन हो  ?
🔜🔄 system software

इन्टरनेटबाट गरिने व्यापारलाई के भनिन्छ ?
🔜🔄 E- commerce

वाइनरी प्रणालीमा प्रयोग हुने अंकहरु कुन²  हुन ?
🔜🔄 ० र १

कुनैपनि संख्या गर्ने र कार्य गर्ने कम्प्युटर लाई के भनिन्छ  ?
🔜🔄 Digital

प्रयोग भएको थियो सूचना केन्द्र स्थापना भएको हो ?
🔜🔄  पर्वत

नेपालमा इन्टरनेट प्रविधि सन् 1994 मा  सर्वप्रथम कुन कम्पनीले प्रयोगमा ल्याएको थियो  ?
🔜🔄 मर्कन्टायल company

तारहिन इन्टरनेट सेवालाई के भनिन्छ ?
🔜🔄 Wi- Fi [ wireless fidelity]

कम्प्यूटर क्षमता सम्बन्धी प्रयोग गरिने एकाइ

1 Byte 🔜 8 Bits

1Kb 🔜1024 Bytes

1Mb🔜 1024 Kb  [ Kb- Kilobyte

1Gb 🔜 1024 Mb [ Mb- Megabyte]

1Tb 🔜 1024 Gb    [ TB*=  Terabyte ]

3G-   सेवा सुरु 1998 जापान बाट भएको हो भने  4G-सेवा- जर्मनी Ad 2008  बाट
संकलक- सन्तोस बाबु पराजुलि 

कम्प्युटरको इतिहास HISTORY OF COMPUTER

कम्प्यूटरको इतिहास- 

पहिलो कम्प्यूटर कहिले र कसले बनायो?

वास्तवमा ‘कम्प्यूटर’ शब्दले ठूलो इतिहास बोकेको छ। पहिले पहिले क्याल्कुलेटर देख्दा पनि अचम्म लाग्थ्यो, गाह्रो हिसाबहरू पनि एकैछिनमा हल गरेको देख्दा त्यही क्याल्कुलेटरको महत्व पनि ठूलो थियो। तर आजभोली कम्प्यूटर शब्दले नौलोपना अनि जिज्ञासा बोक्न छाडिसकेको छ। सबैको साथमा कम्प्यूटर हुन्छ, हात-हातमा स्मार्टफोनको रूपमा मिनीकम्प्यूटर बसेको हुन्छ। तर आजको यो आधुनिक कम्प्यूटर एकैचोटी विकसित भने पक्कै पनि भएको हैन। धेरै चरणको विकासक्रम पार गरेर मात्रै आज खल्तीमा राख्न मिल्ने भएको हो।

के हो कम्प्यूटर ?

कम्प्यूटर भनेको कुनै पनि अङ्कगणितीय तथा तार्किक समस्यालाई स्वतः हल गर्नको लागि बनाइएको एक इलेक्ट्रोनिक सामान हो। यस्ता कतिपय गणितीय समस्याहरूलाई कम्प्यूटरले एकैसाथ र एकैछिनमा हल गर्न सक्दछ। सामान्यतयाः कम्प्यूटरमा २ वटा अङ्ग मूख्य हुन्छन्, सेन्ट्रल प्रोसेसिङ्ग युनिट (Central Processing Unit) र मेमोरी (Memory)। प्रोसेसिङ्ग युनिटले हामीले दिएको अङ्कगणितीय र तार्किक समस्यालाई प्रोसेस गर्दछ भने, त्यसबाट निस्केको नतिजालाई मेमोरीले साँचेर राख्दछ।

तर आधुनिक कम्प्यूटरमा जटिल समस्याको हल गर्नको लागि जटिल किसिमकै अङ्गहरू समावेश गरिएका हुन्छन्।

पहिलो कम्प्यूटरको विकास कहिले भएको थियो?

