Saturday, May 09, 2020

ईन्टरनेट के हो र कसरी चलाउने ?


       इन्टरनेट भन्ने शब्द हाम्रो लागि नयाँ होइन, यसको बारेमा हामीले मनग्ये सुनेका छौँ र हामीमध्ये कतिले त मनग्ये चलाएका पनि छौँ। आज हामी इन्टरनेट भनेको के हो र यसलाई कसरी चलाउने भन्ने बारेमा केही जानकारी लिन्छौँ।

इन्टरनेट के हो?
इन्टरनेटको बारेमा बुझ्नु अघि हामीले नेटवर्क भनेको के हो भन्ने कुरा थाहा पाउनुपर्छ। दुई वा दुईभन्दा बढी कम्प्युटरलाई आपसमा तार वा ताररहित माध्यमद्वारा जोडियो वा एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा रहेको डाटा वा प्रोग्रामलाई चलाउन सकियो भने त्यहाँ नेटवर्क भएको मान्नुपर्छ। नेटवर्क भनेको कम्प्युटरहरूबीचको सन्जाल हो र यो आकारको आधारमा तीन प्रकारको हुन्छ।

१) Local Area Network
यो सबैभन्दा सानो आकारको नेटवर्क हो। यस्तो नेटवर्क एउटा घर वा क्याम्पसमा केही किलोमिटरसम्म फैलिएको हुन सक्छ। हामीले साइवर क्याफे, स्कुल, क्याम्पस आदि ठाउँमा देखेको नेटवर्क यही नै हो।

२) Metropolitan Area Network
यो नेटवर्क LAN कै ठूलो रूप हो। २-४ वटा घर मात्र नभई यस्ता नेटवर्क पूरा सहरभरि फैलिएको पनि हुनसक्छ।

३)Wide Area Network
यस्तो नेटवर्कले ठूलो भौगोलिक क्षेत्र ओगटेको हुन्छ। यो प्रायः देश वा महादेशभरि फैलिएको हुन्छ र LAN तथा MAN को तुलनामा आकारको हिसाबले यो निकै ठूलो हुन्छ। दुई वा दुईभन्दा बढी नेटवर्कहरू जोडिएर इन्टरनेटवर्क (Internetwork) बन्दछ।

इन्टरनेट (Internet), इन्टरनेटवर्कको बहुचर्चित उदाहरण हो।
ई. सं. १९६० को मध्यतिर अमेरिकाको सुरक्षा निकायले बनाएको ARPANET को विकसित रूप नै आजको इन्टरनेट हो। इन्टरनेटले आजको समयमा पाएको अभूतपूर्व प्रसिद्धिका बारेमा निर्माणकर्ताहरूले शायद सोचेका पनि थिएनन् होला।
कम्प्युरबाट इन्टरनेट कसरी चलाउने त?
हाम्रो कम्प्युटरलाई इन्टरनेटसँग जोड्न वा सामान्य शब्दमा इन्टरनेट चलाउन तीनवटा कुराको आवश्यकता हुन्छ।
मोडेम (Modem) भएको कम्प्युटर।
टेलिफोन लाइन।
इन्टरनेट खाता
इन्टरनेट चलाउन तल दिइएका बुँदाहरूको अनुसरण गर्नुपर्दछ।

१) कम्प्युटरमा फोन लाइन जोड्ने
हाम्रो कम्प्युटरमा मोडेम छ भने हामीले सिपियु (CPU) को पछिल्लो भागमा फोनको तार जोड्न मिल्ने ठाउँ देख्छौँ। त्यो ठाउँमा फोनको तार लगेर जोड्नुपर्छ। यदि त्यस्तो ठाउँ छैन भने हाम्रो कम्प्युरटरमा मोडेम भन्ने पुर्जा नहुन सक्छ र हामीले त्यसलाई बजारबाट किनेर हाम्रो कम्प्युटरमा जडान गर्नुपर्छ। यसको मूल्य हजार रूपैयाँसम्म पर्न सक्छ।

