Thursday, January 10, 2019

क्या जमाना आयो

क्या आयो जमाना हजुर हेर्नुस त चारै तिर ।
गुरु होइन गोरु भन्छन हेर्नुस त चारै तिर ।।

कोहि शिक्षा पाउन नसकी रोयकाछन घर बसि
पढ्नेले पढ्न पाको छैन हेर्नुस त चारै तिर ।।

गल्ती को सजाय दिउ भने आजकालका चेलालाइ
पख्लास भरे सुन्नु पर्छ हेर्नुस त चारै तिर ।।

बिध्या आर्जन गर्नेलाइ बिध्यार्थी हो भन्दा पनि
उच्छिरिन्कल काम भैराछ हेर्नुस त चारै तिर ।।

शिक्षक हौ मार्गनिर्देशन दिन लाग्दा बिध्यार्थीलाइ
उल्टो अपमानित हुनु पर्छ हेर्नुस त चारै तिर ।।

तितो सत्य बोल सधै, देश बिकास मा लागौ अब
अरु देश कहाँ पुगिसके हेर्नुस त चारै तिर ।।

Thursday, August 09, 2018

Thursday, October 13, 2011

पहिलो भेटमा (गजल)

पहिलो भेटमा तिमीसँग फेरी कहानी भयो
एकै नजर जुध्यो दुबैमा चिनाजानी भयो
दिन त बितेर गयो जब रातमा याद आयो
तिम्रो कल्पनामा सिरानी भाग्यमानी भयो

सपनीमा नै आँखेचार भयो अनि उनीसंग
आपसमा पलभर गजबको कुराकानी भयो
निंदरिमै चुमेउ यी मेरा नयन तिमीले
मदमस्त मन यो लाजले पानीपानी भयो

आनन्दको आभाश भो उमंग भरियो
दुइ मुटु मिल्दा स्वोर्गको जिन्दगानी भयो

अरुको दु:खमा (गीत)

अरुको दु:खमा रुँदारुँदै आफै दुख्ने मुटु पाए
सात जन्म जिउला भन्थे आफै जिउदो लास भए

बाच्नु पनि तड्पी-तड्पी, आफुले आफैलाई ढाट्नु पर्ने
आफु रुई आफ्नो खुसी, आँशु सरी बाड्नु पर्ने
सबले देख्छ हाँसो खुसी, बाँचेकोछु पलपल मरी
फाट्ने मन केले सिलाउ, च्याती रहन्छ घरीघरी !

दबाईसँग रोग साटदैछु आज, रातदिन पर्खी ऐले
ओइलिएपछि फुल्ने आसमा, बिताउदैछु बाँकि जिबन मैले
पुछेर आँशु सकिन कहिले, मनको मन्दिर जलेपछी
पुजेर ढुङ्गा पाइन जिबन, रोगले भित्रै खाएपछी !!

जीन्दगी

हास्न जाने जीन्दगी मिठो मुस्कानको ओठ हो
हास्न नजाने जीन्दगी दु:ख पिडाको चोट हो
नाच्न जाने जीन्दगी सुनौलो मौका र चान्स हो
नाच्न नजाने जीन्दगी रेस्टुरेन्ट को अर्थहिन डान्स हो
जीउन जाने जीन्दगी सुगन्ध दिने फुल हो
जीउन नजाने जीन्दगी जन्म लिनु नै भुल हो

Friday, December 31, 2010

सर्बप्रथम सबैलाई नमस्कार ।
मेरो जन्मघर बर्दियाको बदालपुर १ बदालपुरमा भयको हो र हाल मेरो घर दाङ देउखुरीको सोनपूर ८ सुन्डबरीमा पर्दछ। अध्ययनको शिलशिलामा २०५९ बैशाख २८ गते दाङ को देउखुरीमा ठाउमा झरेको हु ।
हाल स्थानीय रेडियोमा, रेडियोनयाँ युग १०७.३ मेगाहर्जमा प्राबिधिक सम्योजक पदमा रही काम गरिरहेको छु । म यहाँ काम गर्न लागेको यही २०६७ असार १० गतेबाट सुरुभयको हो । यो भन्दा अघी मैले ढाइ बर्ष सम्म रेडियो देउखुरीमा प्राबिधिक सम्योजक पदमा रही काम गरेको हुँ ।
मलाई फूर्सदको समयमा साहित्य सिर्जना गर्न मन लाग्छ । साहित्य क्षेत्र अन्तरगत विषेश गरि गजल र कबिता सिर्जनामा मेरो कलम चलेको छ ।
मेरा रमाइला दिनहरु यसरी नै बितिरहेको छ ।