कम्प्यूटरका विभिन्न प्रकारहरू छन् र यसले गर्दा नै पहिलो कम्प्यूटरको विकास कहिले भएको हो भन्ने प्रश्नको उत्तर सजिलो छैन। सन् १८२२ मा चार्ल्स ब्याबेजले पहिलो ‘मेकानिकल कम्प्यूटर’को विकास गरेका थिए। तर आजभोली जसलाई हामीले कम्प्यूटर ठान्ने गर्छौँ, त्यो जस्तो भने पक्कै पनि थिएन।

त्यसैले आज हामी तपाईँहरूलाई विभिन्न प्रकारका कम्प्यूटरको साथमा हरेकको विकास मिती र निर्माणकर्ताको बारेमा जानकारी दिन गइरहेका छौँ।

१. पहिलो मेकानिकल कम्प्यूटर (FIRST MECHANICAL COMPUTER)

सन् १८२२ मा, चार्ल्स ब्याबेजले आफ्नो ‘डिफरेन्स इन्जिन’ (Difference Engine) को अवधारणाको विकास गरेका थिए र त्यसको निर्माणमा लागेका थिए, जुनलाई संसारकै पहिलो अटोमेटिक कम्प्यूटिङ्ग मेसिन मानिन्छ। उनको यो डिफरेन्स इन्जिनले साधारण किसिमका अङ्कहरूको हिसाब गर्ने र त्यसबाट निस्केको नतिजालाई कागजमा कागजमा लेख्दथ्यो।

डिफरेन्स इन्जिनको विकासको लागि ब्याबेजलाई ‘एडा लभलेस’ले सहयोग गरेकी थिइन्। उनलाई संसारकै सबैभन्दा पहिलो कम्प्यूटर प्रोग्रामरको रूपमा चिनिन्छ। दुर्भाग्यवश, आर्थिक स्थितीले गर्दा ब्याबेजले पूर्णतया काम गर्ने मेसिन बनाउन असमर्थ भए। त्यसपछि सन् १९९१ मा, लण्डन साइन्स म्युजियमले ब्याबेजको जन्मको दुईशताब्दीको अवसरमा ‘डिफरेन्स इन्जिन’को निर्माणलाई पूर्ण गरका थिए र सन् २००० सम्ममा प्रिन्टिङ्ग सिस्टम पनि पुरा गरेका थिए।

सन् १८३७ मा, चार्ल्स ब्याबेजले पहिलो जेनेरल मेकानिकल कम्प्यूटर, ‘एनालाइटिकल इन्जिन’को निर्माणको लागि प्रस्ताव पेश गरेका थिए। यो इन्जिनको अवधारणामा ‘अरिथमेटिक लजिक युनिट’ (Arithmetic Logic Unit- ALU), फ्लो कन्ट्रोल (Flow Control) र मेमोरी समावेश गरिएको थियो, जुनलाई पहिलो जेनेरल पर्पस कम्प्यूटरको रूपमा मानिन्छ। फेरि पनि चार्ल्सको आर्थिक स्थितीले गर्दा उनी जिउँदो रहुन्जेल यो कम्प्युटरको निर्माण सफल हुन सकेन। त्यसपछि, सन् १९१० मा, चार्ल्स ब्याबेजको कान्छा छोरा ‘हेनरी ब्याबेज’ले उक्त मेसिनको केही भाग मात्रै निर्माण गर्न सफल भएका थिए।

२. पहिलो प्रोग्रामेबल कम्प्यूटर (FIRST PROGRAMMABLE COMPUTER)

जर्मन नागरिक ‘कोनराड ज्युस’ (Konrad Zuse) ले सन् १९३६ र १९३८ को बीचमाआफ्नो अभिभावकको कोठामा ‘जेड वन’ (Z1) को निर्माण गरेका थिए। यसलाई पहिलो ‘इलेक्ट्रोमेकानिकल बाइनरी प्रोग्रामेबल कम्प्यूटर’ (Electromechanical Binary Programmable Computer) को रूपमा मानिन्छ, र यो नै पहिलो आधुनिक कम्प्यूटर थियो जसले राम्रोसँग काम गर्न सक्थ्यो।

३. पहिलो आधुनिक कम्प्यूटरको अवधारणा (FIRST CONCEPT OF MODERN COMPUTER)
सन् १९३६ मा ‘एलन ट्युरिङ्ग’ले ‘ट्युरिङ्ग मेसिन’ (Turing Machine) को प्रस्ताव पेश गरेका थिए र यही प्रस्ताव नै अझसम्म कै कम्प्यूटर प्रविधीको पुर्वाधार बन्न पुग्यो। यो मेसिनले, मानिसले कुनै पनि तार्किक समस्यालाई जसरी क्रमैसँग हल गर्दै जान्छ, त्यसरी नै एउटा कागजमा क्रमैसँग विभिन्न सङ्केतहरू प्रिन्ट गर्ने गर्दथ्यो। एलन ट्युरिङ्गको यो अवधारणा बिना आजको आधुनिक कम्प्यूटरको विकास सम्भव थिएन।