२) इन्टरनेट खाता खोल्ने
कुनै पनि इन्टरनेट सेवा दिन सक्ने कम्पनीमा निश्चित पैसा तिरेर इन्टरनेट खाता खोल्न सकिन्छ। पाल्पाको सन्दर्भमा हामीले नेपाल टेलीकम, वर्ल्डलिंक कम्युनिकेशन्स, बायु कम आदिबाट इन्टरनेट सुविधा पाउन सक्छौँ। यस्ता कम्पनीहरुलाई इन्टरनेट सेवा प्रदायक (ISP) भनिन्छ। खाता खुलेपछि कम्पनीले हामीलाई युजर नेम, पासवर्ड र फोन नम्बर दिन्छ। पासवर्ड हामीले निकै जतनसाथ गोप्य राख्नुपर्छ।

३) युजरनेम, पासवर्ड र फोन नम्बर राख्ने ठाउँ कसरी बनाउने?
हामीमध्ये धेरैले विन्डोज एक्सपी चलाउँछौँ। त्यहाँ युजर नेम, पासवर्ड र फोन नं. राख्न निश्चित ठाउँ बनाउनुपर्छ। त्यसको लागि तल भनिएअनुसारको कदम चाल्नुपर्छ। सबैभन्दा पहिले माई नेटवर्क प्लेसेज (My Network Places) मा डबल क्लिक गर्ने। त्यहाँभित्र बायाँपट्टि लिंक हुन्छ। त्यसमा क्लिक गरेपछि फेरि त्यही ठाउँमा (Create New Connection) भन्ने लिंक देखिन्छ। त्यसमा क्लिक गरेमा एउटा बट्टा (Dialogue Box) खुल्छ। त्यसमा कम्प्युटरको निर्देशनअनुसार आवश्यक विवरण भर्दै Next भन्ने बटनथिच्दै जानुपर्छ र अन्त्यमा Finish थिच्नुपर्छ। त्यसो गरेपछि एउटा नयाँ आइकन बन्छ (दुईवटा कम्प्युटरको बीचमा फोन भएको) त्यस आइकनमा क्लिक गरेर युजरनेम पासवर्ड र फोन राख्ने ठाउँ रहन्छ। सबै कुरा निश्चित ठाउँमा राखेर Connect भन्ने बटन थिच्नुपर्छ। युजरनेम र पासवर्ड सही भएमा मनिटरको दायाँपट्टी पुछारमा एउटा आईकन गएर बस्छ र (ISP) is now connected भन्ने सूचना आउँछ। इन्टरनेट जोडिएपछि हामी विभिन्न किसिमका ब्राउजर (Browser) को मद्दतले वेबसाइट (Website) हरू हेर्न सक्छौँ। Internet explorer, Netscape Navigator, Opera, Mozila Firefox जस्ता कुनै पनि ब्राउजर खोलेर त्यसको Address Bar मा आफूले हेर्न चाहेको साइटको नाम लेखेर क्लिक गरेमा त्यो साइट हाम्रो ब्राउजरमा खुल्छ। जस्तै कुनै एक युटुबको ठेगाना www.youtube.com/user/JPPSIMRAN लेखेर इन्टर गरेमा इन्टरनेटमा हाम्रो ब्राउजरमा नेपाल मिडिया हाउसको युटुब च्यानल खुल्छ। त्यस च्यानलको Subscribe बटनमा क्लिक गरि बेल आइकनमा क्लिक गर्ने । यसो गर्दा यसमा दिने सम्पुर्ण जानकारी हामिले थाहा पाउन सक्दछौ । यसरी हाम्रो काम सकिएपछि इन्टरनेट बन्द गर्न दायाँपट्टी पुछारमा भएको आइकनलाई डबल क्लिक गरेमा एउटा बट्टा खुल्छ। त्यस बट्टामा हामीले कतिबेर इन्टरनेट चलायौँ भन्ने सूचना हुन्छ। सोही बट्टाको पुछारमा रहेको Disconnect भन्ने बटन थिचेमा हाम्रो कम्प्युटरमा इन्टरनेट बन्द हुन्छ ।

