Thursday, October 13, 2011

पहिलो भेटमा (गजल)

पहिलो भेटमा तिमीसँग फेरी कहानी भयो
एकै नजर जुध्यो दुबैमा चिनाजानी भयो
दिन त बितेर गयो जब रातमा याद आयो
तिम्रो कल्पनामा सिरानी भाग्यमानी भयो

सपनीमा नै आँखेचार भयो अनि उनीसंग
आपसमा पलभर गजबको कुराकानी भयो
निंदरिमै चुमेउ यी मेरा नयन तिमीले
मदमस्त मन यो लाजले पानीपानी भयो

आनन्दको आभाश भो उमंग भरियो
दुइ मुटु मिल्दा स्वोर्गको जिन्दगानी भयो

अरुको दु:खमा (गीत)

अरुको दु:खमा रुँदारुँदै आफै दुख्ने मुटु पाए
सात जन्म जिउला भन्थे आफै जिउदो लास भए

बाच्नु पनि तड्पी-तड्पी, आफुले आफैलाई ढाट्नु पर्ने
आफु रुई आफ्नो खुसी, आँशु सरी बाड्नु पर्ने
सबले देख्छ हाँसो खुसी, बाँचेकोछु पलपल मरी
फाट्ने मन केले सिलाउ, च्याती रहन्छ घरीघरी !

दबाईसँग रोग साटदैछु आज, रातदिन पर्खी ऐले
ओइलिएपछि फुल्ने आसमा, बिताउदैछु बाँकि जिबन मैले
पुछेर आँशु सकिन कहिले, मनको मन्दिर जलेपछी
पुजेर ढुङ्गा पाइन जिबन, रोगले भित्रै खाएपछी !!

जीन्दगी

हास्न जाने जीन्दगी मिठो मुस्कानको ओठ हो
हास्न नजाने जीन्दगी दु:ख पिडाको चोट हो
नाच्न जाने जीन्दगी सुनौलो मौका र चान्स हो
नाच्न नजाने जीन्दगी रेस्टुरेन्ट को अर्थहिन डान्स हो
जीउन जाने जीन्दगी सुगन्ध दिने फुल हो
जीउन नजाने जीन्दगी जन्म लिनु नै भुल हो