४. पहिलो इलेक्ट्रिक प्रोग्रामेबल कम्प्यूटर (FIRST ELECTRIC PROGRAMMABLE COMPUTER)

सन् १९४३ मा ‘टमी फ्लावर्स’ (Tommy Flowers) ले पहिलो इलेक्ट्रिक प्रोग्रामेबल कम्प्यूटर ‘कोलोसस’ (Colossus) को निर्माण गरेका थिए। दोश्रो विश्व युध्दको क्रममा जर्मनको गुप्तीकरण गरिएको सन्देशहरूलाई सुन्नको लागि यो ‘कोलोसस’ कम्प्यूटरको प्रयोग गरिएको थियो।

५. पहिलो डिजिटल कम्प्यूटर (FIRST DIGITAL COMPUTER)

सन् १९३७ मा प्रोफेसर ‘जोन भिन्सेन्ट एटेनासफ’ (John Vincent Atanasoff) र उनको विध्यार्थी ‘क्लीफ बेरी’ (Cliff Berry) मिलेर ‘ए.बि.सी.’ (ABC- Atanasoff-Berry Computer) को निर्माण सुरु गरेका थिए। यसको निर्माणकार्य सन् १९४२ सम्म पनि चलिरह्यो।

यो ए.बि.सी. मेसिन विध्युतीय कम्प्यूटर थियो र डिजिटल हिसाबहरू गर्नको लागि ‘भ्याक्युम ट्युब’ (Vacuum tubes) को प्रयोग गरिएको थियो। डिजिटल हिसाबमा बाइनरी गणित र बुलियन लोजिक पर्दछ र यसमा सिपियू भने राखिएको थिएन।

यसरी नै, सन् १९४३ मा ‘जे. प्रेस्पर एकेर्ट’ (J. Presper Eckert) र ‘जोन मकली’ (John Mauchly) ले ‘युनिभिर्सिटी अफ पेन्सलभेनिया’मा ‘एनियाक’ (ENIAC) को निर्माण कार्य सुरु गरेका थिए र सन् १९४६ सम्ममा पनि निर्माण सम्पन्न भएको थिएन। यस मेसिनले करीब १८०० वर्ग फिटको क्षेत्रफल ओगटेको थियो र करीब १८,००० वटा भ्याक्युम ट्युबको प्रयोग गरिएको थियो, जसको तौल लगभग ५० टन रहेको थियो।