कम्प्युटरको महत्वपूर्ण डिभाइसहरुको बारेमा जानकारी

Power Supply ::
 यो कम्प्युटरको महत्वपूर्ण डिभाइस कै रुपमा रहन्छ। तर कम्प्युटर किन्दा खासै यसलाई महत्व  दिइदैन । यसको काम भनेको कम्प्युटर भित्र रहेको डिभाइसलाई पावर दिनु हो । अब यो कती पावरको चाहिन्छ भन्ने कुरा चाँही कम्प्युटर भित्र रहेको डिभाइसहरुमा भरपर्छ जस्तैमा CPU(processor), graphics card अनी अन्य भित्र जोडीएका डिभाइसहरू । Pentium IV तथा यसै जस्तो कम्प्युटरहरुको लागि ३०० Watt देखी ४०० Watt सम्मको राम्रो मानिन्छ । अब तपाईं गेमर हुनुहुन्छ र कम्प्युटरमा नयाँ किसिमको ग्राफिक्स कार्ड जस्तै ATI X8xx अथवा  GeForce 6xxx series 3D ग्राफिक्स् कार्डहरु प्रयोग गर्दै हुनुहुन्छ भने पसलेलाई भनेर ४०० Watt वा  सो भन्दा बढीको राख्न लगाउनुभए राम्रो हुन्छ ।
कम्प्युटरको power supply ले गर्दा तपाइको कम्प्युटरमा बिभिन्न समस्या त आउछनै तपाईंको कम्प्युटर बिगारने मुख्य डिभाइसको रुपमा यो पर्न सक्छ त्यसैले power supply को केस मा  कुनै प्रकारको सम्झौता नगर्नुनै उचित हुन्छ ।

CPU ::
अर्को कम्प्युटरको महत्वपूर्ण डिभाइसको रुपमा CPU आउछ । हुन त यतिकै पनि हाम्रो सोचमा CPU कम्प्युटरको सबैभन्द महत्वपूर्ण र गतिमा ठुलो रोल यसकै हुन्छ भन्ने थाहा भएकोले CPU लाई ध्यान दिएरनै छान्ने  गर्छौ । तर CPU पनि बिभिन्न किसिमको आउने भएकोले कम्प्युटर पसलमा गए पछी पसलेको गफमा CPU छान्न गर्होनै परिरहेको हुन्छ । अब अहिले त CPU हरु Intel® को नै कती प्रकारको पाईन्छ जस्तैमा Intel Pentium® Core™2 Extreme Processor
Pentium® Processor Extreme Edition

Intel® Core™2 Duo Processor
Intel® Core™ Duo Processor
Pentium® D Processor
आदी अब यसबाट कम्प्युटरमा कुन चाँही हाल्दा उपयुक्त होल भने निर्णय गर्न गर्हो छ । त्यसकोलागी यो सबै भर्सनको बारेमा जानकारी लिनु निकै आवश्यक हुन्छ । आगामी लेखहरुमा यसको बारेमा पनि चर्चा गर्ने छु तर आहिले यती मात्र कि तपाईं साधारण Word, Excel जस्तो प्रोग्राम चलाऊन कम्प्युटर किन्दै हुनुहुन्छ भने Pentium® D Processor अथवा Intel® Pentium® IV Processor अली राम्रो लिदा भने Intel® Core™ Duo Processor सम्मा ठिकै हुन्छ । अनी CPU गतिको कुरा आउछ, त्यस्मा भने आहिले पाइरहेको गतिको लिदा ठिकै हुन्छ । हुन त CPU  अन्य कुरा जस्तै CPU भित्र रहेको Cache मेमोरी त्यस्तै CPU को FSB आदी कुराहरु पनि हेरिन्छ तर साधारण घर अथवा अफिस जहाँ साधारण काम मात्र गरिन्छ त्यसको लागि धेरै महँगो पर्ने CPU हाल्नु घाटा  हुन्छ त भन्दिन तर तपाईंको पैसामात्र फस्ने हुन्छ । तर जाहाँ गेमर को कुरा आउछ, जहाँ ग्राफीक प्रोग्राम तथा भिडियो एडिटिङ जस्ता प्रोग्राम चलाऊनेको कुरा अाउछ । उनिहरूको लागि भने Intel Pentium IntelIntel® Core™2 Extreme Processor, Pentium® Processor Extreme Edition, Intel® Core™2 Duo Processor जस्ता CPU उचित हुन्छ ।

