Saturday, June 01, 2019

निजि शिक्षकको पिडा - भाग १

निजि शिक्षकको पिडा - भाग १

निजी अर्थात प्राइभेट । एक परजीवी जीव जस्तै । काम गरेनी जस नपाइने काम नगरेको पनि दिन नहुने । कस्तो विडम्बना बाँच्नु परेको छ । नदेखिए पनि निरीहता प्रष्ट हुने सबुत छन् हाम्रा माझ । जस्तो –सरकारी शिक्षक ले सरकारी सेवा सुबिधा सहित मनमा पीडा भयनी भबिस्यमा मिल्ने थोरधेर सहयोग त पाएका हुन्छ्न तर हामी निजिले नमस्कार खाँदै भोकै हिँड्नुपर्ने । सरकारी जागिरको लागि नाम निकाले पनि राम्रो बोलेपनी बोलेको नमिली मौखिकमा फालिनु पर्ने अझ सुटुक्क भन्नुपर्दा जागिर खान जागीर खुवाउने को आफन्त भएर पनि जन्म लिनुपर्ने । लौ है फलानो ले सरकारी शिक्षक मा नाम निकाल्यो है भनि खुशी भएको बेला आफू भने  मुटु थिचेर बस्नु पर्ने । कतै त्यो नाम मलाइ गुमनाम अर्थात निजि स्रोतमा बसेको कुर्सीमा बस्ने ब्याक्ती त होइन ? भनी दिन रात डराउनु पर्ने । सरकारी कर्मचारी ले गल्ती गरे सरल छ हद्दै भए अर्को ठाँउमा सरुवा गर्ला तर निजि शिक्षकको देखिएको शुस्म गल्ती पहाड बनी उभिन्छ । जि हजुर अब देखि यस्तो गल्ती नदोहोर्‍याउने बाचा गरिन्छ भन्नुपर्ने । सरकारी मात्र होइन प्राइभेट स्कुलका प्राइभेट शिक्षक हरुले गरेको काम को उच्च मुल्यांकन त परै जाओस सम्मान पाउने कुलो नै खनिदैन ।
चेतना र रुपान्तरणका संवाहक हुन् शिक्षक । त्यही शिक्षक चरम निराशाकाबीच शिक्षणरत छ भने कसरी होला यो देशको उन्नति ?
रोजगारको एक सहज विकल्प । सरकारी तथा निजी विद्यालयको निजि शिक्षक हुनु । उपलब्धि वा उत्पात भने केही छैन । अन्यत्र जागिर खोज्यो खोज्यो कतै केही नभए अन्तमा छँदैछ जागिर शिक्षक । कहिँ जागिर नपायर बसेको ब्याक्ती को अन्तिम बिकल्प बनेको छ शिक्षक पेसा । पहिले पहिले शिक्षक लाई दिइने सम्मन आजभोली छैन । हुनत सबै पेसाहरुको आफ्नो आफ्नो पीडा त हुन्छ नै । "जागिर" "तनखा" यो शब्द निर्माण गर्ने ब्याक्तीलाई मैले सहृदय सम्मन गर्न चाहन्छु ।  "जा" गएर "गिर" "जागिर" र अरुलाइ पाल पोस ठुलो मान्छे बना मरिमेटी काम गर तर "त" "नखा" अर्थात तनखा त्यत्ति हो । एकाध स्कूललाई छाडेर भन्ने हो भने निजी स्रोतमा काम गर्नु भनेको ‘नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाउको अनुहार’ नै भएको छ । कोहि  जागिर को शिलशिलामा निजि स्रोतमै भएपनी टङ्गिनलाइ आफ्नो घर परिवारबाट टाढा आएर बसेका हुन्छन । कोहि घर चलाउन मुस्किल हुँदा अध्यापन गरिरहेका हुन्छन ।बर्षेनु सरकारी कर्मचारी को तलब बढेको सुनिन्छ तर निजिको...... । एउटा महत्वपूर्ण पाटो चाहिँ के छ भने जे जति सुकै बाधा अड्चन नै किन नआवस निजी स्रोतमा काम गर्ने शिक्षक जहिले पनि केही सिकिरहेजस्तो अवस्थामा हुन्छन् । यसले मान्छेलाई जीवन्त बनाइराख्छ । निजि शिक्षकको कथा ब्यथा सीमाबद्ध लेखमा समेटिनु सम्भव देख्दिनँ म । तर निजी स्रोतमा कार्यरत शिक्षकको अन्तर्मनको प्रकाशन गर्न प्रयत्न गरिएको खुसीमा नै केही शब्द खर्च गरेको मात्र हुँ । मैले निजि निजि भनिरहदा सरकारी कर्मचारीलाई नरमाइलो लागिरहेको होला । त्यस प्रती म क्षमा माग्दछु के गर्नुहुन्छ हजुर आफू परियो निजि निजि को केही हद्सम्म भए गरेका घटना सुनाउदै छु । सरकारी को कथाब्यथा तपाइँ कै कोहि सरकारी शिक्षक ले लेख्दै हुनुहुन्छ होला पर्खाइमा बस्नुहोला । तर निजि स्रोत का शिक्षकहरु को कथा ब्यथा अर्को भाग फेरि लिएर आउने बाचा सहित माथी लेखिएका कुराहरु वा सब्द बाट कहि कतै कसैलाइ नमाइलो लागेमा एउटा लेख मात्र सम्झी मनमा लिदिनुहोला भन्दै अर्को भाग मा फेरि भेट हुने बाचा गर्दै म निजि स्रोतको शिक्षक जय प्रकाश पौडेल यो भाग १ बाट ओझेल मा पर्छु । तपाईं जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ सधै खुशी सुखी, स्वस्थ र ब्यस्त रहनुहोला ।। धन्यवाद ।।
© www.jppoudel.blogspot.com

(कृपया यस लेखलाइ लाइक, सेयर गर्न नभुल्नुहोला तर copyright नगरिदिनुहोला ।)