Funny Nepali Jokes | Short Jokes In Nepali

एक पण्डित बाजेलाई झाडा पखालाले च्यापेछ.
डाक्टरलाई सोधेछन्..”के के कुरामा ध्यान दिन पर्ला डाक्टर साव ?
डाक्टरः “जोडले शंख नफुक्नु होला..
***************************************************************************
हाकु कालेले केटीलाई फोन गर्छ:
हाकु : हाई डार्लिङ्!
मैचा : हेलो डिएर!
हाकु : के छ मैया, मलाई टिम्रो निकै याड आइरा’छ नि होई
मैचा : लौ, अघि भर्खर मात्रै कुरा गरेको हैन भन्या फोनमा त्यत्रो बेरसम्म!
हाकु : का बैमान, फेरि टिम्लाई नै परेछ!
***************************************************************************
रक्षा : हामी बिचको मायाले गर्दा नखाको है?
जीग्री : मायाले होईन, प्रिय, पैसाको अभावले हो!
***************************************************************************
रक्षा : सुन्दैछु जीग्री हिजो तिमी धेरै रक्सी खाएर ढलमा लड्यौ रे!
जीग्री : अं, यो सब गलत संगतको परिणाम हो! ४ जना साथी १ बोतल रक्सी तर ३ जनै नखानेको संगत गर्नाले मैले धेरै खानुपर्यो ॥
***************************************************************************
राम : मानौं म मरे भने तिमी अर्कोसँग बिहे गरेर बस्छौ होला है?
सिता : छ्या! के कुरा गर्या होला, गर्दिन अरूसँग बिहे। म त मेरै बहिनीसँग बस्छु। अनि बरु म मरे भने तिमी के गर्छौ नि?
राम : म पनि तिम्रै बहिनीसँग बस्छु नी!
***************************************************************************
(हरि र राधा कारमा जादै थिए…)
राधा : अनि हरि, आज हामी कहाँ जाँदैछौँ?
हरि : लंग् ड्राइभमा नि!
राधा : आहा! हो र, किन अगाडि नै न भनेको त?
हरि : मैले पनि भर्खरै थाह पाएँ कि कारको ब्रेक फेल रैछ भनेर!
***************************************************************************
Girlfriend: हेल्लो, कहाँ हुनुहुन्छ।
Boyfriend : मोटीवेट गर्दैछु।
Girlfriend : लौ, कस्लाई motivate?
Boyfriend : कसलाई रे? एक घण्टा देखि तिमीलाई Wait गर्दैछु नि, मोटी!
***************************************************************************
(हरि र रमा फोनमा बोल्दै)
हरि : तिमी सार्है राम्री छौ।
रमा : हो र जानु?
हरि : तिमी एकदम परि जस्तै छौ!
रमा : साँच्चै?
हरि : अँ हो नी!
रमा : (खुशी हुदै) अनि अहिले  के गर्दै हुनुहुन्छ?
हरि : मजाक
***************************************************************************
भक्त : प्रभु तपाईँको त्रिशुल खोइ त?
महादेव : राजेश हमालले लगेको छ।
भक्त : किन र प्रभु?
महादेव : चाउमिन खान चाहियो रे क्या!
***************************************************************************
१२ को रिजलट आए पछि बाबु छोरीलाई सोध्धै
बाबु : अब के गर्ने बिचार छ त छोरी तिम्रो?
छोरी : BBA बुबा
बुबा : के हो त्यो भनेको?
छोरी : Boyfriendको Bikeमा Aish
(अनि बुबा बेहोस!)
***************************************************************************
(पसले ले निक्कै बेर सागमा पानी छर्केको हेरेपछि)
बले सोल्टी : साहु जी, त्यो सागलाई होस् आको भए मलाई १ किलो जोख्दिनुस् त सार्है हतार छ।
***************************************************************************
डाक्टर : लौ बरबाद, अपरेसन गरेको ठाउँको फेरि टाका खोल्नुपर्ने भो!
पाण्डे : किन र डाक्टर साब?
डाक्टर : मेरो एउटा पन्जा भित्रै छुटेछ!
पाण्डे : डाक्टर सब पनि कति लोभी हुनु भा, पर्दैन टाका खोल्न जाबो एउटा पन्जाको लागि! लिनुस पैसा बरू नयाँ पन्जा किन्नुस्॥
***************************************************************************
प्रेम सम्बन्धको लागि १ थिच्नुहोस्, स्वयमवरको लागि २ थिच्नुहोस् र विवाहको लागि ३ थिच्नुहोस् ॥
मुन्द्रे : अनि दोस्रो विवाहको लागि चै के थिच्ने?
एनसेल : पहिलो पत्नीको घाटी थिच्नुहोस् ॥
***************************************************************************
दिपक : रवि, म त सधैं अफिस जानु अघि मेरो श्रीमतीलाई १ किस गरेर मात्र जान्छु। तँ नि?