Motherboard ::
अर्को धेरैनै महत्वपूर्ण कुरा जुन तपाईंले कम्प्युटरको सामान छान्दा ध्यान दिनुपर्ने हुन्छ त्यो भनेको मदरबोर्ड हो । यस मा नै तपाईंको कम्प्युटरको  भविश्य छ । भन्नु को मतलब मदरबोर्ड नै एउटा यस्तो डिभाइस हो जसले भबिश्यमा चाहेको गती थप्न मिल्छ अथवा मिल्दैन भन्ने कुरा भर पर्छ । त्यस्तै तपाईंले किन्नु भएको CPU फिट हुन्छ हुँदैन भन्ने कुरा पनि मदरबोर्ड को CPU सँग जोडीने बाटो को गति(FSB) मा भर पर्ने हुन्छ त्यसैले Pentium IV लाग्ने मदरबोर्ड मा सबै Pentium IV CPU लाग्छ भन्ने सोच्नु गलत हुन्छ । त्यस्तै मदरबोर्ड एउटा यस्तो डिभाइस हो जस्ले तपाईंको कम्प्युटरमा पछी थप्न मन लागेको डिभाइस थप्न सकिन्छ कि सकिन्दैन त्यो कुरा भर पर्ने हुँदा अली ध्यान दियर किन्नु उचित हुन्छ । साधारणतया ध्यानदिनु पर्ने कुरामा expansion slots (चहिएको डिभाइस भित्र बाट जोड्ने ठाउँ) कती वटा छन । तपाईं यदी गेमर हुनुहुन्छ अथवा अली बिशेष किसिमको कामको लागि कम्प्युटर किन्दै हुनुहुन्छ भने AGP 8x अथवा  PCI-Express 16x slot छ छैन त्यसमा ध्यान पुर्‍याउनु पर्ने हुन्छ ।

3D Graphics Card:
 हाल का दिनहरुमा पाइने मदरबोर्डहरुमा ग्राफीक्स कार्ड भित्रै जोडीएको पाईन्छ जस्ले साधारण कम्प्युटर प्रयोगकर्ताकोलागी राम्रोसँग नै काम गर्ने हुन्छ तर गेमर जस्ले ठुलो ठुलो 3D गेम खेल्छन उनिहरुको

लागि भने AGP 8x अथवा PCI-Express graphics को जरुरी हुन्छ तर यस्मा पनि बिभिन्न भर्सन को आउने हुँदा  Sims , Harry Potter जस्ता गेमको लागि त चल्छ तर Doom 3 and Battlefield 2 जस्ता आधुनिक प्राबिधिको गेमको लागि भने GeForce 6600GT अथवा  ATI X800 जसमा 256MB GDDR3 (भिडियो मेमोरी) मेमोरी भएको ग्राफिक्स कार्ड उपयुक्त  हुन्छ ।

RAM:
RAM को काम कम्प्युटरमा रहेको प्रोग्रामलाई छिटो गतिमा CPU लाई उपलब्ध गराउनु हो । जहाँ CPU मा प्रसोधन भई पुन CPU ले RAM बाट नै तपाईंले प्रसोधित उत्तर दिने हुँदा RAM को महत्वपूर्ण भूमिका देखिन्छ तर मैले पहिलेको लेखहरुमा भने झै ठीक्क मात्रमा यसको हुनु जरुरिछ । धेरै भए तपाईंको पैसा फसेर बस्ने हुन्छ भने थोरै भये कम्प्युटरको गती घट्ने हुन्छ । यतिकै पनि RAM सस्तै हुने भएको ले 512 MB देखी 1024 MB को प्रयोग गर्नु उचित हुन्छ । गेमर तथा बिशेष प्रोग्राम चलाऊनेको लागि भने यो भन्दा बढी भए राम्रो मानिन्छ । यसमा अर्को महत्वपूर्णकुरा हेर्नु पर्ने भनेको RAM को गतिहो । जुन अहिले DDR2 (667MHz) को भेटिन्छ तर यो भन्दा छिटो चल्ने पाय उत्तम ।


Hard drive:
हार्डड्राइभ जसलाई हार्डडिस्क पनि भनिन्छ। यो भनेको कम्प्युटरमा डाटा राख्नको लागि बिशेष प्रयोग गरिन्छ भने तपाईंको कम्प्युटरमा नभैनहुने प्रोग्राम Operating System राख्नको लगिप्रयोग हुने हुन्छ ।
साथै जति पनी अन्य  प्रोग्रामहरू यसमा रखिने हुन्छ र यो त्यती महँगो पनि न हुने भएको ले 20 GB भन्दा माथिको आफ्नो बजेट हेरेर बढी साइज को लिदा हुन्छ। हेर्दा चाँही यसमा पनि गती कती छ साथै कुन प्राबिधि(SATA /PATA) को प्रयोग भएको छ आदी को ख्यालपुर्यौउन सके राम्रो हुन्छ ।

