Tuesday, April 27, 2010

बिश्वास गर मलाई तिमी

बिश्वास गर मलाई तिमी पराई भाको छैन
तिम्रै हु म जनम जनम टाढा गाको छैन

सम्झनाले जल्दा मुटु आँशु पिइ बचेको छू
संका नगर मलाई तिमी अन्त माया लको छैन

तिम्रो यादले सतायनी परिस्थितिको दास हुंदा
लाखौ कोशिश गरेपनी तिम्लाई भेट्न पाको छैन

तस्बीर भाछ भुल्ने बाटो टाढा तिमी गयपछि
लाखौ पटक आंशु पीय मात्र बिष खाको छैन

No comments:

Post a Comment