रबि : म पनि त्यही गर्छु, तँ अफिस गए पछि!
***************************************************************************
शिक्षक : तिम्रो र राजुको उत्तर एउटै थियो नी किन!
विध्यार्थी : किनभने, प्रश्न पनि त एउटै थियो नी, सर!
***************************************************************************
बाउ:- एक पैसा को बुद्दी छैन तेरो ! धनियाको पत्ता लेराइज भनेको पुदिना लेरायर मरेछ । तं जस्तो नालायक बेकुफ घरमा बस्न भन्दा निस्केर गयको जाती हुन्छ
सेरे:- तेसो भय संगै निस्के हुन्न र?
बाउ;- तं संग म किन निस्किनी नि?
सेरे:- आमाले त यो मेथिको साग हो भन्नू भाथ्यो |
***************************************************************************
Sir:तिमी क्लासमा किन ढिलो आएको?
केटी:सर मेरो पछाडि केटा लाग्यो त्यसैले
sir:त तिमि किन लेट?
केटी:सर त्यो केटा नै बिस्तारै आईरहेको थियो अनि
***************************************************************************
कुशल कलर टि.भी. किन्न जान्छ.
कुशल : के तपाईँकोमा कलर टि.भी. छ?
पसले: छ।
कुशल : मलाई रातो टि.भी. दिनु त
***************************************************************************
Wife:तिमि बेहे पहिले त कत्ति उपहार दिन्थ्यौ अब दिँदैनौ?
मुन्द्रे:तिमिले कहिल्यै सुनेकि छेउ माछा जालमा परेपछिपनि माझिले चारो खुवाउछ भनेर??
***************************************************************************
Girl:मलाई future हेर्न सिकाइदिनुस
Baba:आँखा बन्द गरेर आफ्नो गाला अगाडि गर
Girl:नाइँ गर्दिन, तपाईं kiss गर्नुहुन्छ
Baba:ल देखियो नि future
***************************************************************************
बाउ:नालायक, फेरी फेल भईस exam मा? छिमेकीको छोरीलाई हेर त,ऊ सधैं क्लासमा फस्ट हुन्छे।
मुन्द्रे:Dad,अझै कति हेर्नु,उसैलाई हेरेर त यो हालत भो
***************************************************************************
पत्नी: मेरो जन्म दिवशमा चेनउपहार दिनुपर्छनी!! सुन्नुभो?
पती: किन नसुन्नुनी, कती सुने कती। बरु भनन केको चेन दिउ मोटरसाइकल को कि साइकलको ?
***************************************************************************
बुढो लामखुट्टे:बाबु हाम्रो पालामा रगत चुस्न अहिले जस्तो सजिलो थिएनl
नाती: किन हजुरबा?
बुढो लामखुट्टे: उ बेला केटीहरु पुरै कपडा लगाउथे
***************************************************************************
मिस-बाबु छेरे,तिम्रो घरमा सबभन्दा सानो को हुनुहुन्छ?
छेरे -मेरो ड्याड्डी shere।
मिस -(अचम्म पर्दै) कसरी ?
छेरे -सँधै मम्मीसँग सुत्नुहुन्छ।
***************************************************************************
डाक्टर:के समस्या छ भन्नुस् ?
शेरे:छाती धेरै दुख्छ
डाक्टर:चुरोट पिउनुहुन्छ?
शेरे:हुन्छ मगाउनुस् न त तर सूर्य है, अरु चैँ त्यति मनपर्देन.
***************************************************************************
रोगी:’आई लव यु’ तिमीले मेरो मुटु चोरयौ।
नर्स: (लजाउदैं) धत्त!! हामिले तिम्रो मुटुलाई हात पनि लगाएनौ ,हाम्ले त मात्र किड्नी झ्याप हानेको।
***************************************************************************
केटा – यदी मैले तीमीलाई कीस गरे भने तीमी के गर्छौ ?
केटी –म सम्झन्छु एउटा बेवकुफ थीयो जो पुरा देश घुम्न सक्थियो तर एअरपोर्ट बाट नै फर्कीयो |
***************************************************************************
एउटा #कन्जुस को खुट्टामा काँटि विझेछ, त्यसपछी कन्जुसले मन मनै भनेछ,” खालि खुट्टा हिडेको नि ठिकै भएछ, झण्डै चप्पल प्वाल परेको |
***************************************************************************
केटा:कहाँ जादै छौ ?
केटि:आत्मा हत्या गर्न
केटा:अनि किन येति धरै makeup गरेको त ?
केटि:थुक्क तेती पनि थाहा छैन भोलि समाचारमा फोटो आउछ तेसैले