 Optical Drives:
 भन्नुपर्दा सि.डि अथवा डि.भि.डि को कुरा गरौं । अहिलेको कम्प्युटरहरुमा शायदनै कुनै कम्प्युटर प्रयोगकर्ता यस्तो हुनुहुन्छ होल जसलाई यो नचाहिएला  र यसमा साधारणत  बिचार  पुर्‍याउनु पर्ने चाँही सि.डि डि.भि.डि लेख्न तथा पढ्न मिल्ने अथवा पढ्न मात्र मिल्ने हो त्यो कुराको ध्यान दिनु जरुरी रहन्छ । हुन त यसमा पनि लिदा बिचार  पुर्‍याउनु पर्ने कुरा निकै छन तर यति बिचार  पुर्यौउदा नै काफी हुन्छ ।
 यि माथि उल्लेख गरिएका सम्पूर्ण कुरा साधारण कम्प्युटरको लागि मात्र हुन साथै कम्प्युटर लिदा कुन डिभाइस कती महिना अथवा कति बर्षको लागि बिग्रेमा फिर्ता अथवा बनाइदिने सर्त(warranty or guarantee) छ सो को राम्रो सँग जानकारी लिएर किन्नु राम्रो हुन्छ ।

कम्प्युटर किन्दा ध्यान दिनुपर्ने कुराहरु

     


   
          नयाँ कम्प्युटर किन्दा गल्ती गर्न एकदम नै सजिलो छ । धेरै जसो ले कम्प्युटरको लागि भनेर धेरै भन्दा धेरै रकम खर्च गर्नुहुन्छ । कसैले चहिदै नचहिएको खर्चिलो डिभाइसहरु जोडने कसैले भने किन्नेबेलामा बुद्धी नपुर्याउनाले डिभाइस परिवर्तन तथा कम्प्युटरनै पैसा थपेर सट्नु पर्ने झन्झट बेहोर्नुपर्ने । यतिकै पनि हाम्रो जस्तो राष्ट्र जाहाँ प्राय एसेम्बल कम्प्युटरको प्रयोगनै बढी हुन्छ जुन किन्न जाँदा कम्प्युटर बेच्ने पसलेले सोध्ने प्रश्न भनेको नै यही हुन्छ कि, कस्तो कम्प्युटर लिनु हुन्छ ? अब कम्प्युटर सम्बन्धी धेरै जानकारी नहुनाले जुन चाँही पसले ले राम्रो भन्छ त्यहिनै हाम्रो लागि राम्रो हुने गरेको छ ।

         कम्प्युटरमा केही यस्ता चिज हुन्छन जसले तपाईंलाई ६ महिनमै आफ्नो कम्प्युटर अरुको भन्दा पुरनो भएको अनुभब हुने गर्दछ । अनी Ms-Word मात्र चलाऊनको लागि २ ३ हजर पर्ने ग्राफिक्स कार्ड हालेर पैसाको मात्र बर्बाद । कम्प्युटर अन्धो भएर किन्नु भन्दा यो लेख बाट केही भने पनि कम्प्युटर किन्न सहयोग भाईहाल्छ कि ? शायद यो लेख पढेर तपाईंले केही प्रश्न मात्र पसले सँग सोध्न सक्नुभय ठुलै कुर हो ।

Power Supply ::
यो कम्प्युटरको महत्वपूर्ण डिभाइस कै रुपमा रहन्छ। तर कम्प्युटर किन्दा खासै यसलाई महत्व भने दिइदैन । यसको काम भनेको कम्प्युटर भित्र रहेको डिभाइसलाई पावर दिनु हो । अब यो कती पावरको चाहिन्छ भन्ने कुरा चाँही कम्प्युटर भित्र रहेको डिभाइसहरुमा भरपर्छ जस्तैमाCPU(processor), graphics card अनी अन्य भित्र जोडीएका डिभाइसहरू । Pentium IV तथा यसै जस्तो कम्प्युटरहरुको लागि ३०० Watt देखी ४०० Watt सम्मको राम्रो मानिन्छ । अब तपाईं गेमर हुनुहुन्छ र कम्प्युटरमा नयाँ किसिमको ग्राफिक्स कार्ड जस्तै ATI X8xx अथवा GeForce 6xxx series 3D ग्राफिक्स् कार्डहरु प्रयोग गर्दै हुनुहुन्छ भने पसलेलाई भनेर ४०० Watt वा सो भन्दा बढीको राख्न लगाउनुभए राम्रो हुन्छ ।

कम्प्युटरको power supply ले गर्दा तपाइको कम्प्युटरमा बिभिन्न समस्या त आउछनै तपाईंको कम्प्युटर बिगारने मुख्य डिभाइसको रुपमा यो पर्न सक्छ त्यसैले power supply को केस मा कुनै प्रकारको सम्झौता नगर्नुनै उचित हुन्छ ।

CPU ::
अर्को कम्प्युटरको महत्वपूर्ण डिभाइसको रुपमा CPU आउछ । हुन त यतिकै पनि हाम्रो सोचमा CPU कम्प्युटरको सबैभन्द महत्वपूर्ण र गतिमा ठुलो रोल यसकै हुन्छ भन्ने थाहा भएकोले CPU लाई ध्यान दिएरनै छान्ने गर्छौ । तर CPU पनि बिभिन्न किसिमको आउने भएकोले कम्प्युटर पसलमा गए पछी पसलेको गफमा CPU छान्न गर्होनै परिरहेको हुन्छ । अब अहिले त CPU हरु Intel®को नै कती प्रकारको पाईन्छ जस्तैमा Intel Pentium® Core™2 Extreme Processor
Pentium® Processor Extreme Edition
Intel® Core™2 Duo Processor
Intel® Core™ Duo Processor
Pentium® D Processor
आदी अब यसबाट कम्प्युटरमा कुन चाँही हाल्दा उपयुक्त होल भने निर्णय गर्न गर्हो छ । त्यसकोलागी यो सबै भर्सनको बारेमा जानकारी लिनु निकै आवश्यक हुन्छ । आगामी लेखहरुमा यसको बारेमा पनि चर्चा गर्ने छु तर आहिले यती मात्र कि तपाईं साधारण Word, Excel जस्तो प्रोग्राम चलाऊन कम्प्युटर किन्दै हुनुहुन्छ भने Pentium® D Processor अथवा Intel® Pentium® IV Processor अली राम्रो लिदा भने Intel® Core™ Duo Processor सम्मा ठिकै हुन्छ । अनी CPU गतिको कुरा आउछ, त्यस्मा भने आहिले पाइरहेको गतिको लिदा ठिकै हुन्छ । हुन त CPU अन्य कुरा जस्तै CPU भित्र रहेको Cache मेमोरी त्यस्तै CPU को FSB आदी कुराहरु पनि हेरिन्छ तर साधारण घर अथवा अफिस जहाँ साधारण काम मात्र गरिन्छ त्यसको लागि धेरै महँगो पर्नेCPU हाल्नु घाटा हुन्छ त भन्दिन तर तपाईंको पैसामात्र फस्ने हुन्छ । तर जाहाँ गेमर को कुरा आउछ, जहाँ ग्राफीक प्रोग्राम तथा भिडियो एडिटिङ जस्ता प्रोग्राम चलाऊनेको कुरा अाउछ । उनिहरूको लागि भने Intel Pentium IntelIntel® Core™2 Extreme Processor, Pentium® Processor Extreme Edition, Intel® Core™2 Duo Processor जस्ता CPUउचित हुन्छ ।