***************************************************************************
श्रीमान श्रीमतीको झगडा भएछ,
श्रीमान:फोनबाट, आज बेलुका खाना के छ
श्रीमती: बिष
श्रीमान:त्यसो भए तिमि खाएर सुत्नु म बाहिरै खाएर आउछु|
***************************************************************************
आज पत्रीकामा चूरोट सेवनगर्दा Hune असरहरु पढे, कस्तो नरमाइलो लाग्यो मन कटक्क दुखेर आयो, अनी मन मनै प्रण गरे, आज देखी कहिलै पत्रीका पढ्दिन |
***************************************************************************
छोरोःडेडी, पल्लो घरको अंकलको नाम डार्लिङ हो?
बाबुःहैन बाबु रमेश हो ।
छोराःअनि हजुर अफिस जानासाथ मम्मीले त त्यो अंकललाई डार्लिङ भन्नुहुन्छत.
***************************************************************************
ईन्स्पेक्टर सेरेसँग: तलाई फासी दिनुभन्दा अगाडि तेरो कुनै ईच्छा छ?
सेरे: हजुरसर, मलाई टाउको तल खुट्टा माथि गरेर फासी दिनुहोला |
***************************************************************************
नर्स: शेरे दाई, ए शेरे दाइ उठ्नुस त!
शेरे: किन के भो, किन मलाइ उठाउनु भएको ?
नर्स: मैले तपाईलाइ निन्द्राको गोलि दिनै पो बिर्सेछु भन्या
***************************************************************************
बुढी:तिम्लाइ म कस्तोलाग्छ?
शेरे:साह्रै राम्री.
बुढी:कत्तिको राम्री?अलिक खुलेर भनन.
शेरे:यतीकि तिमी जस्तो अझैअरु २/३ ल्याऊकि भनेर सोच्दैपो छु
***************************************************************************
भारतबाट नेपाल आइरहेको यात्रुबाहक बस र साइकल ठोक्किँदा बसमा भएका सबै जनाको मृत्यु भएको छ। साइकल चालक राजेशहमाल चाहिँ फरार छन्।
***************************************************************************
पुलिस : तैले किन यति धेरै पिएको ?
जड्याहा : बाध्यता थियो साव।
पुलिस : के बाध्यता थियो?
जड्याहा : बोतलको बिर्कै हराएपछी म के गर्ने त साब|
***************************************************************************
केटी: हप्तामा तिमी कतिचोटि दाह्रि काट्छौं?
केटा: हप्तामा होइन म त एकदिनमा नै बिसपटक काट्छु।
केटी: तिमी पागल होकि केहो?
केटा: हइन म हजाम हुँ
***************************************************************************
मोदी:-समुन्द्रको बिचमा आँप फल्यो कसरी टिप्ने?
ओली:-चरा जसरी उडेर.
मोदी:-तिम्रो बाउ उड्छ चरा जसरी?
ओली:-तिम्रो बाउले उमार्छ समुन्द्रमा
***************************************************************************
ग्राहक रिसाउँदै करायो मेरो सुपमा त ज्युँदो झिँगा छ नि
चिन्ता नलिनुस् हजुर सुप एकदम तातो छ त्यो झिँगा एकैछिन्मा मर्छ वेटरले उत्तर दियो .
***************************************************************************
छोराको सर्टफिकेट हेर्दै बाउ ले भनेछ: तेत् यती थोरै मार्कस् कुटाई नपुगेको
छिरो: हो ड्याड, जाम कुट्न। मैले त्यो सर को घर देखेको छु!
***************************************************************************
एक साथी-तैले अग्लो केटीसँग विवाह किन गरेको?
अर्को साथी- ता कि म पत्नीसँग शीर उठाएर कुरा गर्न सकौँ।
***************************************************************************
खरायो धेरै कुद्छ 5/6 साल बाच्छ कछुबा कुद्दैन 100/200 साल बाच्छ त्यसैले साथीहो बीहान उठेर कुद्ने काम नगरुम 8 बजेसम्म सुतुम
***************************************************************************
चाहे भने केटीले तपाइलाइ लख पती बनाउन सक्छन… तर तेस्का लाइ तपाइ करोड पती हुन जरुरी छ.
***************************************************************************
एक दिन बाबू र छोरा रेष्टुरेन्टमा खाजा खान गए छ: बाबू: वेटर एउटा आइसक्रीम र एउटा बियर लेउ त छोरा: आइसक्रीम किन डयडी, तपाईं पनि बियर नै खानुस।
***************************************************************************
कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।