Motherboard ::
अर्को धेरैनै महत्वपूर्ण कुरा जुन तपाईंले कम्प्युटरको समान छान्दा ध्यान दिनुपर्ने हुन्छ त्यो भनेको मदरबोर्ड हो । यस मा नै तपाईंको कम्प्युटरको भविश्य छ । भन्नु को मतलब मदरबोर्ड नै एउटा यस्तो डिभाइस हो जसले भबिश्यमा चाहेको गती थप्न मिल्छ अथवा मिल्दैन भन्ने कुरा भर पर्छ । त्यस्तै तपाईंले किन्नु भएको CPU फिट हुन्छ हुँदैन भन्ने कुरा पनि मदरबोर्ड को CPU सँग जोडीने बाटो को गति(FSB)मा भर पर्ने हुन्छ त्यसैले Pentium IV लाग्ने मदरबोर्ड मा सबै Pentium IV CPU लाग्छ भन्ने सोच्नु गलत हुन्छ । त्यस्तै मदरबोर्ड एउटा यस्तो डिभाइस हो जस्ले तपाईंको कम्प्युटरमा पछी थप्न मन लागेको डिभाइस थप्न सकिन्छ कि सकिन्दैन त्यो कुरा भर पर्ने हुँदा अली ध्यान दियर किन्नु उचित हुन्छ । साधारणतया ध्यानदिनु पर्ने कुरामा expansion slots (चहिएको डिभाइस भित्र बाट जोड्ने ठाउँ) कती वटा छन । तपाईं यदी गेमर हुनुहुन्छ अथवा अली बिशेष किसिमको कामको लागि कम्प्युटर किन्दै हुनुहुन्छ भने AGP 8x अथवा PCI-Express 16x slot छ छैन त्यसमा ध्यान पुर्‍याउनु पर्ने हुन्छ ।

3D Graphics Card:
हाल का दिनहरुमा पाइने मदरबोर्डहरुमा ग्राफीक्स कार्ड भित्रै जोडीएको पाईन्छ जस्ले साधारण कम्प्युटर प्रयोगकर्ताकोलागी राम्रोसँग नै काम गर्ने हुन्छ तर गेमर जस्ले ठुलो ठुलो 3D गेम खेल्छन उनिहरुको लागि भने AGP 8x अथवा PCI-Express graphics को जरुरी हुन्छ तर यस्मा पनि बिभिन्न भर्सन को आउने हुँदा Sims , Harry Potter जस्ता गेमको लागि त चल्छ तर Doom 3 and Battlefield 2 जस्ता आधुनिक प्राबिधिको गेमको लागि भने GeForce 6600GT अथवा ATI X800 जसमा 256MB GDDR3 (भिडियो मेमोरी) मेमोरी भएको ग्राफिक्स कार्ड उपयुक्त हुन्छ ।


ALL COMPUTER RELATED FULL FORM A to Z


A to Z Full Forms


ACPI - Advanced Configuration & Power Interface

API - Application Programing Interface

APM - Advanced Power Management

BIOS - Basic Input Output System

BPS - Bits Per Second

CD - Compact Disc

CD-R - Compact Disc Recordable

CD-RW - Compact Disc Re-Writable

CISC
 - Complex Instruction Set Computing

COBOL - Common Business Oriented Language

COM - Component Object Module

CPU - Central Processing Unit

Ctrl – Control

DDR - Double Data Rate

RAM - Random Access Memory

Del - Delete

DOS - Disk Operating System

DPI - Dots Per Inch

DSL - Digital Subscriber Line

DVD - Digital Video /Versatile Disc

DVD-R - Digital Video Disc Recordable

EGA - Enhanced Graphics Adapter

EPROM - Erasable Programmable Read Only Memory

Esc – Escape

ESC - Enhanced Serial Port

FAT - File Allocation Table

FDD - Floppy Disk Drive

FTP - File Transfer Protocol

GIF - Graphics Interchange Format

GUI - Graphics User Interface

HDD - Hard Disk Drive

HTML - Hyper Text Markup Language

HTTP - Hyper Text Transfer Protocol

IC - Integrated Circuit

INS - Insert

IP - Internet Protocol

ISDN - Integrated Service Digital Network

ISP - Internet Service Providers

LAN - Local Area Network

MB - Megabytes

MODEM - Modulator Demodulator

MS-DOS - Microsoft Disk Operating System

NFS - Network File System

NTFS - New Technology File System

OS - Operating System

PC - Personal Computer

POST - Power On Self Test

PPM - Pages Per Minute

PROM - Programmable Read Only Memory

RAID - Redundant Array Of Independent Disk

RAM - Random Access Memory

RISC - Reduced Instruction Set Chip / Computing 

ROM - Read Only Memory

SATA - Serial Advanced Technology Attachment

SCSI - Small Computer System Interface

SDRAM - Synchronous Dynamic Random Access 
Memory

SRAM - Static Random Access Memory

STP - Shielded Twisted Pair

URL - Uniform Resource Locator


USB - Universal Serial Bus

UTP - Unshielded Twisted Pair

VPN - Virtual Private Networks